एआई
सिओल एआई स्मार्ट सिटी सेन्टर अवलोकनपछि सञ्चारमन्त्री भन्छन्: नेपालमा एआई क्षेत्रमा काम गर्ने उर्जा मिलेको छ
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियाको ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि नेपालमा एआई क्षेत्रमा काम गर्ने ऊर्जा र प्रोत्साहन मिलेको बताएका छन् ।
नेपालमा राष्ट्रिय एआई केन्द्र उद्घाटन गरेसँगै दक्षिण कोरिया पुगेर सञ्चारमन्त्री खरेलले सिओल एआई फाउण्डसनद्धारा सञ्चालित ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकन भ्रमण गरेपछि कोरियाको सूचना प्रविधिका साथै एआई प्रविधि नेपालका लागि उपयोगी र सान्दर्भिक हुने उल्लेख गरेका छन् ।
अवलोकन भ्रमणले नेपालको एआई क्षेत्रमा काम गर्नका लागि थप ऊर्जा र प्रोत्साहन मिलेको उनको भनाइ छ ।
सञ्चारमन्त्री खरेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले त्यहाँको एआई सिटी, एआई सेन्टर र एआईले गरेका कामको अवलोकन गरेको हो । एआई सिटी सेन्टर भ्रमणका क्रममा मन्त्री खरेलले भने, ‘कोरियाको एआई स्मार्ट सिटी सेन्टरको भ्रमणले नेपालमा एआई केन्द्रमा काम गर्नका लागि थप ज्ञान र सिकाई मिलेको छ । यसबाट नेपालमा भर्खरै स्थापना भएको एआई केन्द्रलाई थप टेवा पुग्ने छ ।’
सञ्चारमन्त्री खरेलले नेपालमा भर्खरै स्थापना भएको र एउटा कोठाबाट उद्घाटन भएको एआई केन्द्रलाई थप प्रभावकारी बनाइने विश्वास व्यक्त गरेका छन् । मन्त्री खरेलले एआई स्मार्ट सिटी सेन्टरको अवलोकनका साथै त्यहाँका पदाधिकारी र विज्ञहरुसँग एआई प्रविधिको अवसर, सम्भावना, एआइको उपयोगिता र भविष्यबारे परामर्शसमेत गरेका थिए ।
दक्षिण कोरियाको सिओलमा आयोजना भएको ११ औं ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते दक्षिण कोरिया गएका थिए ।
कोरियाको विज्ञान र आइसीटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो ।
सञ्चारमन्त्री खरेलले डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि लिडर्सिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको उल्लेख गरे ।
एआई
एआईको प्रयोग सबै क्षेत्रमा आवश्यक भइसक्योः मुख्यमन्त्री जोखबहादुर महरा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रविधिसँग नजोडिएको शिक्षा गुणस्तरीय शिक्षा हुन नसक्ने बताएका छन् । राप्ती इञ्जिनियर…
एआईको प्रयोगबाट समाचार पढ्न सजिलो र थप व्यक्तिगत बनाउदै हाम्रो पात्रो
चर्चित नेपाली एप हाम्रो पात्रोले समाचार खण्डमा पहिलो पटक सबैका लागि समाचार पढ्न सजिलो बनाउनका लागि एउटा नयाँ सुविधा सुरु गरे…
काठमाडौँमा एआई सुविधासहितका सीसीटिभी क्यामरा जडान
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) भएका अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन, फेसियल रिकग्निजेसन सिस्ट…
नेपाली मूलका डा. समिर मास्केले सुरू गरेको फ्युजमेसिन अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत हुँदै
नेपाली मूलका व्यवसायी डा. समिर मास्केले स्थापना गरेको एआईमा काम गर्ने कम्पनी फ्युजमेसिन्स इंक अमेरिकाको स्टक एक्सचेन्ज नासड्याकमा …
एआईबाट कसको जागिर गुम्छ ? कसको गुम्दैन ?
पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकाससँगै बजारमा अनेक चर्चा हुन थालेको छ । एआईलाई सकारात्मक र नकारात्मक दुबै तरि…
राष्ट्रिय गौरवका आयोजना एआईजडित ड्रोन प्रविधिबाट नियमित अनुगमन हुन्छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू अब एआईजडित ड्रोन प्रविधिबाट नियमित …
कोशी प्रदेशमा पहिलोपटक एआई, रोबोटिक्स र कोडिङ तालिम सुरू
कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोबोटिक्स र कोडिङ लगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन …
एआईले पढ्न थाल्यो कुवेतमा समाचार
कुवेत न्युजले क्रृतिम बौद्धिकता (एआई)बाट पढ्न मिल्ने गरी समाचार वाचक बनाएको निर्माण गरेको छ । उक्त समाचार वाचकको नाम फेदा राखिएको छ। फेदाले कुवेत ट…
मेटाको एआई साम सार्वजनिक, फोटो र भिडियो भित्र रहेका वस्तुहरु फेला पार्न सक्ने
मेटाले फोटो तथा भिडियोभित्र रहेका विभिन्न वस्तुहरु फेला पार्न सक्ने आफ्नै एआई प्रविध…
अब एआईले मानिसको मस्तिष्कमा चलिरहेको दृश्य समेत स्केच गर्न सक्ने
अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात कृतिम वुद्धिमताले मानिसको मस्तिष्कमा चलिरहे…
एआईका कारण ३०० मिलियन रोजगारी धरापमा
जेनरेटिभ एआईले ३०० मिलियन रोजगारीलाई धरापमा पारेको छ । गोल्डम्यान स्याक्सले सार्वज…
भाइबरमा एआई च्याटबट सुविधा, प्रयोगकर्ताले प्रश्न सोध्न र तस्बिर डिजाइन गर्न पाउने
भाइबरले नयाँ च्याटबट एआई एण्ड क्रियटको सुरूवात गरेको छ । प्रयोगकर्ताहरूलाई एआई टेक्…