कीवर्डहरू -

‘नेपालको आफ्नै एआई इन्फ्रास्ट्रक्चर’ नारासहित ‘यतिक्लाउड डट एआई’ सेवाको शुभारम्भ

‘नेपालको आफ्नै एआई इन्फ्रास्ट्रक्चर’ नारासहित ‘यतिक्लाउड डट एआई’ सेवाको शुभारम्भ

काठमाडौं । नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी पूर्वाधार उपलब्ध गराउने उद्देश्यसहित ‘यतिक्लाउड डट एआई’ सेवाको औपचारिक शुभारम्भ गरिएको छ । शुक्रबार साँझ आयोजित एक समारोहबीच नेपाली बजारका लागि उक्त सेवा सञ्चालनमा आएको घोषणा गरिएको हो ।

null

नेपालको ‘डाटाहब’ले अमेरिकी कम्पनी ‘होस्टेड एआई’को सहकार्यमा ‘यतिक्लाउड डट एआई’ सुरु गरेको हो । कम्पनीका अनुसार यस प्लेटफर्मले एआई क्षेत्रमा कार्यरत कम्पनी, शैक्षिक संस्था, अनुसन्धानकर्ता, अध्यापक तथा विद्यार्थीलाई आवश्यक एआई पूर्वाधार (इन्फ्रास्ट्रक्चर) उपलब्ध गराउनेछ ।

यस सेवामार्फत नेपालमा एआई प्रविधिको अध्ययन, अनुसन्धान तथा विकासलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । ‘यतिक्लाउड डट एआई’ले आफ्नो नाराका रूपमा ‘नेपालको आफ्नै एआई इन्फ्रास्ट्रक्चर : जहाँ पनि, जहिले पनि, जति पनि’ तय गरेको छ ।

null

कार्यक्रममा सहभागी विज्ञहरूले उक्त नाराले नेपालको आफ्नै एआई पूर्वाधार निर्माणको आवश्यकता र यसको महत्त्वलाई स्पष्ट रूपमा प्रस्तुत गरेको बताएका थिए । कार्यक्रममा नेपालको प्रमुख डाटा सेन्टर तथा क्लाउड सेवा प्रदायक कम्पनी ‘डाटाहब’ले ‘यतिक्लाउड डट एआई’को औपचारिक सुरुवात गरेको जानकारी दिएको हो ।