कीवर्डहरू -

आईटी करियरको हब बन्दै सफ्टवेरिका, एआई शिक्षामा नयाँ अध्याय

आईटी करियरको हब बन्दै सफ्टवेरिका, एआई शिक्षामा नयाँ अध्याय

काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्सले गुणस्तरीय सूचना प्रविधि शिक्षालाई व्यवहारिक र अन्तर्राष्ट्रियस्तरमा उन्मुख बनाउँदै आएको छ। सन् २०१० मा स्थापना भएको यो कलेजले सुरुका वर्षमा एनसीसी एजुकेसनअन्तर्गत डिप्लोमा कार्यक्रम सञ्चालन गर्दै आएको थियो भने सन् २०१८ मा बेलायतको कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन पाएपछि स्नातक र स्नातकोत्तर तहका कार्यक्रम अघि बढाएको हो ।

सुरूवाती समयमा कलेजले एनसीसी एजुकेसन भन्ने डिप्लोमा कार्यक्रमहरू सञ्चालन गर्थ्यो, जसलाई लेभल फोर, लेभल फाइभ भनिन्थ्यो । लेभल सिक्स विश्वविद्यालय अन्तर्गत पढेर विद्यार्थीहरू ग्राजुएट हुने गर्थे । यो क्रम सन् २०१७ सम्म चलिराख्यो । त्यसपछि सन् २०१८ मा सफ्टवेरिका कलेज कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्‍यो ।

सन् २०१८ मा बेलायतको कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन पाएपछि स्नातक र स्नातकोत्तरका कार्यक्रम सञ्चालन गरेको सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई-कमर्सका क्याम्पस प्रमुख प्रमोद पौडेलले बताए ।

null

कलेजका क्याम्पस प्रमुख प्रमोद पौडेलका अनुसार सफ्टवेरिकाले विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित राख्दैन, बरु व्यवहारिक सीप, प्रस्तुतीकरण, सार्वजनिक वक्तृत्व र व्यक्तित्व विकासलाई समेत समान महत्त्व दिँदै आएको छ । कलेजको आधिकारिक वेबसाइटले पनि यही अभ्यासलाई जोड दिँदै पहिलो वर्षपछि नै प्रतिष्ठित कम्पनीहरूमा इन्टर्नसिप र दोस्रो वर्षपछि दक्षताअनुसार रोजगारीको अवसर उपलब्ध गराइने जनाएको छ ।

विद्यार्थीबाट लिएको शुल्कको धेरै अंश विद्यार्थीमै लगानी गर्ने गरेको पौडेल बताउँछन् । उनी भन्छन्, ‘हामीले विद्यार्थीबाट जति शुल्क लिन्छौं, त्यसको धेरै अंश विद्यार्थीमै लगानी गर्छौं । यसको फल स्वरूप विद्यार्थीलाई प्रयोगात्मक शिक्षा दिन सफल भएका छौं ।’

अहिले सफ्टवेरिकामा ब्याचलर्स इन कम्प्युटिङ, ब्याचलर्स इन इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी, र मास्टर्स इन डाटा साइन्स एण्ड कम्प्युटेसनल इन्टेलिजेन्स पढाइ हुँदै आएको छ । यससँगै कलेजले आगामी दिनमा ब्याचलर्स इन कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स कार्यक्रम सुरु गर्ने तयारी गरेको छ, जसले एआई–केन्द्रित शिक्षातर्फ यसको यात्रालाई अझ सशक्त बनाउने देखिन्छ ।

पौडेलका अनुसार कलेजमा लिइने शुल्कको ठूलो हिस्सा फेरि विद्यार्थीमै लगानी गरिन्छ, जसको परिणामस्वरूप प्रयोगात्मक शिक्षामा राम्रो नतिजा देखिएको छ। स्वदेश तथा विदेशबाट ल्याइएका सामग्री, प्रयोगशाला र प्रोफेसरमार्फत अध्यापन गराइने भएकाले विद्यार्थीले अन्तर्राष्ट्रिय मापदण्डको सिकाइ अनुभव पाउने कलेजको दाबी छ ।

