कीवर्डहरू -

अपडेट

भोलिदेखि पुँजी बजारमा डिजिटल केवाईसी लागू, लगानीकर्ताले अब एक पटक केवाईसी भरे पुग्‍ने 

साउन १ गते अर्थात सोमबारदेखि पुँजी बजारमा केन्द्रिकृत डिजिटल केवाईसी लागू हुने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले भोलिदेखि पुँजी बजारमा केन्द्रितकृत डिजिटल केवाईसी लागू गर्न थालेको हो ।

केन्द्रिकृत डिजिटल केवाईसीले लगानीकर्तालाई सहज हुने सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले बताए । सीडीएससीले आफ्ना सदस्यहरूलाई यसअघि नै डिजिटल केवाईसी सिस्टम परीक्षण गर्न दिएको थियो । सबैले उक्त सिस्टम परीक्षण गरिसकेपछि साउनदेखि पूर्ण कार्यान्वयनमा लैजान लागिएको हो ।

केन्द्रिकृत डिजिटल केवाईसी लागू भएपछि ब्रोकर कम्पनी, मर्चेन्ट बैंकिङमा गएर डिम्याट र ब्रोकर खाता खोल्दा पटक पटक केवाईसी बुझाउनु पर्ने झन्झट अन्त्य हुनेछ ।

अहिले डिम्याट खाता, ब्रोकर खाता खोल्दा सम्बन्धित कार्यालयमा गएर छुट्टाछुट्टै केवाईसी फाराम भर्नुपर्ने व्यवस्था छ । तर, केन्द्रितकृत डिजिटल केवाईसी सिस्टमले यो झन्झट हटाउने छ ।

केन्द्रिकृत डिजिटल केवाईसीले लगानीकर्तालाई विशेष फाइदा पुग्ने न्यौपाने बताउँछन् । ‘अहिले विभिन्न ठाउँमा गएर केवाईसी फाराम पटक पटक भर्नुपर्ने अवस्था छ,’ उनले भने,‘तर डिजिटल केवाईसी लागू भएपछि यो समस्या हट्ने छ । डिजिटल केवाईसी आईडी दिँदा पुँजी बजारका सबै सेवा लिन सक्नेछन् ।’

\"\"
प्रवक्ता, सुरेश न्यौपाने

लगानीकर्ताले एक पटक डिजिटल केवाईसीमा आवद्ध भएपछि उनीहरूले एउटा युनिक आईडी पाउने छन् । युनिक आईडी, डिम्याट वा ब्रोकर खाता खोल्दा प्रयोग गर्न सकिन्छ ।

त्यसपछि उनीहरूले नयाँ डिम्याट खाता वा ब्रोकर खाता खोल्दा पटक-पटक आफ्नो तीनपुस्ते विवरण भर्नुपर्ने छैन । युनिक आईडी दिए मात्रै पुग्नेछ ।

पहिलो चरणमा, नयाँ डिम्याट खाता खोल्दा वा ब्रोकर खाता खोल्दा डिजिटल केवाईसी लागू गरिने उनले बताए । यसअघि भएका केवाईसीलाई पनि डिजिटलमा राखिएको छ ।

यदि पहिले नै डिम्याट खोलेका लगानीकर्ता डिजिटल केवाईसीमा जान चाहे सम्बन्धि सेवा प्रदायकमा सम्पर्क गर्न सक्ने छन् । त्यसपछि सम्बन्धित सेवा प्रदायकले ग्राहकको केवाईसी अद्यावधिक गरेर युनिक केवाईसी आईडी दिनेछ ।

तर, तपाईले एक पटक डिजिटल केवाईसीको सेवा लिइसकेपछि एउटा केवाइसी आईडी पाउनु हुन्छ । त्यो आईडी पुँजी बजारमा सेवा लिँदा प्रयोग गर्न सक्नुहुन्छ । सबै विवरण भरिरहनु परेन, केवाईसी आईडी भए पुग्छ ।

डिजिटल केवाईसी सिस्टमको पहुँच सेवा प्रदायकले पाउने छन् । डिजिटल केवाईसी लिने ग्राहकको विवरण सिधैं सिस्टममा राख्न सक्ने छन् । त्यसपछि उक्त विवरण सीडीएससीको सर्भरमा आउने छ ।

