कीवर्डहरू -

अपडेट

जगदम्बा मोटर्स र पोस्टामको कन्टेन्ट प्रतियोगिता, विजेता १०० कन्टेन्ट क्रिएटरलाई स्कुटर

नेपालका लागि टिभिएस स्कुटर र मोटरसाईकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्दै नेपालकै सबैभन्दा ठूलो कन्टेन्ट प्रतियोगिताको आयोजना गर्ने भएको छ । 

यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई आफ्नो कला देखाउँदै  रोमाञ्चक पुरस्कारहरू जित्न प्रोत्साहन गर्ने रहेको कम्पनीको भनाइ छ ।

उक्त प्रतियोगिता पोस्टामको प्लेटफर्ममा हुनेछ । अन्य सोसल मिडिया प्ल्याटफर्महरू भन्दा भिन्न रहेको पोस्टाममा प्रयोगकर्ताहरूले सूचना आदान–प्रदान गर्न, मानिसहरुसँग कनेक्ट हुनुका साथै आफ्नो कन्टेन्टलाई मनिटाइज गरेर नियमित पोस्टहरु मार्फत पनि आम्दानी गर्ने अवसरहरू प्राप्त गर्छन् । 

कम्पनीका अनुसार यो प्रतियोगिता एक ऐतिहासिक र नेपाली कन्टेन्ट क्रिएटरहरूको लागि सबैभन्दा ठूलो पुरस्कार राशी रहेको प्रतियोगिता हो ।

टिभिएस नेपालकी प्रोडक्ट हेड करुणा पुडासैनीले यस प्रतियोगिताको लागि पोस्टाम एपसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित रहेको बताइन् ।  साथै यो प्रतियोगिता कन्टेन्ट क्रिएटरलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान उनको भनाइ छ ।

त्यस्तै पोष्टमका प्रमुख कार्यकारी अधिकृत र सह–संस्थापक रोनिश दाहालले यो प्रतियोगिताले कन्टेन्ट क्रिएसनलाई आफ्नो करियरको रुपमा स्थापित गर्न नेपालभरका कन्टेन्ट क्रिएटरहरूलाई मद्दत गर्ने कुरामा विश्वस्त रहेको बताए ।

कन्टेन्टको क्वालिटी र इङ्गेजमेन्टको आधारमा टप १०० जना छनोट हुने आयोजकले बताएका छन् । पोस्टामले आवश्यक कन्टेन्ट थिमको बारेमा गिग फिचरमार्फत स्पष्ट निर्देशनहरू प्रदान गर्नेछ जसले सहभागीहरूलाई सुरुवात गर्न निकै सहज बनाउने छ । पोस्टाम प्रयोगकर्ताहरुले यो बाहेक अन्य थुप्रै अवसरहरुमार्फत पनि आम्दानी गर्न सकिने सुविधा प्रदान गर्ने आयोजकले जनाएको छ । 

जगदम्बा मोटर्स र पोस्टामको सहकार्यमा हुन लागेको यस प्रतियोगिताले कन्टेन्ट क्रिएटरको प्रतिभालाई पुरस्कृत गर्ने मात्र नभई नेपाली युवाहरूमा रचनात्मक अभिव्यक्तिको लहर ल्याउन मद्दत पुर्या‍उने आयोजकको विश्वास छ ।

आईफोन प्रयोगकर्ताहरुले यहाँ क्लिक गरेर र एन्ड्रोइड प्रयोगकर्ताहरुले यहाँ क्लिक गरेर पोस्टाम डाउनलोड गरेर यस प्रतियोगितामा सहभागी हुन सक्ने जनाइएको छ । 
 

अपडेट

गूगल डिप माइण्डको रोबोटले टेबल टेनिस खेल्यो

पछिल्ला केही वर्षहरूमा, मेसिन लर्निङ र आर्टिफिशियल इन्टेलिजेन्स तीव्र रूपमा मानिसहरू र कम्पनीहरू बीच लोकप्रिय भएको छ । यस्तो अवस्थ…

आईटीयुको एरिया अफिस एण्ड इन्नोभेसन सेन्टरको प्रमुखमा डा. प्रनिता उपाध्याय नियुक्त

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को एरिया अफिस एण्ड इन्नोभेसन सेन्टरको प्रमुखमा डा. प्रनिता उपाध्याय नियुक्त भएकी छन् ।  …

