टिप्स
एन्टिभाइरस खरिद गर्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनुहोस
१. माल्वेरको पहिचान
सबैभन्दा खतरनाक माल्वेरहरुमा भाइरस र वार्म हरु पर्दछन् । यसैगरी, लुकेर बस्ने माल्वेरहरुमा रुटकिट र टोर्जन हर्सेसहरु रहेका छन् । यिनीहरुले लुकेर बस्नेभएकाले कम्प्युटर युजरले पत्ता लगाउन नसक्ने किसिमका हुन्छन् ।
दिनहूँ नयाँ नयाँ भाइरसहरुको आइरहने हुनाले एउटा राम्रो एन्टिभाइरले समेत यस्ता माल्वेर पत्ता लगाउन असक्षम पनि हुन सक्न । यसर्थ राम्रो माल्वेर पहिचान गर्न सक्ने एन्टिभाइरस खरिद गर्नुपर्दछ ।
विटडिफेन्डर, कास्पस्र्काई, बुलगार्ड, नोर्टोन, म्याकएफी, अभिरा, पान्डा, इ–स्क्यान, अभास्ट, एभिजे, नोड३२, क्विकहिल लगायतका एन्टिभाइरसहरु माल्वेर डिटेक्सनकालागि अग्रपंक्तिमा रहेका छन् ।
२. कम्प्याटिबिलिटी तथा पर्फर्मेन्स
तपाईको कम्प्युटरको हार्डवेर कन्फिगरेशनले पनि कस्तो एन्टिभाइरस छान्ने भन्ने कुराको निर्धारण गर्दछ । यदि तपाईको कम्प्युटर पुरानो हो र र्याम मेमोरी २ जिबीभन्दा कम छ भने कम र्याम मेमोरीमा पनि चल्ने एन्टिभाइरस छान्नुस् । यस्तो अवस्थामा गलत एन्टिभाइरसको छनोटले कम्प्युटरको पर्फर्मेन्सलाई ढिलो बनाउद छ ।
३. सेक्युरिटी फिचरहरु
एन्टिभाइरस सफ्टवेरमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको सेक्युरिटी फिचरहरु नै हुन् । एन्टिभाइरसका समान्य र सबैले उपलब्ध गराउने फिचरहरुमा सेड्यल्ड स्क्यान, एन्टी स्पाइवेर टुल्स, इमेल सेक्युरिटी, युएसबी स्क्यानर रहेका छन् । तपाईले खरिद गर्नुअघि निम्म सेक्युरिटी फिचरहरुमा ध्यान दिनुस् ः
३.१ थ्रेट डिटेक्सन फिचर
थ्रेट डिटेक्सन फिचरअन्तरगत एन्टिमाल्वेर, एन्टिभाइरस, एन्टिटोर्जन, एन्टिस्पाईवेर, एन्टिवोर्म र एन्टिरुटकिट जस्ता रहेका छन् ।
३.२ इमेल र आइएम प्रेटेक्सन फिचर
यस फिचरअन्र्तरगत एन्टिफिसिङ, इमेल स्क्यान्स र इन्स्ट्यान्ट मेसेजिङ प्रोटेक्सन ।
३.३ अन्य विशेष फिचरहरु
बुटेबल रेस्क्यु सिडी, अटो क्लिन इन्फेक्टेड फाइल्स, स्क्यान कम्प्रेस्ड फाइल्स, इन्फेक्टेड फाइल क्वारान्टाइन, रजिस्ट्री स्टार्टअप प्रोटेक्शन, सेल्फ डिफेन्स, वेबसाइट ब्लकिङ, प्यारेन्ट कन्ट्रोल, आदि ।
४. मल्टिप्लाटपर्म तथा मल्टिप्लाटफर्म लाइसेन्स
यदि तपाई धेरै कम्प्युटर तथा स्मार्टफने चलाउनुहुन्छ र एन्टिभाइरस सफ्वेर खोजिरहनु भएको छ भने एउटै रकमबाट विन्डोज, ओए एक्स तथा एन्ड्रोइड डिभाइस चल्ने टोटल एन्टिभाइरस सोलुशन लिन सक्नुहुनेछ ।
५. सपोर्ट
एन्टिभाइरस गर्नु अघि ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण पक्षहरुमध्ये सपोर्ट वा सहयोग पनि हो । तपाईले एन्टिभाइरस प्रयोग गरिरहदा कथमकदाचित केही समस्या आइपेरमा एन्टिभाइरस कम्पनीबाट के कस्तो सहयोग पाइन्छ भन्ने कुरालाई पनि ध्यान दिनुपर्दछ ।
यस्तोमा कम्पनीबाट पाइने भिडियो ट्युटोरिअल सपोर्ट, टेक्निकल सपोर्ट, इमेल सपोर्ट, च्याट सपोर्र्ट, फोन कल सपोर्टलगायत पर्दछन् ।
