कीवर्डहरू -

बागमती नगरपालिकाद्वारा उद्यमशीलता प्रवर्द्धन तालिमका लागि आवेदन आह्वान

बागमती नगरपालिकाद्वारा उद्यमशीलता प्रवर्द्धन तालिमका लागि आवेदन आह्वान

सर्लाही । बागमती नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका बेरोजगार तथा अर्धबेरोजगार नागरिकलाई स्वरोजगार तथा उद्यम विकासतर्फ प्रोत्साहित गर्ने उद्देश्यले “उद्यमशीलता प्रवर्द्धन तालिम” सञ्चालन गर्ने भएको छ । यस सम्बन्धमा नगरपालिकाले सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य व्यक्तिबाट आवेदन आह्वान गरेको हो ।

नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत बागमती नगरपालिकाको रोजगार सेवा केन्द्रमार्फत तालिम सञ्चालन गर्न लागिएको जनाइएको छ । नगरपालिकाका १२ वटै वडाबाट १९/१९ जना गरी कुल २२८ जना सहभागी छनोट गरिने सूचनामा उल्लेख छ ।

नगरपालिकाका अनुसार तालिम ७ दिनसम्म सञ्चालन हुनेछ भने तालिमको स्थान बागमती नगरपालिका रहनेछ । तालिम विशेष गरी वैदेशिक रोजगारीबाट फर्किएका बेरोजगार/अर्धबेरोजगार व्यक्तिहरूलाई लक्षित गरिएको छ ।

आवेदन दिन आवश्यक योग्यता
•    वैदेशिक रोजगारीबाट फर्किएको नेपाली नागरिक हुनुपर्ने
•    बागमती नगरपालिकाभित्र स्थायी बसोबास गरेको हुनुपर्ने
•    स्वरोजगार वा साना उद्यम सञ्चालन गर्ने इच्छा भएको हुनुपर्ने
•    तालिम अवधिभर नियमित सहभागिता जनाउन सक्ने हुनुपर्ने

आवश्यक कागजात
•    नेपाली नागरिकताको प्रतिलिपि
•    वैदेशिक रोजगारीसम्बन्धी प्रमाण (श्रम स्वीकृति, भिसा, पासपोर्टको प्रतिलिपि आदि)
•    वडा कार्यालयको सिफारिस
•    दुई प्रति पासपोर्ट साइज फोटो

इच्छुक व्यक्तिले रोजगार सेवा केन्द्र, बागमती नगरपालिकामा आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयमै आवेदन बुझाउनु पर्ने जनाइएको छ । 
प्राप्त आवेदनहरूको मूल्यांकनपछि समावेशी आधार तथा आवश्यकता अनुसार सहभागी छनोट गरिने नगरपालिकाले जनाएको छ ।
 

null