कीवर्डहरू -

अपडेट

बडिगाडको विकट गाउँमा मोबाईल सेवाले दिएको खुसी

चारैतिर अग्ला पहाड अनि खोंचमा रहेको ६ टुनिबोट गाउँ, भिमगिठे खोलाको नदि छेउमा रहेको उक्त बस्तीमा यसअघि मोवाईल सेवा नहुँदा त्यहाँका नागरिकलाई समस्या हुँदै आएको थियो ।

गाउँ देखि माथि भित्रेनी डाँडामा नेपाल टेलिकमले टावर निर्माण गरि नमस्ते मोवाईल सेवा सुचारु गरेपछि अहिले स्थानियबासी खुसी भएका छन ।

मोवाईल सेवा सञ्चालन भएपछि बडिगाड गाउँपालिका वडा नं ७ भिमगिठेको टुनीबोट सँगै अमिले, जैबाने, भित्रेनी, छेपारे, ओखरेनी, पदमभीर र वडा नं ८ को दोभान सिमा क्षेत्रका झण्डै २ सय ५० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन ।

सदरमुकाम बागलुङ बजार देखि ८२ किलोमिटर पश्चिम उत्तरमा अवस्थित उक्त गाउँमा यस अघि कुनै पनि मोवाईल सेवा उपलब्ध थिएन ।

मोबाईल सेवा नहुँदा सुचना र सञ्चारमा त्यहाँका नागरिकले सास्ती खेप्दै आईरहेको बडिगाड गाउँपालिका वडा नं ७ का निवर्तमान वडा अध्यक्ष कृष्ण गुरुङले बताए ।

स्थानिय लघु जलविद्युतबाट टावर सञ्चालन भएपछि अहिले जिएसएम मोवाईल सेवा टुजी र तेस्रो पुस्ताको मोवाईल सेवा थ्रिजी एकैसाथ सञ्चालन गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

सेवा सुचारु भए सँगै मोवाईल प्रयोगकर्ताले भ्वाईस र डाटा चलाउन पाएको कार्यालय प्रमुख शर्माको भनाई छ । निकट भविष्यमा उक्त टावर मार्फत चौंथो पुस्ताको मोवाईल फोरजी सेवा उपलब्ध गराईने शर्माले बताए ।

पहिले फोन गर्न छिमेकी गाउँ र भिमगिठे बजार नै पुग्नु पर्ने त्यहाँका स्थानियको बाध्यताको अन्त्य भएको स्थानिय बिमल पाईजाले जानकारी दिए । टावर निर्माण, उपकरण टावर सम्म पुर्याउन स्थानियले सहयोग गरेका थिए ।

टुनिबोटमा मोवाईल सेवा सञ्चालन गर्न गाउँपालिकाले आवश्यक समन्वय र सहजीकरण गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले बताए ।

गाउँपालिका अध्यक्ष थापाले मोवाइल र तीव्र गतिको इन्टरनेट सेवाले दुर्गम टुनिबोट र आसपासका नागरिकको दैनिकी सहज बनेको बताए । उनले गाउँपालिकाका सबै वडामा गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउन टेलिकम सँग आवश्यक समन्वय गरिने समेत उल्लेख गरे ।

पहिलो पटक मोवाईलमा कुराकानी गर्दै इन्टरनेट चलाउन  पाउँदा वडाबासी नागरिकहरु खुसी भएको बडिगाड गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष दिपेन्द्र प्रताप केसीले बताए ।

नेपाल टेलिकमले बडिगाड गाउँपालिका वडा नं ९ दर्लिङ नयाँ गाउँमा रहेको टावरबाट रेडियो लिङ्कमार्फत त्यहाँ टुजी र थ्रिजी सेवा सञ्चालन गरेको जनाएको छ ।

अपडेट

नमस्ते पेको क्युआर कोडबाट नेपाल टेलिकमको विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सकिने

नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्…

रास्वपा सांसद झाको प्रश्न : भ्रष्टाचारको आरोपीले मोबाइल फरम्याट गर्ने मौका किन पाइराखेको छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नक्कली शरणार्थी प्रकरणमा संलग्न र…

अब अनलाइनबाटै एनओसी डाउनलोड गर्न सकिने, यस्तो छ तरिका 

अब अनलाइनबाटै वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) डाउनलोड गर्न पाइने भएको छ ।

कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर, रिफर गर्ने र लिनेले २५/२५ रूपैयाँ पाउने

कनेक्ट आईपीएसले ‘रिफर अ फ्रेन्ड’ अफर सार्वजनिक गरेको छ । यस अफरमा प्रयोगकर्ताहरुले …

किन घट्यो नेपाल टेलिकमको खुद नाफा ? 

आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको खुद नाफा घटेको छ । टेलिक…

आज राती एनएमबि बैंकको कार्ड र एटीएम सेवा अवरुद्ध हुने

एनएमबि बैंक लिमिटेडको कार्ड र एटीएम सेवा सोमबार अबरुद्ध हुने भएको छ ।

आजदेखि सुरू भयो एमडीएमएस, तर ८० लाख मोबाइल अझै ग्रे मार्केटमा

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सु…

जेठ १ गते देखि एमडिएमएस पुनकार्यान्वयन हुने, अब नयाँ मोबाईल दर्ता अनिवार्य

यही जेठ १ गते देखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम – एमडिएमएस पुनकार्यान्वयन हुन…

युथ आइजीएफ नेपाल फेलोशिप २०२३ का लागि आवेदन खुला

युथ आइजीएफ (वाइआइजीएफ) नेपाल फेलोशिप २०२३ को आवेदन खुला भएको छ । फेलोशिपले २९…

मोबाइल सेटको प्रयोग र आयातलाई व्यवस्थित गर्न जेठ १ गतेदेखि लागु हुँदै एमडीएमएस

नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई  व्यवस्थित गर्न जेठ १ गतेदेखि मोबाइल डिभ…

एससीटी र एनएमबि बैंकबीच सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र एनएमबि बैंकबीच विभिन्न डिजिटल च्यानल स…

अरोगिन हेल्थकेयरमा डिजिटल भुक्तानी गर्दा सनराइज बैंकका ग्राहकलाई छुट

सन्राइज बैंकले अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग सम्झौता गरेको छ । ग्राहकरुल…

थुप्रै नयाँ फिचरहरुको साथमा वियर ओएस ४ सार्वजनिक हुने

गूगलले आफ्नो आइओ २०२३ कार्यक्रममा सार्वजनिक गरेको नयाँ वियर ओएस ४ अपडेटको साथ आउन…

सिद्धार्थ बैङ्कको पे एन्ड सेभ खाता, निःशुल्क डेबिट कार्ड र बैंक स्मार्ट एक्सपी सुविधा

सिद्धार्थ बैङ्क लिमिटेडले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै नेपालमै पहिलो पटक …

अब जीमेलमा एआईले नै तपाइको मेल टाइप गरिदिने

प्रविधि कम्पनी गुगलको इमेल सेवा जीमेल लाखौं प्रयोगकर्ताहरूले प्रयोग गर्छन् । गुगलको …