कीवर्डहरू -

टिप्स

यसरी बढाउनुहोस् आफ्नो मोबाइलको ब्याट्री खपत 

मोबाइल हाम्रो लागि यस्तो अत्यावश्यक साधन बनेको छ, जुन एकछिन नहुँदा पनि धेरैचिज गुमाए जस्तो हुन्छ ।

मोबाइल फोन अहिले अझ धेरै प्रविधिको कन्र्भजेन्स भएर आएको छ । घडी, क्यामरा, रेकर्डरका साथै विभिन्न काम गर्न सकिने एप्सहरु यसैमा छन् ।

मोबाइल एक किसिमले कम्प्युटर कै काम गर्ने साधनको रुपमा आएको छ । धेरै सुविधा भएपछि यसको प्रयोग बढ्ने नै भयो ।

यसले गर्दा मोबाइललाई चाहिने ब्याट्रीे छिटोछिटो सकिन्छ । मोबाइलको ब्याट्री टिकाइराख्ने मुख्य चुनौतिको रुपामा आएको छ ।

तर ब्याट्री टिकाउने केहि यस्ता सामान्य उपायहरु छन् जुन हामी आफैले पनि अपनाउन सक्छौं । हामीले हाम्रो फोनको चार्ज लामो समयसम्म टिकाई राख्न र चार्जको खपतलाई बढाउन केही उपाय छन् ।

आज म तपाईहरुलाई यस्ता केही उपाय बारेमा बताउन लागेको छु ।

१. स्क्रिनको ब्राइटनेस कम गरेर चलाउने

सबैभन्दा धेरै ब्याट्रीको खपत गर्ने मोबाईलको अंगमघ्ये एक हो मोबाईलको स्क्रिन÷डिस्प्ले । त्यसैले यसको ब्राईटनेस जतिसक्दो कम गरेर प्रयोग गर्नाले चार्ज खपत कम हुन जान्छ र हामीले हाम्रो फोनको ब्याट्री लामो समयसम्म टिकाउन सक्छौं ।

२. गुणस्तरीय चार्जरको प्रयोग गर्ने

बजारमा बिभिन्न कम्पनिका चार्जरहरु पाइन्छन् तर सबै चार्जले तपाईको मोबाईलको मापदण्ड पुरा गर्न सक्दैनन् । जसले गर्दा चार्ज गर्न लामो समय लाग्नुका साथसाथै ब्याट्रीलाई समेत नकारात्मक असर पार्दै गएको हुन्छ ।
त्यसैले गुणस्तरीय चार्जर र सकेसम्म मोबालईसँगै आएको वा सोही निर्माता कम्पनीले बनाएको चार्जर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

३. ब्याकग्राउन्ड एप्लिकेसन रिफ्रेस अफ गर्ने

यो स्मार्टफोनमा भएको यस्तो फिचर हो जसले मोबाईलमा रहेका बिभिन्न एप्लिकेसनलाई फोन प्रयोग नगरेको बेलामा पनि भित्रभित्रै संचालन गर्छ र सूचनालाई अध्यावधिक गराउँछ ।
यसले अनावश्यक रुपमा ठूलो मात्रामा चार्जको खपत बढाइरहेको हुन्छ । यसलाई अफ गर्नाले पनि हामीले चार्जलाई लामो समयसम्म टिकाउन सकिन्छ । प्रायः सबैजसो मोबाइलको सेटिगंभित्र सजिलै यसलाई अफ गर्न सकिन्छ ।

४. सफ्टवेर अपडेट गर्ने

मोबाइल निर्माता कम्पनीले समय समयमा विभिन्न नयाँ सुविधा र सुधारका साथ नयाँ सफ्टवेर ल्याउँछन् । यस्ता नयाँ र प्रभावकारी सफ्टवेरले मोबाईलका बिभिन्न कार्यलाई अझ सहज बनाई ब्याट्रीको खपत कम गर्न सहयोग गर्छन् ।

५. फोन अफ नै हुनेगरी नचलाउने वा चार्ज शून्य प्रतिशत हुनुभन्दा पहिले नै चार्ज गर्ने

फोनलाई बारम्बार शून्य प्रतिशत चार्ज हुनेगरी चलाउने र अफ भएपछि मात्र फोन चार्ज गर्नाले ब्याट्रीमा चार्ज नहुने, भएपनि ढिला हुने र चार्ज चाडै सकिने समस्या देखापर्छ ।
त्यसैले हामीले फोनमा १५–२० प्रतिशत चार्ज बाँकी रहदै चार्ज गर्नु उपयुक्त मानिन्छ ।

६. अनावश्यक सेन्सरहरु बन्द गर्ने

हामीले प्रायः वाईफाई र ब्लुटुथ जस्ता फिचरहरु प्रयोग नभएको अवस्थामा पनि अन छोड्छौं । यसले पनि अत्याधिक ब्याट्री खपत गरिरहेको हुन्छ । त्यसैले हामीले मोबाइल प्रयोग नगरेको अवस्थामा यि सेन्सरहरुलाई अफ गरेर पनि ब्याट्रीको चार्जलाई बचाउन सकिन्छ।
यस्तै लोकेसन फिचर जसले फोनको जीपीएसलाई संचालन गरिरहेको हुन्छ, यसलाई पनि आवश्यक बाहेक अफ गर्न सकिन्छ ।

