कीवर्डहरू -

अपडेट

प्रोटोनले सार्वजनिक गर्‍यो आफ्नो भर्सनको गूगल डक्स

प्रोटोनले आफ्नो भर्सनको गूगल डक्स सार्वजनिक गरेको छ । यो सेवा प्रोटोनको ड्राइभ क्लाउड स्टोरेजसँग उपलब्ध हुनेछ । 

प्रोटोनका अन्य सेवा जस्तै गूगल डक्स पनि इन्ड टु इन्ड इन्क्रिप्सनसहित आउने छ । लोकप्रिय प्रडक्टले गोपनीयतालाई बेवास्ता गरिरहेको समय प्रोटोनको डक सुविधा युनिक हुने कम्पनीको दाबी छ । 

आफ्नो भर्सनको गूगल डक्स स्वास्थ्य सेवा, मिडिया, फाइनान्स र लिगल उद्योगमा प्रयोग गर्न समेत प्रोटोनले सुझाव दिएको छ ।

प्रोटोन डक्समा उन्नत फर्म्याटिङ एण्ड इमेज इम्बेड सुविधा रहेको छ । गूगल डकमा जस्तै यसमा पनि विभिन्न फर्म्याट डकुमेन्टहरू सिर्जना गर्न, एडिट गर्न र ओपन गर्न सकिन्छ । यसमा प्रयोगकर्ताले कसैलाई पनि डकुमेन्ट एडिट र भ्यू गर्नका लागि आमन्त्रण गर्न सक्ने छन् । तर यसका लागि प्रोटोन अकाउन्ट भने बनाउनु पर्नेछ ।

प्रोटोन सन् २०१४ मा गोपनीयता र डिजिटल स्वतन्त्रलाई जोड दिन स्वीजरल्याण्डमा स्थापना भएको कम्पनी हो । आणविक अनुसन्धानको लागि यूरोपेली संगठनमा काम गर्ने वैज्ञानीकहरूले यसको सुरू गरेका थिए । 

प्रोटोनले मेल, क्यालेन्डर, ड्राइभ, भीपीएन, पासवर्ड म्यानेजर लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ ।

अपडेट

करिब १० अर्ब पासवर्ड लिक, आफ्नो पर्‍यो की परेन यसरी चेक गर्नुहोस्

के तपाई एउटै पासवर्ड विभिन्न अकाउन्टमा प्रयोग गर्नुहुन्छ ? यदी गर्नुहुन्छ भने यतिबेला सोच्ने समय आएको छ । किनभने करिब १० अर्…

सिद्धार्थ बैंकका ग्राहकले हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट

सिद्धार्थ बैंक र हेयर एण्ड शान्ति ब्यूटी पार्लर प्रालि (काठमाडाैँ, कमलादी) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने…

अब काठमाडौंका सबै नगरपालिकाबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सकिने

अब काठमाडौंका सबै नगरपालिकाको कार्यालयबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सकिने भएको छ । सामाजिक सुरक्षा भत्ता लगायत सरक…

बाहुनडाँगीमा हात्ती आगमन सूचना प्रविधि केन्द्र स्थापना, एपबाटै हात्ती कहाँ छ भन्ने थाहा हुने

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मेचीनगर–४ स्थित बाहुनडाँगीमा हात्ती आगमन सूचना प्रविधि केन्द्रको उद्घाटन गरेका छन्।…

मिस्टर नेपालको मुख्य प्रायोजकमा रियलमी

स्मार्टफोन ब्रान्ड रियलमी मिस्टर नेपालको मुख्य प्रायोजक भएको  छ । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजाग…

रेड्मी नोट १३ सिरिजमा साओमीको ज्याकपट अफर, ४ हजार रूपैयाँसम्म छुट

साओमीले नेपाली ग्राहकहरुका लागि जुलाई ज्याकपट अफर सुरू गरेको छ । अफर अन्तर्गत ग्राहकहरूले रेड्मी नोट १३ सिरिज मोडेलहरूमा ४ हज…

झापाका तीन स्थानमा स्वचालित पूर्वसूचना प्रणाली जडान

बाढीको उच्च जोखिममा रहेका झापाका तीन स्थानलाई लक्षित गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वचालित पूर्वस…

नास आईटीको दिगो साझेदार बन्यो ग्लोबल आईएमई बैंक

नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले दिगो साझेदारको रूपमा ग्लोबल आईएमई बैंकसँग सहकार्य गरेको छ…

रेडियो फ्रिक्वेन्सीमा प्रविधि तटस्थता नीति अबलम्वन गर्दा राज्यलाई थप ४० करोड प्राप्त हुने

आगामी साउन १ गतेदेखि लागु हुने रेडियो फ्रिक्वेन्सीको मोबाइल सेवामा पूर्ण रूपमा प्रविधि तटस्थता नीति अबलम्वन गर्दा थप ४० करोड रा…

इन्ड्राइभको अल्टरनेटिभा फिल्म अवार्ड इन्डोनेसियामा आयोजना हुने, पुरस्कार राशि १ लाख डलर

इन्ड्राइभको अल्टरनेटिभा फिल्म प्रोजेक्टको सोसियल इम्प्याक्ट अवार्ड्स २०२४ इन्डोनेसियामा आयोजना हुने भएको छ । दोस्रो संस्करणको अल्टरनेट…

क्लासिक टेकको रिचार्जमा वर्षाद अफर, ५ रूपैयाँमा वाईफाई सिक्स राउटरसँगै ५ महिना बोनस र छुट

देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा वर्षाद अफर सार्वजनिक गरेको  छ ।

सिप्रदीको निःशुल्क डेस्कटप सपोर्ट तालिम सम्पन्न

सिप्रदी कम्पनिजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्था र चन्द्रागिरि नगरपालिका वडा नं १४ बीचको सहकार्यमा ८० घण्टाको न…

मानव मस्तिष्कसहितको एआई रोबोट निर्माण, मानिसले जस्तै सोच्न सक्ने

एआई रोबोटलाई लिएर पहिलेदेखि नै धेरैले चिन्ता व्यक्त गरिरहेका छन् । यसैबीच फेरि एआई रोबोटको क्षेत्रमा नयाँ आविष्कार भ…

अमेरिकाको मिशिगनमा बन्दै छ पहिलो स्मार्ट हाइवे, के के हुनेछन् सुविधा ?

मिशिगनले अमेरिकाको पहिलो स्मार्ट हाइवे बनाउन सुरू गरेको छ । मिशिगनको इन्टरस्टेट ९४ को तीन माइल स्ट्रेचलाई स्मार्ट हाइवे (राजमार्…

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्राविधिक शिक्षालय बनाइने

मुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै प्राविधिक शिक्षालयका रुपमा विकास गरिने बताएका छन् ।