यसले गर्दा सेवा प्रदायकले पनि केवाईसी विवरण हरेक पटक सिस्टममा राखिरहनु पर्दैन । केवाईसी आईडी राखे मात्रै पुग्ने छ ।

भविष्यमा लगानीकर्ताले अनलाइनबाटै आफ्नो केवाईसी फाराम भर्न सक्ने सिस्टम तयार गरिएको न्यौपानेले जानकारी दिए । अनलाइनबाटै केवाईसी भरेपछि भेरिफाईका लागि एकपटक सम्बन्धि सेवा प्रदायककोमा भने जानु पर्नेछ ।

सुरूवाती समयमा लगानीकर्ताबाट डिजिटल केवाईसीको शुल्क नलिने योजना रहेको उनी बताउँछन् । ‘अहिले हामीले शुल्कको मोडालिटीबार छलफल गरिरहेका छौं,’ न्यौपाने भन्छन्, ‘सुरूवातमा सकेसम्म लगानीकर्ताबाट पैसा नलिने भन्नेमा हाम्रो जोड छ । तर सेवा प्रदायकबाट निश्चित शुल्क लिन सकिन्छ ।’

सीडीएससीले २०७६ सालदेखि केवाईसी सिस्टममा काम गर्न सुरू गरेको थियो । त्यतिबेला नेपाल धितोपत्र बोर्डले केन्द्रिकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) निर्देशिका जारी गरेको थिएन् ।

तर २०७७ सालमा केन्द्रिकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्बन्धि कार्य सञ्चालन गर्न निर्देशिका ल्याएको थियो ।

बोर्डको निर्देशिकामा सिस्टम केन्द्रिकृत हुनुपर्ने व्यवस्था आएपछि पुनः त्यसलाई परिमार्जन गर्दा ३ वर्षको मिनिनेतपछि सिस्टम तयार भएको उनले बताए ।

केन्द्रिकृत डिजिटल केवाईसी सिस्टम नेपाली भेन्डरहरूले बनाएका हुन् । केन्द्रिकृत डिजिटल केवाईसीको डेटा सरकारी डेटा सेन्टर जीआईडिसीमा राखिएको छ ।

सुरक्षाका मापदण्ड अनुसार नै सिस्टम तयार गरिएको न्यौपानेले बताए ।  ‘साइबर सुरक्षालाई ध्यानमा राख्दै सिस्टम तयार पारेका छौं । डेटा भण्डारणका लागि सरकारी डेटा सेन्टरमा ठाउँ लिएका छौं,’ उनले भने, ‘त्यसकारण डेटाको पहुँच सीडीएससीसँग मात्रै हुन्छ ।’

सीडीएससीले हेटौडाको डिजास्टर रिकभरी केन्द्रका साथै आफ्नो केन्द्रिय कार्यालयमा डेटाको ब्याकअप राखेको छ ।

अहिले धेरै संस्थाले डिजिटल केवाईसीको विषय उठाइरहे पनि सिस्टम बनाएका छैनन् । पुँजी बजार बाहेक अन्य क्षेत्रमा पनि सीडीएससीले बनाएको डिजिटल केवाईसी सिस्टम प्रयोग गर्न सकिन्छ ? भन्ने प्रश्नमा तत्काल नसकिने उनको भनाइ छ ।

‘सेबोनबाट जारी भएको निर्देशिकाले पँजी बजारलाई मात्रै समेट्छ । त्यसकारण अहिले अन्य क्षेत्रमा प्रयोग गर्न मिल्दैन्,’ उनले आइसिटीसँग भने, ‘तर त्यस्तो कुनै नीतिगत व्यवस्था भएमा यही केवाईसीलाई अन्य क्षेत्रले डिजिटल केवाईसीको रूपमा प्रयोग गर्न सक्छन् ।’

अहिले सिम कार्ड लिन, बैंक खाता खोल्न वा डिम्याट खोल्न सबै ठाउँमा व्यक्तिगत विवरण भर्नुपर्ने बाध्यता छ । केवाईसी भनेको सबै ठाउँमा एउटै हुन्छ । त्यसकारण अन्य क्षेत्रमा पनि डिजिटल केवाईसी सिस्टम लागू भएमा सहज हुनेछ ।