७. अन्य कुराहरु जस्तै धेरै तातो वा चिसोमा फोन नराख्ने, लाइभ वालपेपरहरु नराख्ने, अनावश्यक नोटिफिकेसनहरु बन्द गर्ने आदिले पनि ब्याट्रीको चार्जलाई लामो समयसम्म टिकाउन सकिन्छ ।


टिप्स

स्वास्थ्यकर्मीहरुले यसरी लिनुहोस् नेपाल टेलिकमको एक महिनासम्म निःशुल्क भ्वाइस कल सेवा 

नेपाल टेलिकमले कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत …

यो हो एकै ठाउँ ४५ भन्दा धेरै काम गर्न सकिने ‘पिडिएफ एडिटर’

यदि तपाईले पिडिएफ फाइल एडिट सम्बन्धी कुनै पनि काम गर्न चाहनुहुन्छ भने एकदमै सजिलो तरिका छ ।

<…

गूगल फोटोजमा ओर्जिनल क्वालिटी फोटोलाई हाई क्वालिटी फोटो बनाएर यसरी बचाउनुहोस् स्पेस

गूगल फोटोजका लागि नयाँ स्टोरेज नीति लागू हुने समय आउन लागेको छ । जुन १ देखि प्र…

आफ्नो घरको वाईफाई स्पिड कसरी बढाउने ?  

अहिले महामारीको समयमा हामी सबैलाई इन्टरनेटको खपत एकदमै बढेको छ । अध्ययन अध्यापनद…

के तपाईंको कम्प्युटरमा मालवेयर भेटियो ? यस्ता छन् हटाउने तरिका (भिडियोसहित)

कहिलेकाँही हाम्रो कम्प्युटरमा जानीनजानी मालवेयर आएको हुन सक्छ । यसले ल्यापटप र कम्प्…

 नागरिक एपबाट यसरी खोल्नुहोस् बैंकमा खाता (भिडियो)

नागरिक एपबाटै अब बैंक खाता समेत खोल्न सकिने भएको छ । गत बैशाख १९ गते राष्ट्रिय स…

घरमै बसेर काम गर्न सहज केही टुल्स र टेक्नोलोजी

कोरोना भाइरस संक्रमणका कारण मुलुक लकडाउनमा छ । अत्यावश्यक बाहेकका व्यापार, कार्यालय, स्कुल, कलेजदेखि सबै बन्द छन् । …

पासवर्ड धेरै भए, कसरी सम्झने ? त्यसो हो भने प्रयोग गर्नुस् पासवर्ड म्यानेजर 


आज विश्व पासवर्ड दिवस हो । इन्टेलले हरेक वर्ष मेई ६ को दिनमा पासवर्ड दिवस मनाउने चलन सुरु गरिदिएको छ । 

यो भनेको डेटा सुरक्षा र अ…

पासवर्ड कसरी बलियो र सुरक्षित बनाउने ?

आज विश्व पासवर्ड दिवस । कुनै पनि विद्युतीय खाताको लागि पासवर्ड कति महत्वपूर्ण छ भन्ने कुरा तपाइलाई थाहा नै छ ।

यसरी गर्नुहोस इन्स्टाग्रामको अटो रिफ्रेस फिचरलाई बन्द 

फेसबुक अन्तर्गत रहेको इन्स्टाग्रामको स्वत रुपमा रिफ्रेस फिचरले सबै फिडहरुमा अपडेट रह…

होम आइसोलेसनमा बस्दा सामाजिक संजाल प्रयोग गर्ने कि नगर्ने ? यस्ता छन् डा. रविन्द्र पाण्डेका टिप्स

नेपाल पनि कोरोना भाइरसको दोस्रो लहर देखिएसँगै देशका विभिन्न ठाउँमा निषेधाज्ञा जा…

एप्पलवाचको मद्दतले मास्क लगाएरै यसरी गर्नुहोस् आईफोन अनलक

एप्पलले नयाँओएस १४.५ अपडेट ल्याएसँगै मास्क लगाएरै आईफोन अनलक गर्न सकिने फिचर आएको…

नयाँ मोबाइलमा फोरजी चल्छ कि चल्दैन कसरी थाहा पाउने ? यस्ता छन् नेपाल टेलिकमका पाँच जवाफ

कतिपय ग्राहकको नयाँ मोबाइलमा समेत फोरजी इन्टरनेट नचल्ने समस्या हुन्छ । कतिपय को कुनै ठाउँमा फोरजी चलाउन सकिने कुन…

गूगल मिटमा डेटा सेभर मोड कसरी अन गर्ने ? 

कोरोना महामारीको समयमा अध्ययन देखि लिएर सबै कामहरु इन्टरनेटकै माध्यमले भइरहेका छ…