कीवर्डहरू -

अपडेट

किशोरकिशोरीको सुरक्षाका लागि इन्स्टाग्राममा आउँदैछ टीन अकाउन्ट सुविधा

मेटाको लोकप्रिय फोटो सेयरिङ प्लेटफर्म इन्स्टाग्रामको प्रयोग धेरै देशमा भइरहेको छ । यो प्लेटफर्मसँग किशोर अवस्थामा रहेका बालाबालिकाका आमाबाबुको सबैभन्दा ठूलो चिन्ता जोडिएको छ ।

आमाबाबुलाई सधैं डर लागिरहन्छ कि कतै उनीहरूको बच्चाले यस प्लेटफर्ममा कुनै गलत सामग्री त हेर्दै छैनन् । आमाबुवाको यो समस्यालाई कम्पनीले अब समाधान गरेको छ ।

कम्पनीले इन्स्टाग्राम टीन अकाउन्टको प्रस्ताव राखेको छ । यो विशेष गरी किशोर अवस्थाका प्रयोगकर्ता अर्थात् १६ वर्ष मुनिका बच्चाहरूका लागि गरिएको ठूलो परिवर्तन हो ।

यसको अर्थ, तपाईँको बच्चाले यो अकाउन्टका साथ इन्स्टाग्राम प्रयोग गर्न पाउनेछन्, तर यसलाई अभिभावकले नै मार्गदर्शन गर्न सक्नुहुनेछ । टीन अकाउन्ट कम्पनीको तर्फबाट निर्मित सुरक्षा हो, जसको साथमा बच्चाहरूलाई को सम्पर्क गर्छ र तिनीहरूले के सामग्री हेर्न सक्छन् भन्ने कुरा नियन्त्रण गर्न सकिनेछ ।

यो अकाउन्टका साथ किशोरहरूलाई उनीहरूको रुचिका सामग्रीहरू अन्वेषण गर्न मद्दत गरिने छ ।  ती सबै इन्स्टाग्राम प्रयोगकर्ताहरू जसको उमेर १६ वर्षभन्दा कम छ, तिनीहरूको अकाउन्ट स्वतः टीन अकाउन्टमा परिवर्तन हुनेछ । १६ वर्षभन्दा कम उमेरका बच्चाहरूलाई अब केही विशेष सेटिङमा परिवर्तन गर्नका लागि पनि अभिभावकको अनुमति लिन आवश्यक हुनेछ । 

इन्स्टाग्राम टीन अकाउन्टका नियम 

प्राइभेट अकाउन्ट – डिफल्ट प्राइभेट अकाउन्टका साथमा जसले किशोरहरूलाई फलो गर्दैनन्, तिनीहरूले न त उनीहरूसँग कुरा गर्न सक्नेछन्, न त उनीहरूको सामग्री हेर्न सक्नेछन् । यो नियम १६ वर्षभन्दा कम उमेरका बच्चाहरूका लागि लागू हुनेछ । 

म्यासेजिङ सीमितता – अब अपरिचित व्यक्तिहरूले किशोरहरूलाई सजिलै म्यासेज गर्न सक्ने छैनन् । 

संवेदनशील सामग्री नियन्त्रण – किशोरकिशोरीहरूले अब प्लेटफर्ममा संवेदनशील सामग्री हेर्न पाउने छैनन् । यसमा झगडा–पिट्ने लगायतका हिंसासम्बन्धित रिलहरू पनि समावेश हुनेछ । 

समय सीमा  – किशोरहरूले अब एपमा ६० मिनेट बिताएपछि एप छोड्ने सूचनाको प्राप्ति गर्नेछन् । यो सूचना टीन अकाउन्टमा हरेक दिन पठाइनेछ । 

स्लीप मोड सक्रिय – टीन अकाउन्टका लागि स्लीप मोड राति १० बजेपछि सुरु हुनेछ र बिहान ७ बजेसम्म सक्रिय रहनेछ । यस समयमा सूचनाहरू म्यूट रहनेछन् र डिएमका लागि स्वतः जवाफ दिने फिचर काम गर्नेछन् । 

सीमित अन्तरक्रिया – किशोरहरूले जसलाई फलो गर्नेछन्, केवल उनीहरूले नै ट्याग र मेन्सन गर्न सक्नेछन् । यससँगै अकाउन्टमा कम्पनीको तर्फबाट एंटी–बुलिङ जस्ता फिचरहरू पनि सुरु हुनेछन । 

इन्स्टाग्रामले एक ब्लग पोस्ट मार्फत प्रस्ट पारेको छ कि यो नयाँ परिवर्तनको सुरुवाती चरण अमेरिकामा बस्ने प्रयोगकर्ताहरूका लागि हुनेछ । ६० दिन भित्र यो परिवर्तन अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियाका लागि गरिनेछ ।