केही समयअघिसम्म सीडीएससीले बनाएको मेरो शेयरमा एकैपटक धेरै प्रयोगकर्ता आउँदा सिस्टम नै डाउन हुने समस्या थियो । पछिल्ला केही समययता त्यस्तो समस्या हटेको छ ।

डिजिटल केवाईसीको सिस्टममा त्यस्तो समस्या नआउने उनको दावी छ । न्यौपाने अगाडि भन्छन्, ‘निरन्तर सेवा दिनका लागि काम गरिरहेका छौं । डाउन हुने अनुभव हामीले मेरो शेयरबाट संगालि सकेका छौं । त्यो पछिल्लो समय स्टेबल भएको छ । त्यही स्तरमा सञ्चालन गर्ने गरी काम अगाडि बढाएका छौं ।’

अपडेट

चलचित्र चिसो मान्छे अब डिशहोममा हेर्न सकिने

समसमायिक विषय वस्तुमा वनेको नेपाली चलचित्र “चिसो मान्छे” डिशहोममा (Exclusive) प्र…

एसईई उत्तीर्ण विद्यार्थीका लागि खल्तीको प्रवेशिका सेवा, आवेदन दिने ५ जनालाई छात्रवृत्ति

खल्तीले प्लस २ कलेजहरूको खोजीमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रवेश परीक्षाका …

टेलिकमको समर अफर, ५०० रूपैयाँमा २० जीबी डेटा उपलब्ध हुने

नेपाल टेलिकमले असार २९ गतेदेखि लागु हुनेगरी समर अफर उपलब्ध गराएको छ । यसमा सेव…

नेपाली डेटिङ एप एस्ट्रोपडमा नयाँ फिचर, अब इभेन्टका लागि पार्टनर खोज्न सकिने

सहरको कुनै कन्सर्टमा जाँदै हुनुहुन्छ अथवा चलचित्र हेर्ने सोंच बनाउँदै हुनुहुन्छ । अ…

फेसबुकबाटै तरकारी बेच्छन् म्याग्दीका युवा 

म्याग्दीको मङ्गला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा…

‘आगामी वर्ष प्रत्येक प्रदेशका दुई जिल्ला पूर्ण दूरञ्चारयुक्त’

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्ष प्रत्येक प्रदेशका दुई जि…

एआइको विरोध गर्दै आएका मस्कले खोले आफ्नै एआइ स्टार्टअप

ट्वीटरका मालिक एलन मस्कले आफ्नै एआइ एक्सएआइको सुरुवात गरेका छन् । मस्कले आफ्नो आर्टिफ…

सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्छौः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कद…

भारतमा दर्ता भयो हाम्रो पात्रो, ज्योतिष, गिफ्ट र टेलिहेल्थ सेवा उपलब्ध गराउने

नेपालको हाम्रो पात्रोले अब भारतमा पनि सेवा उपलब्ध गराउने भएको छ । भारतीय बजारमा …

जीमेलमा क्यालेन्डर सुविधा आउँदै

गुगलले क्यालेन्डर टुल जीम…

हिमालय एयरलाइन्सको टिकट बुकिङ अब अनलाइनबाटै गर्न सकिने

हिमालय एयरलाइन्सले आफ्ना सबै अन्तर्राष्ट्रिय सेक्टरमा अनलाइन टिकेटिङ सुरुवात गरेको छ…

राजु मास्टर, बल्छी ध्रुवेसहितका कलाकारलाई ५ हजार धरौटीमा छाड्न आदेश

अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ ९बल्छी धुर्वे०, राजु पौडेल ९राजु मास्टर० सहितका कलाक…

११ कक्षामा पढ्न चाहनेलाई छात्रवृत्ति दिदै काठमाडौं महानगर, यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाडौं महानगरले कक्षा ११ मा पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । बि…

त्रिविका पदाधिकारी, शिक्षक र कर्मचारीलाई अनलाइनबाट सम्पति विवरण बुझाउन निर्देशन

त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयले त्रिवि पदाधिकारी, शिक्षक र कर्मचारीलाई…