काठमाडौं । दसैंलाई लक्षित गर्दै निओ स्टोरले विशेष चाडपर्व योजना ‘निओ फेस्टिभ फिएस्टा’ सार्वजनिक गरेको छ । ‘यस दसैं, Upgrade पनि Celebration पनि!’ नारासहित ल्याइएको योजनामा ल्यापटप तथा स्मार्टफोन खरिदमा निश्चित उपहार, साप्ताहिक लक्की ड्र र बम्पर पुरस्कारको व्यवस्था गरिएको छ ।
योजनाअन्तर्गत ल्यापटप खरिद गर्ने ग्राहकले तत्कालै सातवटा एसेसोरिजसहितको निश्चित उपहार पाउनेछन् । उपहारमा ल्यापटप ब्याग, माउस, हेडफोन, क्लिनिङ किट, पेनड्राइभ, माउसप्याड र किबोर्ड कभर रहेका छन् ।
त्यस्तै, योजनाको अवधिभर सात सातासम्म प्रत्येक हप्ता तीन जना विजेता छनोट गरिनेछ । लक्की ड्रमार्फत छानिएका कुल २१ जना विजेताले Aqfit ब्रान्डका स्मार्टवाच प्राप्त गर्नेछन् ।
अभियानको मुख्य आकर्षणका रूपमा ग्रान्ड फिनाले बम्पर लक्की ड्र समेत राखिएको छ । तीन जना विजेतामध्ये एक जनाले Haier वासिङ मेसिन, एक जनाले रेफ्रिजेरेटर र अर्का एक जनाले टेलिभिजन पाउनेछन् ।
स्मार्टफोन खरिदकर्ताका लागि पनि छुट्टै अफर ल्याइएको छ । निश्चित मोडलका Xiaomi/Redmi, Nothing, Samsung, OnePlus र OPPO स्मार्टफोन खरिदमा neOne Purebeats Move वायरलेस इयरबड निःशुल्क उपलब्ध गराइनेछ ।
त्यसैगरी, Samsung स्मार्टफोन खरिदमा शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । निओ स्टोरका अनुसार दसैंको अवसरमा ग्राहकलाई नयाँ प्रविधि खरिदसँगै अतिरिक्त लाभ दिने उद्देश्यले योजना ल्याइएको हो । अफरका विभिन्न सर्त तथा सुविधा स्टोरअनुसार फरक हुन सक्ने कम्पनीले जनाएको छ ।
आईसीटी समाचार