अपडेट
प्रतिबन्ध हटाउने निर्णयपछि टिकटकको प्रतिक्रिया: नेपालीहरूको स्वतन्त्र आवाज बन्छौं
सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेपछि टिकटकले खुसी व्यक्त गरेको छ । भदौ ६ गते बसेको मन्त्रीपरिषद् बैठकले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।
टिकटकका एक प्रवक्ताले टिकटक खुल्ने कुरामा खुशी व्यक्त गर्दै क्रियटर र व्यवसायहरूका लागि टिकटकले आर्थिक अवसरहरूको ढोकासमेत खोलेको बताए ।
‘नेपालमा टिकटक खुल्ने कुराले हामी ज्यादै खुशी छौं । डिजिटल अनुभवको लागि नेपालीहरूको चासोलाई हामी सम्मान पनि गर्दछौं,’ प्रवक्ताले भनेका छन्, ‘प्रतिभाशाली क्रियटर र व्यवसायहरूका लागि टिकटकले आर्थिक अवसरहरूको ढोकासमेत खोलेको छ ।’
यसका साथै नेपालीहरूको स्वतन्त्र आवाज बन्ने दावी टिकटकले गरेको छ । मन्त्रीपरिषद्बाट प्रतिबन्ध हटाउने निर्णय भएपनि अझै टिकटक भनेको खुलेको छैन् ।
टिकटकलाई औपचारिक रूपमा खुलाउनका लागि सरकारले पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा र साक्षरताका लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तर बनाउन सहयोग गर्नुपर्ने तथा सामाजिक सद्भाव खलल पार्ने कन्टेन्ट फिल्टर गर्ने शर्त तोकेको छ ।
सरकारले तोकेको शर्त पूरा गर्ने सम्झौता गरेपछि टिकटक औपचारिक रूपमा चल्ने छ । त्यसपछि सम्भवतः अबको १-२ दिनमै टिकटक सहजै चलाउन सकिने छ ।
यद्यपि सामाजिक सञ्जाल निर्देशिका २०८० अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा टिकटक सूचीकृत भइसकेको छ भने पोइन्ट अफ कन्ट्याक्ट पनि तोकिसकेको छ ।
अपडेट
सामसङको ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस नाइन एफई सिरिजमा सर्कल टु सर्च फिचर उपलब्ध
सामसङ नेपालले ग्यालेक्सी इकोसिस्टममा अझ धेरै डिभाइसहरूमा मोबाइल एआईको सुविधालाई अगाडि बढाउँदै ग्यालेक्सी ए सिरिजका लागि गुगल…
नबिल बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पेमा लोड गर्न मिल्ने
नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र नबिल बैंकबीच वालेट लोड सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार नबिल बैंकको खाता भएका…
अब जूमको वेबिनारमा दश लाख जना सहभागी हुन् सक्ने
महामारीको समयमा धेरैजसो कम्पनीहरूले आफ्नो कामलाई अनलाइनमा स्थानान्तरण गरेका थिए । साथै, शैक्षिक संस्थाहरू र इन्स्टिच्युटहरूले पन…
एनसेलको सामाजिक उत्तरदायित्व अन्तर्गतका पहलहरु सातै प्रदेशमा कार्यन्वयनमा
एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकास सम्बन्धी विभिन्न आयोजनाहरु सञ्चालनमा …
१७ अस्पतालका उपकरण मर्मत सम्भारका लागि स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच संघीय सरकारमातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत–सम्भार र व्यवस्थापन गर्ने सम्बन्धमा सहकार्य…
गूगल क्रोममा एन्ड्रोइड र पीसी प्रयोगकर्ताले आइफोनको जस्तै सुविधा पाउने, ब्राउजिङको शैली बदलिदै
अब गूगल क्रोममा एउटै गुगल अकाउन्टको साथमा धेरै डिभाइसहरूमा सेभ गरिएको डेटा र बुकमार्कहरू एक्सेस गर्न सजिलो बनाइँदैछ ।
…एप्पलले जारी गर्यो आईओएस १७.६.१ अपडेटेड भर्सन, यस्तो छ कारण
प्रविधि कम्पनी एपलले आफ्ना प्रयोगकर्ताहरूका लागि आईओएस १७.६.१ को अपडेटेड भर्सन जारी गरेको छ । लगभग १० दिनअघि कम्पनीले आईओएस १७…
प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२४ को आवेदन खुला, आईटी प्रोफेसनलहरूले आवेदन दिन सक्ने
प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२४ को आवेदन खुला भएको छ । आइसिटी क्षेत्रमा काम गरिरहेका प्रोफेसनलहरूलाई लक्षित गर्दै प्रोफेस…
टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी
सरकारले नेपालमा टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउनका लागि प्रधानमन्त्री केपी श…
सिटिजन्स बैंक पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आयोजना गरेको पार्टनर फर प्रोग्रेस (हजुरको प्रगतिको सहयात्री) फेसबुक भिडियो प्रतियोगिताका विज…
अनुसन्धानका लागि युवा वैज्ञानिकहरूलाई १२ लाखसम्म अनुदान दिदै नास्ट, प्रस्ताव पेश गर्न आह्वान
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले अनुसन्धानका लागि युवा वैज्ञानिकहरूलाई बजेट उपलब्ध गराउने भएको छ । …
सामाजिक सञ्जाल बन्दैछ मानव बेचबिखनको जालो
एसइई परीक्षाको नतिजा आउन बाँकी थियो। कैलालीका चार किशोरीहरुले घर खर्च जुटाउन जागिर गर्ने निधो गरे। उनीहरुको चाहनाअनुरुप गा…
राइड सेयरिङ प्लेटफर्म टुटलको डेलिभरी सेवामा तीन सुविधा उपलब्ध
नेपालको पहिलो राइड सेयरिङ प्लेटफर्म टुटलले डेलिभरी प्लेटफर्ममा तीन प्रमुख सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।
यस अनुसार अब टुटलको डेलिभरी…
सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको सेवा सुचारू
सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको सेवा सुचारू भएको छ । साउन ३२ गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा स…
प्राविधिक समस्या आएपछि इसेवाको सेवा अवरूद्ध
डिजिटल वालेट इसेवाको सेवा अवरूद्ध भएको छ । प्राविधिक समस्या आएपछि अस्थायी रूपमा इसेवाको सेवा अवरूद्ध भएको हो ।
…