अपडेट
क्यानले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको टिकेटिङ्ग पार्टनरमा आईएमई पे
नेपाल क्रिकेट संघ (क्यान) र आई एम ई डिजिटल सोलुसन लिमिटेड (आई एम ई पे) बिच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौता अनुरूप आई एम ई डिजिटल सोलुसन लिमिटेड अबको २ वर्षको लागि नेपाल क्रिकेट संघले देश भित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलहरूको टिकेटिङ्ग पार्टनरका रूपमा रहने छ ।
सम्झौता लागु भएसँगै आउँदो २ वर्षको समय अवधिमा नेपाल क्रिकेट संघले नेपालमा आयोजना गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय खेलहरूको फिजिकल र अनलाईन टिकेटको विक्रीको जिम्मेवारी पनि आई एम ई पे ले पाएको छ। राजधानी काठमाण्डौमा बिहीबार सम्पन्न एक समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
पत्रमा नेपाल क्रिकेट संघको तर्फबाट सचिव पारस खड्का र आई एम ई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट आई एम ई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले हस्ताक्षर गरेका थिए ।
नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलता र ख्यातिलाई संस्थागत गर्दै सिङ्गो नेपाली क्रिकेटको विकास र विस्तारका लागि सम्पूर्ण क्षेत्रको संयुक्त पहलको आवश्यकता रहेको छ। सोही आवश्यकता महसुस गरी यो समझदारी भएको हो ।
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले आई एम ई पे सँगको यो साझेदारीले नेपाली क्रिकेटको बहुआयामिक विकासमा सहयोग पुग्ने बताए ।
'नेपाली क्रिकेटको स्तर वृद्धि र दिगो विकासका लागी आउँदो दिनहरूमा हामीले अन्तर्राष्ट्रिय टोलीहरूसँग धेरै भन्दा धेरै खेलहरू खेल्नु पर्ने अवस्था रहेको छ। यसै बिचमा आई एम ई पे जस्तो संस्थाले नेपाली क्रिकेटमा लगानी गर्ने निर्णय गर्नु हामी सबैका लागि खुसीको खबर हो,' उनले भने, 'यो साझेदारी बनाउने मौका दिनु भएकोमा म मेरो व्यक्तिगत र सिङ्गो नेपाल क्रिकेट संघको तर्फबाट आई एम ई डिजिटल सोलुसन लिमिटेडलाई हार्दिक धन्यवाद समेत ज्ञापन गर्न चाहन्छु।'
यस्तै, नेपाली क्रिकेटको विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आई एम ई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।
यसै गरी आइएमई ग्रुपले क्रिकेटर करन केसी र सोमपाल कामीलाइ ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ ।
आइएमईले खेलाडीको मनोबल बढाउन प्रतिबद्ध रहेको भन्दै नयाँ ब्राण्ड एम्बेसडरहरु मार्फत आइएमई ग्रुपको साख बढाउन सहयोग पुग्ने विश्वास लिइएको बताएको छ ।
अपडेट
अप्टिकल फाइबर काटिएपछि अवरूद्ध भएको एनसेलको सेवा पुनः सुचारू
अप्टिकल फाइबर काटिएपछि अवरूद्ध भएको एनसेलको सेवा पुनः सुचारू भएको छ । बिहीबार ब…
सातै प्रदेशका स्टार्टअप तथा आईडियाका लागि आयोजना गरिएको दुई दिने बुटक्याम्प सम्पन्न
सातै प्रदेशका स्टार्टअप तथा आईसीटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्ट…
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका…
अब जीमेलमा पनि इमोजी रियाक्सन पठाउन सकिने
जीमेलबाट इमेल पठाउँदा अब इमोजी रियाक्सन समेत पठाउन सकिने भएको छ । जीमलेको एन्ड्र…
तिंकरमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालनमा
नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती तिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्…
चाडपर्वमा कालोबजारी गर्ने र गुणस्तरहीन वस्तु विक्री गर्नेलाई अनलाइनबाटै उजुरी दिन सकिने
चाडपर्वहरुको अवसरमा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र गुणस्तरहीन वस्तु विक्री वितर…
दशैंका लागि गाडी भाडामा दिदै सजिलो रेन्टल, अनलाइनबाटै रिजर्भ गर्न सकिने
सजिलो रेन्टलले अनलाइनमार्फत गाडी भाडामा दिने सुविधा प्रदान गर्दै आएको छ । ‘सजिलो …
सानिमा बैंकको कार्डबाट दराजमा भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट
नेपालीहरुको महान चाड वडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग …
सूचना प्रविधि उद्योगमा अब ५० करोडसम्म विदेशी लगानी, न्युनतम सीमा लागु नहुने
सूचना प्रविधिमा आधारित उद्योगमा अब विदेशी लगानीकर्ताले स्वचालित रूप (अटोमेटिक रूट…
डिजिटल पेन्ट्सको चाडपर्व अफर, ल्यापटपदेखि टिभीसम्म जित्न सकिने
ग्राहकहरुलाई सर्बसुलभ दरमा गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै आएको डिजिटल पेन्टसले च…
आइशरको दशैं तिहार योजना, बम्परमा मिनी इभी कार जित्ने मौका
आइशरले नेपालीहरुको महान चाड दशैं र तिहारको उल्लासमय माहोलमा आफ्ना ग्राहकहरुका ला…
कारोबार एपको दशैं तिहार अफर, प्रिमियम सब्सक्रिप्सन खरिदमा ३० प्रतिशत छुट
अकाउन्टिङ सफ्टवेयर कारोबारले दशैं, तिहारको अवसरमा नयाँ अफर ल्याएको छ । यस अफर अन्…
कोरोना खोप बनाउने प्रविधि विकास गर्ने दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार
यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरूद्धको खोप बनाउने प्रवि…
एनसेलले ल्यायो ‘अलवेज अन डेटा’, सोसल मिडिया डेटा प्याकबाट अब इन्स्टाग्राम पनि चलाउन पाइने
एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेट…
नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार, ९ जनाविरूद्ध अख्तियारले दायर गर्यो मुद्दा
नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ९…