कीवर्डहरू -

अपस्ट्रिमले इन्टरनेट काटिदिएपछि नेपालको इन्टरनेट सेवामा समस्या

अपस्ट्रिमले इन्टरनेट काटिदिएपछि नेपालको इन्टरनेट सेवामा समस्या

नेपालमा ठूला इन्टरनेट सेवा प्रदायहरूको इन्टरनेटमा समस्या देखिएको छ । बिहीबार दिउँसोदेखि सुबिसु, वर्ल्डलिंक, भायानेट लगायतका नेपालका प्रमुख सेवा प्रदायकको सेवामा ‘इन्टनेट स्लो चल्ने’ समस्या देखिएको हो ।  

अपस्ट्रिम प्रोभाइडरले इन्टरनेट काटिदिएको वर्ल्डलिंकका सीईओ केशव नेपालले बताए । भारतकाे अपस्ट्रिम सेवा प्रदायक भारती एयरटेलले व्याण्डविथ काटिदिएपछि इन्टरनेट सेवामा समस्या देखिएको छ । 

केही दिन अगाडि इन्टरनेट सेवा प्रदायकहरूको संस्था आईस्पानले ब्याण्डविथ आयातको शुल्क भुक्तानीका लागि सरकारले विदेशी मुद्रा सटही सिफारिस नगर्दा जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका थिए । 

ब्याण्डविथको रकम भुक्तानी नगरे इन्टरनेट सेवा अवरुद्ध हुने भन्दै अपस्ट्रिम प्रोभाइडर भारती एयरटेलले पत्र पठाएको थियो । 

यता सरकारले भने अर्बौ वक्यौता नतिरेको भन्दै विदेशी मुद्रा सटहीको सुविधा रोकि दिएको छ ।