त्यसपछि यस वर्षको अन्त्यसम्म युरोपियन युनियनलाई पनि यसमा समावेश गरिनेछ । यस वर्षको अन्त्यसम्म मेटाका अन्य प्लेटफर्ममा पनि यस प्रकारको सुविधा ल्याइनेछ । 

 

अपडेट

खल्तीबाट वल्डलिंकको बिल तिर्दा नामी ईभी कार जित्ने मौका

नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दसैँको दोस्रो च्याप्टर घोषणा गरेको छ । यस योजना अन्तर्गत खल्ती प्…

पठाओ दसैँ महोत्सव सुरू, बम्परमा होण्डा साइन मोटरसाइकलका साथै १ प्रतिशत कमिसन अफर

नेपालको लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले 'पठाओ दसैँ महोत्सव २०८१'  सुरू गरेको छ । महोत्सव असोज १७ गत…

टेलिकमको संविधान दिवस अफर, ३९९ रूपैयाँमा ३० जीबी डेटा

नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकहरुका लागि संविधान दिवस अफर उपलब्ध गराएको छ  । सो अफर आज (२०८१…

सेल्सबेरीले अब आईएमएस सफ्टवेयर प्रयोग गर्ने

नेपालको सबैभन्दा ठूलो रिटेल चेनहरूमध्येको एक सेल्सबेरी र आईटी सोलुशन प्रदायक कम्पनी आईएमएस सफ्टवेयरबीच समझदारी पत्रमा हस्ताक्षर …

इसेवाको दशैं-तिहार चाडपर्वको अफर, जुनसुकै कारोबार गर्दा नामी कार जित्न सकिने

नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले यसपालिको दशैं तिहार र छठ पर्व लक्षित गरेर ‘इसेवा महा-उत्सव…

राष्ट्रिय विज्ञान दिवस विशेष : विश्वलाई परिवर्तन गर्ने १० क्रान्तिकारी समीकरण

विश्वका सबैभन्दा प्रतिभाशाली मस्तिष्कहरूले गणितको प्रयोग गरी ब्रह्माण्डको अध्ययनको जग बसालेका छन् । इतिहासमा बारम्बार प्रमाणित भएको …

एनसेल फाउन्डेसन घोषणा, डिजिटल डिभाइड र दिगो विकासमा काम गर्ने

एनसेल फाउन्डेसन घोषणा भएको छ । १९ओैं वार्षिकोत्सवको अवसरमा एनसेलले फाउन्डेसनको घोषणा गरेको हो । 

‘विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि’ नारासहित १२औं विज्ञान दिवस मनाइँदै

असोज १ गते अर्थात आज राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ । ‘विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि’ भन्ने आदर्श वाक्…

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टर गठन

वीरगञ्ज । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टर गठन भएको छ । रजत बजाजको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा …

गूगलको जेमिनाई च्याटबट अब सबै एन्ड्रोइड प्रयोगकर्ताहरूलाई निःशुल्क उपलब्ध हुने

गूगलले आफ्नो जेमिनाई एआई–पावर्ड असिस्टेन्टलाई सबै एन्ड्रोइड प्रयोगकर्ताहरूलाई निःशुल्क उपलब्ध गराउँदैछ । कम्पनीले गत महिनामा…

वुमन आईकन आइसिटी अवार्डमा आवेदन दिने आज अन्तिम दिन, यस्तो छ तरिका

वुमन आईकन आइसिटी अवार्ड २०२४ को लागि भदौ ३१ गते सोमबारसम्म आवेदन दिन सकिने भएको छ ।

भन्सार छलेर ल्याइएका ७ लाख बराबरका स्मार्टफोन बरामद

नेपाल प्रहरीले ६ लाख ९६ हजार पाँच सय बराबरको भन्सार राजस्व छलेर ल्याइएका स्मार्टफोनहरु नियन्त्रणमा लिएको छ।

नयाँ फिचर्सका लागि मात्रै प्रयोगकर्ताहरूले आफ्नो आईफोनलाई अपग्रेड गर्छन् ? यस्तो भन्छ अध्ययन

स्मार्टफोन निर्माताहरूले हरेक वर्ष नयाँ नयाँ स्मार्टफोन सार्वजनिक गरिरहेका हुन्छन् । केही दिन अगाडि मात्रै एप्पलले पनि आईफोन १६ सा…

विज्ञान तथा प्रविधिको उपयोगमा जोड दिन सरोकारवालाहरूको आग्रह

१२ औँ विज्ञान दिवसको पूर्व सन्ध्यामा नागार्जुन चौतारी (नाचौ) ले विज्ञान तथा प्रविधि एक छलफल कार्यक्रम सम्पन्न गरेको छ । 

सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग

सर्वोच्च अदालतको कारबाही लाइभ (प्रत्यक्ष प्रशारण) गर्न माग गर्दै रिट निवेदन दर्ता भएको छ । कानुनका विद्यार्थीहरु अनिलकुमार साह र व…