कीवर्डहरू -

अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी डे २०२४ : इतिहास, महत्व तथा विकासक्रम

अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी डे २०२४ : इतिहास, महत्व तथा विकासक्रम

हरेक वर्ष अप्रिल महिनाको चौथो बिहीबार विश्वभर अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयु) को अग्रसरतामा यो वर्ष आज विश्वभर यस दिवस मनाइँदै छ । 

सूचना र सञ्चार प्रविधि (आईसिटी) को क्षेत्रमा केटीहरू र युवा महिलाहरूको महत्त्वलाई उजागर गर्ने र स्टेम (विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित) मा शिक्षा र करिअर पछ्याउन प्रोत्साहित गर्ने उद्देश्यसहित विश्वभर अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवस मनाउँदै आइएको छ ।

यस वर्षको अन्तर्राष्ट्रिय गल्र्स इन आईसीटी दिवसको नारा ‘नेतृत्व’ रहेको छ । नेपालमा पनि सूचना प्रविधिमा महिला (डब्लूआइआइटी)ले गर्ल्स इन आइसिटी डेको अवसरमा प्रभातफेरि आयोजना गरेको छ ।

शुक्रबार हर सी क्यान लिड विषयमा कन्फेरेन्स सञ्चालन गर्दैछ । बिहान ११ बजे देखि सुरू हुने कन्फेरेन्स मध्यपुर ठिमीको मध्यपुर बैंक्वेटमा सञ्चालन हुनेछ । 

अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी डेको इतिहास

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटियूू) द्वारा अप्रिल ८, २०११ मा अन्तर्राष्ट्रिय गर्ल्स इन आईसीटी दिवस घोषणा गरिएको थियो । 

यो दिवस स्थापना भएदेखि नै विश्वभर मनाइँदै आएको छ, जसमा १७१ देशमा ११,४०० भन्दा बढी कार्यक्रम आयोजना गरिएको छ र ३,७७,००० भन्दा बढी केटी तथा महिलाहरूको सहभागिता रहेको छ । 

सरकार, आइसिटी नियामक निकायहरू, व्यवसाय, शैक्षिक संस्था, यूएन एजेन्सी र गैरसरकारी संस्थाहरूको सहकार्यमा मनाइने यस दिवसले विश्वभर यकेटीहरूलाई आइसिटी बारे सिक्ने, रोल मोडेल र सल्लाहकारहरू भेट्न र उद्योगमा विभिन्न क्यारियर विकल्पहरू खोज्ने अवसर प्रदान गर्दे आएको छ । 

कम्प्युटर र आईसीटीको इतिहास

कम्प्युटर र आईसीटीको इतिहास १९औं शताब्दीको हो, जब अंग्रेजी गणितज्ञ र इन्जिनियर चार्ल्स ब्याबेजले सन् १८२२ मा डिफरेन्स इन्जिन भनिने पहिलो मेकानिकल कम्प्युटरको आविष्कार गरेका थिए । यो मेसिन आधारभूत गणना गर्न र जटिल समस्याहरू समाधान गर्न डिजाइन गरिएको थियो ।

सन् १८३३ मा, ब्याबेजले एनालिटिकल इन्जिनको कल्पना गरे, पहिलो स्वचालित मेकानिकल डिजिटल कम्प्युटर सबै गणनाहरू गर्न र ठूलो मात्रामा डाटा भण्डारण गर्न सक्षम रहेको थियो । यद्यपि, कोषको कमीको कारण, विश्लेषणात्मक इन्जिन उनको जीवनकालमा कहिल्यै बनाइएन ।

एडा लभलेसः संसारको पहिलो कम्प्युटर प्रोग्रामर

सन् १८४३ मा, अगस्टा एडा किंग, काउन्टेस अफ लभलेसले विश्लेषणात्मक इन्जिन र अवस्थित क्यालकुलेटर बीच तुलना चित्रण गर्ने एउटा पेपर प्रकाशित गरेकी थिइन । उनलाई विश्वको पहिलो कम्प्यूटर प्रोग्रामरको रूपमा मानिन्छ, किनकि उनले विश्लेषणात्मक इन्जिनद्वारा प्रयोग गरिएका पंच कार्डहरूमा कमाण्डहरू क्रमबद्ध गरेर पहिलो कम्प्युटर प्रोग्राम लेखेकी थिइन् ।

ईनिआक र ईनिआक गर्ल्स

सन् १९४५ मा, जोन माउचली र ज प्रसपर एकर्ट जुनियरले संयुक्त राज्य अमेरिकामा पहिलो इलेक्ट्रोनिक प्रोग्रामेबल कम्प्यूटर, ईनिआक (इलेक्ट्रोनिक न्यूमेरिकल इन्टिग्रेटर र कम्प्युटर) को निर्माण गर्नका लागि पेन्सिलभेनिया विश्वविद्यालयमा एक परियोजनाको नेतृत्व गरेका थिए ।

ईनिआकको कार्यक्रम छ जना महिलाहरुद्वारा ह्यान्डल गरिएको थियो । ईनिआक गर्ल्स भनेर चिनिने यस आयोजक समूहले अभूतपूर्व उपलब्धिमा मुख्य भूमिका खेलेका थिए । यस समूहले गर्दा महिलाहरु पनि आइसिटीको क्षेत्रमा योगदान पुर्याउन सक्छन् भन्ने जनचेतना फैलिएको थियो ।

कम्प्युटिङमा द्रुत प्रगति

२० औं शताब्दीको मध्यदेखि २१ औं शताब्दीको शुरुवातसम्म, संसारले कम्प्युटर र प्रविधिको विकासमा महत्त्वपूर्ण फड्को मारेको छ । यस अवधिमा ट्रान्जिस्टरको आविष्कार, कोबोल र फोरट्रान जस्ता प्रोग्रामिङ भाषाहरू, युनिक्स अपरेटिङ सिस्टम, फ्लपी डिस्क र इथरनेटको आविष्कार भएको थियो । यस अवधिमा इन्टेल, आईबीएम, एप्पल र माइक्रोसफ्ट जस्ता प्रमुख प्रविधि कम्पनीहरू स्थापना भएका थिए ।

पोर्टेबल कम्प्युटर र मोबाइल फोन

सन् २००० को प्रारम्भमा, पोर्टेबल कम्प्युटरहरू ब्याट्री लाइफ र कम्प्युटिङ स्रोतहरूको प्रगतिका कारणले सामान्य भएको थियो । यो आविष्कारले सेलुलर मोबाइल फोनको विकासका लागि मार्ग खोल्यो, जुन हाम्रो दैनिक जीवनको अभिन्न अंग बनेको छ ।

आईसीटीमा केटीहरूलाई प्रोत्साहित

अन्तर्राष्ट्रिय गल्र्स इन आइसिटी डेको उद्देश्य केटीहरू र युवा महिलाहरूलाई आईसीटीको क्षेत्रमा अवसरहरू खोज्न प्रेरित गर्ने र प्रोत्साहित गर्ने उद्देश्य हो । यस क्षेत्रमा अग्रणी महिलाहरूको उपलब्धिहरू हाइलाइट गरेर स्टेम शिक्षालाई बढावा दिएर, यो दिनले प्रविधिमा महिला नेतृको अर्को पुस्तालाई सशक्त बनाउन प्रयास गर्छ ।