कीवर्डहरू -

अपडेट

हुन्डाईको अबबिटेबल एक्सचेन्ज अफर, कुनै पनि ब्रान्डको गाडी विद्युतीय गाडीसँग साट्न सकिने

नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अबबिटेबल एक्सचेन्ज’ अफर योजना ग्राहकमाझ ल्याएको छ। मंसिर १४ गतेबाट सुरु हुने यो योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्धनयुक्त वा विद्युतीय गाडीसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ।

हुन्डाईले आफ्ना ग्राहकको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी यो अफर ल्याएको हो । यो योजना नेपालभरि नै लागू हुने भएकोले आफ्नो नजिकैको हुन्डाईको शोरुममा जान सकिनेछ।

यस एक्सचेन्जमा ग्राहकहरूले आफ्नो  गाडीको बजारको प्रचलित मूल्याङ्कन भन्दा न्युनतम ५० हजार रूपैयाँ थप पाउनुका साथै विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजार रूपैयाँसम्मको गो ग्रीन बोनस पनि प्राप्त गर्न सक्ने छन् । 

विभिन्न मोडलहरुको खरिदमा नगद ६ लाख रूपैयाँसम्मको आकर्षक छुट का साथै हुन्डाई शोरुममा गएर आफ्नो गाडीको मूल्याङ्कन गराइ र  हुन्डाई गाडीको टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू पनि जित्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस एक्सचेन्ज योजना सहभागी भई उत्कृष्ट प्रविधिद्वारा निर्मित र विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका हुन्डाईका कम्प्याक्ट एसयूभी, एसयूभी, ईभी र ह्याचब्याकमध्येबाट आफ्नो रोजाइ र आवश्यकताअनुसार छनौट गर्न सक्नेछन्। सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध रहेको बताइएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १७ शोरुम, १९ सर्भिस सेन्टर र ४३ चार्जिङ प्वइन्टमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

अपडेट

सामाजिक सञ्जालमार्फत हुने ठगीबाट जोगिन राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालहरुमार्फत आउने ठगी सम्बन्धी सूचनाहरू पहिचान गर्न र जोगिन सार्वजनिक अपिल गरेको छ । पछिल्लो समय…

एनसेलद्वारा लघु चलचित्र प्रतियोगिता २०२३ का विजेताहरुलाई सम्मान

एनसेल आजियाटा लिमिटेडले तिहार अघि भाइटीकालाई लक्षित गरि आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई सम्मान गर…

टिकटक प्रतिबन्धमा असहयोग गर्ने ५५ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा असहयोग गर्ने ५५ इन्टरनेट सेवा प्रदायक (आईएसपी…

वार्षिक १२ हजारमा ३०० एमबिपिएसको इन्टरनेट दिदै डिशहोम, साथमा निःशुल्क सिक्सजी राउटर

इन्टरनेट सेवा प्रदायक डिशहोम फाइबरनेटले विभिन्न वार्षिक प्याकेजमा भारी छुट दिने भएको छ । यस  अन्तर्गत अब नयाँ ग्राहकले ५० …

पुराना फोनमा अब गूगल क्रोम र गूगल क्यालेन्डर नचल्ने

धेरैजसो मानिसहरूले इन्टरनेटमा जानकारी खोज्न गूगलको वेब ब्राउजर क्रोम प्रयोग गर्छन् । कम्पनीले अब पुराना फोनमा यी दुवै…

पुनः सञ्चालनमा आयो टिकटकजस्तै नेपाली एप रमाइलो, यसरी गर्नुस् प्रयोग

नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भइ केही दिन रोकिएको मोबाइल एप 'रमाइलो' पुन:…

सामसङले ग्यालेक्सी एआई ल्याउँदै, लाइभ ट्रान्सलेट कल सुविधा पनि हुने

सामसंगले ग्यालेक्सी एआई सार्वजनिक गर्ने भएको छ ।सामसंगले एआई प्रयोग गरेर लाइभ कल ट्रान्सलेट सुविधासहित ग्यालेक्सी एआई ल्याउन…

कास्कीमा सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य, नत्र आधिकारिक कागजात उपलब्ध नहुने

पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्…

लिबर्टी माइक्रो लाइफ नेशनल पेमेन्ट स्वीचमा आबद्ध

लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ । यसका निम्ति लिबर्टी माइक्रो लाइफका तर्फबाट…

अब इन्स्टाग्रामबाट रिल डाउनलोड गर्न सकिने

मेटाले आफ्ना प्रयोगकर्ताहरूका लागि इन्स्टाग्राम रिल्स डाउनलोड फिचर ल्याएको छ । प्रयोगकर्ताहरूले अब सार्वजनिक अकाउन्टहरूबाट आफ्नो रिल…

दाङको बङ्गलाचुलीमा टेलिकमको एफटिटीएच सेवा

दाङको बंगलाचुली गाउँपालिकाको कमिरेचौरमा नेपाल टेलिकमको फाइबर टु द होम (एफटीटीएच) सेवा सुरू भएको छ ।…

डिजिटल बन्दै मनकामना केबुलकार

नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ । २०५५ मंसिर ८ गतेबाट मनकामना केबुलकारले व्यावसायिक स…

शनिबार चितवनमा टेक मिटअप हुँदै

चितवनमा टेक मिटअप आयोजना हुने भएको छ । सूचना प्रविधिमा रूची राख्ने युवाहरूलाई लक्षित गर्दै डेभ कम्युनिटी नेपालले टेक मि…

टेक्नोरियन नेपाल आयोजना हुँदै, शीर्ष २ टोली आईआईटी बम्बेमा हुने टेकफेस्टको ग्रान्ड फिनालेमा जान पाउने

टेकफेस्ट एट आइआइटी बम्बेले नेपालका लागि लक्षित टेकफेस्ट ल्याएको छ । टेकनोरियन नेपाल २०२३ नाम गरेको यो टेकफेस्ट टेकफेस्ट एट आइआ…

पोखरामा डभलपर्स मिटअप हुँदै

डेभल्पर्स कम्यूनिटी इन पोखराले पीकेआर डभल्पर्स मिटअप आयोजना गर्ने भएको छ । मिटअप मंसिर १० गते नेसनल इनोभेसन से…