टाटा मोटर्सको साउनमै ल्यायो दशैं अफर, पुराना गाडीसँग टियागो इभी साट्न सकिने

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले साउनमै दसैँ अफर ल्याएको छ । अफरअनुसार जुनसुकै ब्राण्…

आरिफ शेख र आशिफ शेख टेक्नो मोबाइलको ब्राण्ड एम्बेसेडर नियुक्त

टेक्नो मोबाइल कम्पनीको ब्राण्ड एम्बेसेडरमा क्रिकेट खेलाडी आरिफ शेख र आशिफ शेख नियुक्त भएका छन् । काठमाडौँको हायात प्ले…

ललितपुर प्रहरीले अब बडी वर्न क्यामेरासहित क्विक रेस्पोन्स टिम परिचालन गर्ने

जिल्ला प्रहरी परिसर ललितपुरले बडी वर्न क्यामेरासहित क्विक रेस्पोन्स टिम परिचालन गर्ने भएको छ । 

फिनटेक कम्पनी जुनो र आईएमई पेबीच सहकार्य, अमेरिकाबाट रियल टाइममै पैसा पठाउन सकिने

डिजिटल वालेट आईएमई पे र फिनटेक कम्पनी जुनोबीच साझेदारी भएको छ । यस सहकार्यसँगै जुनोबाट रियल टाइममै आईएमई पेमा रेमिट्यान्स प…

गूगल प्ले स्टोरमा पुनः उपलब्ध भयो इसेवा एप

डिजिटल वालेट इसेवाको एन्ड्रोइड एप प्ले स्टोरमा फर्किएको छ । मंगलबारदेखि प्लेस्टोरबाट गायबमा भएको एप बिहीबार फर्किएको हो । …

अकाउन्टिङ सफ्टवेयर ‘जुनेली ट्रेडिङ’ बजारमा

सूचना प्रविधिमा काम गरिरहेको कम्पनी जुनेली इंकले बजारमा अकाउन्टिङ सफ्टवेयर ‘जुनेली ट्रेडिङ’ ल्याएको छ । 

कृषि क्षेत्रलाई प्रवर्द्धन गर्न एग्री डिजी टेक च्यालेन्ज हुँदै, यसरी दिनहोस् आवेदन

स्वीस सरकार विकास सहयोग एसडीसीको सहयोगमा बीड म्यानेज्मेन्ट र ट्यान्जेन्ट वेभ्सको सहकार्यमा एग्री डिजी टेक च्यालेन्ज परियोजनाको घोषण…

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी

नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको  छ । यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेव…

स्मार्टच्वाइस टेक्नोलोजिजको अध्यक्षमा रविन कुमार नेपाल नियुक्त

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका अध्यक्ष पदमा रविन कुमार नेपाल…

डिजिटल ठेगाना प्रणाली कता होमा नयाँ सेवा, हराएको सामान भेटाउन सहज हुने

दुइ दशकदेखि नेपालमा विभिन्न प्रविधिहरुको अनुसन्धान गर्दै आइरहेका अनुसन्धानकर्ता रामलक्ष्मणको टिमले तयार गरेको डिजिटल ठेगाना प्रण…

यस्तो छ गूगल प्लेस्टोरबाट इसेवा एप गायब हुनुको कारण

गूगल प्लेस्टोर र डेटा युनिभर्सनल नम्बरिङ सिस्टममा अपडेट गर्ने क्रममा रहेकाले एप प्लेस्टोरमा नदेखिएको इसेवाले जनाएको छ ।  

यसरी थाहा पाउनुस् बाढी, पहिरोजस्ता प्रकोपको लाइभ अपडेट

नेपाल प्राकृतिक जोखिमयुक्त क्षेत्र हो । भूकम्प, बाढी, पहिरो, डुबानको जोखिम छ ।

जोखिम क्ष…

न्यूरालिंकको ब्रेन कम्प्युटर इन्टरफेस डिभाइस पक्षघातको दोस्रो विरामीमा पनि सफल इम्प्लान्टेसन

एलन मस्कको स्टार्टअप न्यूरोटेक्नोलोजी न्यूरालिंकले कम्पनीको ब्रेन–कम्प्युटर इन्टरफेस डिभाइसलाई दोस्रो बिरामीको ब्रेनमा सफल रूप…