सफ्टवेरिकाको वेबसाइटले पनि कोभेन्ट्री विश्वविद्यालयसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ, जहाँ टप–अप डिग्री, क्रेडिट ट्रान्सफर, विद्यार्थी विनिमय र संयुक्त अनुसन्धानका अवसरहरू उपलब्ध छन् ।

‘सफ्टवेरिका कलेजले प्रयोगात्मक शिक्षा दिदै आएको छ । पर्याप्त पूर्वाधारको व्यवस्था छ भने विदेशबाट समेत प्रोफेसर ल्याएर पढाउँदै आएका छौं,’ उनले भने, ‘त्यसैकारण धेरै विद्यार्थीको रोजाइमा समेत सफ्टवेरिका कलेज पर्दै आएको छ ।’

कलेजले पाठ्यक्रमलाई नियमित रूपमा अद्यावधिक गर्दै बजारमुखी बनाउने मात्र होइन, अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको चौतर्फी विकासमा पनि ध्यान दिँदै आएको छ । सेमिनार, वर्कशप, वेबिनार र मेला मार्फत विद्यार्थीलाई आफ्ना परियोजना प्रस्तुत गर्ने मञ्च उपलब्ध गराइन्छ ।

पछिल्लो समय गरिएको टेक्स एक्स २०२३ मा १० हजारभन्दा बढी अवलोकनकर्ता पुगेको कलेजको दाबी छ । त्यस्ता प्रदर्शनीमा बजारमा लैजान सकिने परियोजनालाई राख्ने गरिएको छ भने सम्भावनायुक्त परियोजनामा कलेजले प्रोटोटाइप निर्माणदेखि लगानीसम्म गर्ने बताइएको छ ।

विद्यार्थीको उद्यमशीलता विकासका लागि सफ्टवेरिकाले इन्क्युबेसन सेन्टरसमेत निर्माण गरेको छ । कलेजका अनुसार विद्यार्थीको चासो र समय व्यवस्थापनका कारण त्यो केन्द्र पूर्ण रूपमा सक्रिय हुन नसके पनि आवश्यक परे त्यहीँबाट परियोजना विकास र परिमार्जन गर्न सकिने वातावरण तयार छ ।

त्यस्तै, कोभेन्ट्री विश्वविद्यालयसँगको सहकार्यका कारण विद्यार्थीले नेपालमै अध्ययन सुरु गरेर बेलायत वा अष्ट्रेलियामा अध्ययनलाई निरन्तरता दिने अवसरसमेत पाएका छन् । आधिकारिक वेबसाइटले अष्ट्रेलियन क्याथोलिक विश्वविद्यालयसँग पनि सहकार्य रहेको र अध्ययन, क्रेडिट ट्रान्सफर तथा छात्रवृत्तिका अवसरहरू उपलब्ध रहेको जनाएको छ।

विद्यार्थीले बनाएको परियोजनामा कलेजले समेत लगानी गर्ने उनको भनाइ छ । ‘विद्यार्थीको परियोजनामा सम्भावना देखिएमा कलेजले लगानी गर्छ । परियोजनाको प्रोटोटाइप बनाउन पनि कलेजले लगानी गर्दै आएका छौं,’ उनी भन्छन्, ‘विद्यार्थीलाई आफ्नो आईडियालाई थप परिस्कृत गर्न र बजार योग्य बनाउन कलेजले इन्क्युबेसन सेन्टर समेत निर्माण गरेको छ ।’

कलेजले इन्टर्नसिपका लागि १८ देखि २० वटा आईटी कम्पनीसँग सहकार्य गरेको बताइएको छ । हालसम्म ५ हजारभन्दा बढी विद्यार्थी दिक्षित भइसकेको र उनीहरू देश तथा विदेशका विभिन्न अग्रणी कम्पनीमा कार्यरत रहेको कलेजको भनाइ छ । सफ्टवेरिकाले यही अनुभव, अन्तर्राष्ट्रिय सम्बन्ध र व्यवहारिक शिक्षालाई आधार बनाउँदै आगामी दिनमा आर्टिफिसियल इण्टेलिजेन्सतर्फको यात्रा अझ विस्तार गर्ने तयारी गरेको देखिन्छ ।