काठमाडौं । उच्च अदालत पाटनले अदालतबाट प्रमाणीकरण भएका फैसलाहरू विद्युतीय प्रणालीमा प्रविष्ट गर्न सुरु गरेको छ । न्यायपालिकाबाट सम्पादन हुने कार्यलाई सूचना प्रविधिमा आधारित बनाउने उद्देश्यले अदालतले यस्तो अभ्यास थालेको हो ।
उच्च अदालत पाटनका रजिस्ट्रार अशोककुमार क्षेत्रीका अनुसार ‘इ-जुडिसियरी’ र ‘इ-कोर्ट’मा आधारित न्यायपालिका निर्माण गर्ने उद्देश्यले प्रमाणीकरण भएका फैसलालाई विद्युतीय प्रणालीमा राख्ने काम सुरु गरिएको हो ।
अदालतबाट प्रमाणीकरण भएका फैसलाहरू असोज १६ गतेदेखि ‘केस म्यानेजमेन्ट सिस्टम’मा अपलोड गर्न थालिएको छ । यससँगै अदालतका फैसला तथा न्यायिक प्रक्रियासँग सम्बन्धित अभिलेखलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने कार्य अघि बढेको अदालतले जनाएको छ ।
आईसीटी समाचार