कीवर्डहरू -

अपडेट

जेनेरेटिव एआईलाई प्रयोग गरेर म्यालवेयर संक्रमित कोड बनाइँदै

आर्टिफिशियल इंटेलिजेन्स (एआई) बिस्तारै मानिसहरूको लागि समस्या बन्न थालेको छ । सबैभन्दा ठूलो समस्या जेनेरेटिव एआईसँग भइरहेको छ । जेनेरेटिव एआईको प्रयोग ठूलो स्तरमा राम्रो कार्यहरूको लागि भइरहेको छ भने त्यसभन्दा पनि ठूलो स्तरमा नराम्रा कार्यहरूका लागि भइरहेको छ । ह्याकरहरूले जेनेरेटिव एआईको धेरै प्रयोग गरिरहेका छन् ।

जेनेरेटिव एआईको सबैभन्दा धेरै प्रयोग कोड र प्रोग्रामिङका लागि भइरहेको छ।  हालै आएको एक रिपोर्टमा दाबी गरिएको छ कि ह्याकरहरूले जेनेरेटिव एआईको सहयोगमा केही मिनेटमै सयौं लाइनहरूको कोड लेखिरहेका छन् र ती कोडहरूको प्रयोग मानिसहरूको सिस्टममा म्यालवेयर हाल्न प्रयोग गरिरहेका छन् ।

रिपोर्टमा भनिएको छ कि ह्याकरहरूले फ्रेन्च बोल्ने मानिसहरूलाई निशाना बनाएर एक दुर्भावनापूर्ण अभियान चलाएका छन् । यस अभियान अन्तर्गत ह्याकरहरूले मानिसहरूको स्क्रीन र कीस्ट्रोकहरू एक्सेस र रेकर्ड गर्नको लागि उनीहरूको सिस्टममा असिक्नरयाट नामक म्यालवेयर हालिदिएका थिए । 

रिपोर्ट अनुसार, यस म्यालवेयरमा भिबिस्क्रीप्ट र जाभास्क्रीप्ट प्रोग्रामिङ भाषाहरूमा कोड लेखिएको थियो र यसलाई जेनेरेटिव एआई टूलहरुको सहयोगमा बनाइएको थियो । स्क्रिप्टको संरचना, कोडका प्रत्येक पंक्तिलाई बुझाउने कमेन्ट, र स्थानीय भाषामा फंक्शन नाम र भेरिएबलहरूको चयनले पुष्टि गर्छ कि यो म्यालवेयर बनाउन थ्रेट एक्टरले जेनेरेटिव एआईको प्रयोग गरेको हो । यस रिपोर्टले यो स्पष्ट पारेको छ कि जेनेरेटिव एआईको सहयोगमा म्यालवेयर बनाउन र कसैलाई निशाना बनाउन कति सजिलो भएको छ ।

 

अपडेट

दराज दशैं धमाका क्याम्पेन: खरिदमा ७० प्रतिशतसम्म छुट, फ्री डेलिभरी र प्रिपेमेन्टमा आकर्षक छुट

देशकै अग्रणी अनलाइन सपिङ प्लेटफर्म, दराज नेपालले चाडपर्वको मौसम लक्षित गर्दैे बहुप्रतिक्षित दशैं धमाका क्यम्पेनको घोषणा गरेको छ ।…

फोनमा यी दुई एन्ड्रोइड एप छन् भने तुरुन्तै गर्नुहोस् डिलिट

यदि तपाई एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरू हुनुहुन्छ भने तपाईँलाई सतर्क रहन जरुरी छ । गूगल प्ले स्टोरमा रहेका धेरै एपहरू नेक्रो …

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आसपासमा ड्रोन उडाउन रोक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, वेलुन न…

स्काईवर्थ सोरूमबाट सामान खरिद गर्दा अधिकारीले पाए माइक्रोवेभ उपहार

केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा लि ले यस चाडपर्वको अवसरलाई…

हाम्रो बजारबाट अब किस्ताबन्दीमा सामान किन्न पाइने, ६ महिनासम्म कुनै ब्याज नलाग्ने

नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केटप्लेस हाम्रोबजारले फोनलोनसँगको सहकार्यमा 'बाइ नाउ, पे लेटर' फिचर सार्वजनिक गरेको …

असोज १९ गते सोल्टी होटलमा आन्टरप्रेनर समिट २०२४ हुँदै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ता सहभागी हुने

नेपालको प्रविधि कम्पनी स्वीभ्ट र इन्भेस्टियाको संयुक्त आयोजनामा आन्टरप्रेनर समिट नेपाल २०२४ हुने भएको छ । असोज १९ गते काठमा…

दशैंका लागि बसको अग्रिम टिकट बुकिङ बससेवाबाटै, दैनिक ४२ हजार बढी बुक गर्ने तयारी

मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी प…

एनसेल फाउन्डेसनद्वारा झापाको बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

एनसेल फाउन्डेसनले प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता झापाको बिर्तामोड नगरपालिक…

एप्पलका पूर्व डिजाइनरसँग मिलेर एआई डिभाइस बनाउँदै च्याटजीपीटी

एप्पलका पूर्व मुख्य डिजाइन अधिकारी जोनी आइभ अहिले जनरेटिभ आर्टिफिसियल इंटेलिजेन्स (एआई) डिभाइसमा काम गर्दैछन् । एआई कम्पनी ओपन …

साओमी नेपालको चाडपर्व अफर, रेड्मी फोन किन्दा ४ हजारसम्म छुट

चाडपर्वलाई मध्यनजर गर्दै साओमी नेपालले विशेष अफर लिएर आएको छ । चाडपर्वलाई विशेष बनाउन सोओमीले ‘दशैं तिहारको उमंग, साओ…

सरकारले भेन्डरबाट खरिद गरेका सफ्टवेयरहरूको सोर्सकोड माग्ने, आफै सेवा दिने गरी परिमार्जन गर्ने

सरकारले भेन्डरबाट खरिद गरेका सफ्टवेयरहरूको सोर्सकोड मागेर आफै सेवा दिने भएको छ । असोज ७ गते बसेको सचिव बैठकले खरिद गरेका स…

सरकारले उपभोक्ताको गुनासो सुनुवाई गर्न एप विकास गर्ने, क्युआरबाटै नागरिक बडापत्र पढ्न सकिने

उद्योग, वाणिज्य तथा उपभोक्ता मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाई गर्न क्युआर कोडसहितको एप विकास गर्ने भएको छ । 

फेसबुक, क्लबहाउसमा विज्ञका नाममा आउने विश्लेषणलाई आधार मानेर लगानी नगर्न नेप्सेको अनुरोध

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सामाजिक सञ्जालमा विज्ञका नाममा आउने विश्लेषणलाई मात्रै आधार बनाएर लगानी नगर्न अनुरोध गर…

सुपर एप बन्दै पठाओ, छैटौंं वार्षिकोत्सवमा किराना, खाजा घर र गेम्सको सुविधा थप

नेपालको लोकप्रिय र अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ । सुपर एप बन्ने योजनाअनुसा…

यी सुविधा, जुन एन्ड्रोइड स्मार्टफोनमा छन् आइफोनमा छैनन्

विश्वमा यतिबेला एप्पलको नयाँ आइफोन सिरिज १६ को निकै चर्चा भइरहेको छ । धेरै मानिसहरू आइफोन १६ किन्न इच्छुक देखिएका छन् । …