काठमाडौं । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित ग्राहकलाई सहयोग गर्दै डिसहोमले प्रभावित क्षेत्रमा १५ दिनसम्म नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।
प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भइरहेका बेला सूचना, सञ्चार तथा आपत्कालीन समन्वयमा इन्टरनेटको महत्वपूर्ण भूमिका हुने भएकाले प्रभावित ग्राहकलाई थप नि:शुल्क सेवा दिने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
डिसहोम इन्टरनेटको पहुँच पुगेका त्रिशूली, बट्टार, गल्छी, आदमघाट र मलेखु क्षेत्रका ग्राहकले उक्त सुविधा पाउनेछन् । विपद्को कठिन परिस्थितिमा ग्राहक तथा प्रभावित समुदायसँगै उभिँदै सेवा निरन्तरता र सूचना पहुँच सहज बनाउनु आफ्नो सामाजिक उत्तरदायित्व भएको डिसहोमले जनाएको छ ।
कम्पनीले सेवा तथा प्राविधिक सहयोगका लागि सम्बन्धित सेवा केन्द्र वा आधिकारिक ग्राहक सेवा माध्यमबाट सम्पर्क गर्न आग्रह गरेको छ ।
आईसीटी समाचार