कीवर्डहरू -

अपडेट

साइबर सुरक्षालाई प्राथमिकतामा राखेको छौः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षालाई प्राथमिकतामा राखेको बताएकी छन् ।

मंगलबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसरमा शुभकामना सन्देश दिदै मन्त्री शर्माले साइबर सुरक्षालाई प्राथमिकता राखेको बताएकी हुन् ।

‘साइबर सुरक्षामा देखिएका चुनौतीको सामना गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाको लागि अध्ययन कार्य अगाडि बढाइएको छ,’ उनको सन्देशमा भनिएको छ, ‘ त्यसका साथै साइबर सुरक्षासम्बन्धी नीति र कानुन निर्माणलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।’

सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्र गतिमा भइरहेको छ । राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन् । सूचना प्रविधि मनोरञ्जनको साधन मात्र नभई अत्यावश्यक सेवाको रूपमा स्थापित भइसकेको छ ।

सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा सरकार दृढ रहेको उनको भनाइ छ ।

सूचना प्रविधिको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आइरहेको तथा सेवा प्रवाहमा पारदर्शिता, सहजता, छिटोछरितो हुनुको साथै लागत कटौतिमा मद्दत पुगेको शर्माले बताइन् ।

उनका अनुसार सरकारले साइबर सुरक्षामा देखिएका चुनौतीको सामना गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाको लागि अध्ययन कार्य अगाडि बढाएको छ भने साइबर सुरक्षासम्बन्धी नीति र कानुन निर्माणलाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।

तीब्र विकास र उच्च आर्थिक वृद्धिका लागि समय सापेक्ष सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रूपान्तरण गर्ने विश्वासका साथ डिजिटल नेपाल फ्रेमवर्क २०७६ जारी गरी कार्यान्वयनमा ल्याइएको छ । तर त्यसको कार्यान्वयन एकदमै सुस्त गतिमा छ ।

‘सुरक्षित सूचना प्रविधिः सुशासन र समृद्धि भन्ने मूल नाराका साथ मंगलबार छैठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै छ । उक्त अवसरमा नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई समेत सम्मान गरिदै छ ।

अपडेट

पठाओले गर्‍यो राइडर, क्याप्टेन र पठाओ हिरोहरूलाई सम्मान

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले …

सरकार र महावीर पुनबीच ७ बुँदे सहमति, ६० दिनभित्र कोषको व्‍यवस्थापनको मस्यौदा ल्याउने

सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच ७ बुँदे सहमति भएको छ । …

सिटिजन्स बैंकको नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कट सार्वजनिक

सिटिजन्स बैंकले नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कट सुरुवात गरेको छ। बैंकमा आय…

सिड्नीमा नेपालीको ह्याकाथन, आर्टिफिसियल ईन्टेलिजेन्समा भविष्य खोज्दै नेपाली 

कृतिम बौध्दिकता (आर्टिफिसियल ईन्टेलिजेन्स) यतिखेर प्रविधिको क्षेत्रमा सबैभन्दा बढी चर्…

सरकारले महावीर पुनसँग आजै लिखित सहमति गर्छ : प्रधानमन्त्री प्रचण्ड

चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग आजै सरकारले महावीरसँग …

महावीर पुनसँग सरकारले आज पनि वार्ता गर्दै 

सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज पनि वार्ता हुँदैछ । आइतवार भएको वार्ता निष्…

वर्ल्ड लिंकसँग पब्जीको सम्झौता, गेमरले उच्च गतिको इन्टरनेट पाउने

चर्चित मोबाइल गेम पब्जीले नै नेपाली गेमरहरुको गेमिङलाई चुस्त बनाउने गरी प्रयास थालेको छ । वर्ल्ड लिंकसँग गेमरका ला…

अग्नि मोटोइन्कले ल्यायो नेपाली बजारमा येज्दी मोटरसाइकल, मूल्य कति ?

अग्नि समूहको सहायक कम्पनी र क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइन्क प्रालिले नेपालमा बहुप्रतिक्षित येज्दी मोट…

नमस्ते पेको नयाँ सीईओमा प्रविणराज पोखरेलको नियुक्त

नमस्ते पे का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले २०८० वैशाख १७ गत…

पारस खड्का हाइफ्युचरको ब्रान्ड एम्बेसडर नियुक्त

हाइफ्युचर, स्मार्ट वियरेबल र अडियो उत्पादनहरूको अग्रणी ब्राण्डलगायतको नेपालमा तपाईं …

पब्जी मोबाइल र वर्ल्डलिंकबीच सहकार्यको सम्झौता

विश्वको अग्रणी मोबाइल गेममध्येको एक पब्जी मोबाइल र इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले…

बैतडी दोगडाकेदारमा ५ दिनदेखि सञ्चार सेवा अवरुद्ध

बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत पाँच दिनदेखि सञ्चारसेवा अवरुद्ध भएको छ । द…

सूचना प्रविधि दिवस टेलिकमको अफर : ९८ रुपैयाँमा ६ जीबी डेटा

नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका …

\'विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी – २०८०\' कार्यक्रम सम्पन्न

नेपाल राष्ट्र बैंकले काठमाडौँमा 'विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी – २०८०' कार्…

च्याट जीपीटीलाई इटालीले लगाएको प्रतिबन्ध हटायो

एआई च्याटबट ‘च्याट जीपीटी’लाई इटालीले प्रतिबन्ध हटाएको छ।