नेपालमा धेरै कम्पनीहरुले भोल्युम लाइसनिङ इस्यु तथा मल्टिपल डिभाइस लाइसेन्स (विन्डोज, म्याक तथा एन्ड्रोइडजस्ता मोबाइल प्लाटफर्म सपोर्टगर्ने) को रुपमा एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी उपलब्ध गराउँदछन् ।
यस्ता कम्पनीहरुले होम युजर तथा बिजनेसलाई लक्ष्ति गरी एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी बजारमा उपलब्ध गराएका छन् ।
टिप्स
के तपाई स्मार्टफोन किन्दै हुनुहुन्छ ? यि कुरामा ध्यान दिनुहोस्
अहिले स्मार्टफोनको बजार आकाशिएको छ । हरेक महिना दर्जनौ नया मोडलका स्मार्टफोनहरु आइरहेका छन । मानिसहरु पनि आफ्ना आवश्यक्तासगै नया विशेषताका उत्कृष्ट फोनहरु…
परिष्कृत फोनका फिचरहरु
एनएफसी
एनएफसीको पूरा रुप नियर–फिल्ड कम्युनिकेसन हो । हालैका दि…
आफ्नो डिभाइजको क्यामेराबाट पनि टेक्स्ट ट्रान्सलेट गर्नुहोस्
आफ्नो फोनको क्यामेराको मद्दतबाट आफुले नबुझेको भाषालाई तत्काल आफुले चाहेको भाषामा ट्रान्स्लेट गरेर हेर्न सकिन्छ । यसको लागि गुगल ट्रान्सलेट एपको आवश्यकता…
दैनिक जिवनमा उपयोगी टु डु एपहरु
स्मार्टफोन प्रयोगको सबैभन्दा उत्कृष्ट पक्ष त्यसमा आफू अनुकूल प्रयोग गर्न सकिने एपहरु हुन । परम्परागत फोनहरुमा विल्ट इन एप प्रयोग गर्नुपर्ने बाध्यता र…
स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सरले कसरी काम गर्छ ?
ऋशभ न्यौपाने, काठमाडौँ ।
पिनकोड, पासवर्ड, प्याटन लक गर्ने चलन यसघि नै चलेको थियो । कुनै समय मोबाइलका गोप्य…
कुन एप्समा पर्मिसन छ वा छैन, कसरि नियन्त्रण गर्ने
तपाइको मोबाइलमा रहेका विभिन्न एप मध्ये कसलाई के–केमा अनुमति दिने भन्ने कुरा तपाइले छनौट गर्न सक्नुहुन्छ ।
एन्ड्रोइड मार्स…
राम्रोसँग कम्प्युटर र इन्टरनेट कसरी चलाउने ?
आफैले आफ्नाे कम्प्युटरलाई स्लो बनाइराख्नुभएको छ कि ?
यो समस्या सबैले भोगेकै हो कि कम्प्युटर निकै ढिलो खुल्छ, ढिलो चल्छ, कुनै प्रोग्राम…
फोन सेयर गरेपनि आफ्नो सूचना सुरक्षित गनुका लागि यो तरिका अपनाउनुहोस
आफ्नो फोन अरूसँग सेयर गरेपनि आफ्ना निजी एवम गोप्य सुचनाहरू चुहावट हुन नदिन वा तिनको सुरक्षाका लागि गेष्ट मोडको प्रयोग गर्न सकिन्छ । गेष्ट मोडम…
हराएको फोनलाई लक गर्ने र ठाँउ पत्ता लाउने तरिका
एन्ड्रोइड डिभाइस मेनेजर (एडिएम) को प्रयोग गरेर मोबाइलको अन्तिम पटक प्रयोग कहाँ भएको हो त्यहाँको लोकेसन पत्ता लगाउन सकिन्छ । त्यसका लागि निम्न कार्य गनुपर्ने…
आफ्नो कम्प्युटरबाट अरू कम्प्युटर कसरी एक्सिस गर्ने ?
अफिसमा हुनुहुन्छ तर तपाईंको घरमा भएको कम्प्युटरमा भएको फाइल चाहिएको छ ? क्लासमा भएका बेला तपाईंको घरको कम्प्युटरमा भएको फाइल आवश्यक परिरहेको छ ? एक ठाउ…
कसरी छान्ने उत्कृष्ट स्मार्टफोन ?
डिस्प्ले साइज र क्वालिटी चेक गर्नुहोस् ः आफूलाई उपयुक्त लाग्ने स्किृन साइज रोज्नुहोस् । डिस्प्ले क्वालिटी रेजोल्युशनस“ग निर्भर हुन्छ । जत…