अपडेट
ब्लूटूथ ६.० : वायरलेस कनेक्टिभिटीमा नयाँ फिचर र सुधारसहितको गेम चेन्जर संस्करण
ब्लूटूथ स्पेशल इन्ट्रेस्ट ग्रुप (एसआईजी)ले हरेक वर्ष ब्लूटूथ स्पेसिफिकेसनको अपडेट रिलीज गर्छ । यसले हाम्रो स्मार्टफोन, इयरबड्स, स्मार्ट टिभी जस्ता उपकरणहरू र अन्य डिभाइसहरूमा वायरलेस कनेक्टिभिटी प्रदान गर्छ । ब्लूटूथको नयाँ भर्सन ब्लूटूथ ६.० रिलिज भएको छ, जसले ब्लूटूथ ५.४ लाई रिप्लेस गर्नेछ । ब्लूटूथको नयाँ भर्सनका फिचरहरूले वायरलेस कनेक्टिभिटीको मामिलामा गेम चेन्जरको भूमिका खेल्नेछ ।
ब्लूटूथ ६.० को साथमा एसआई जीले नयाँ फिचरहरू थप्नुका साथै, यसमा लामो समयदेखि भइरहेका केही समस्याहरूलाई पनि समाधान गर्ने प्रयास गरेको छ । यहाँ हामी तपाईंलाई ब्लूटूथ ६.० मा उपलब्ध हुने नयाँ फिचरहरूको बारेमा जानकारी दिँदैछौं ।
ब्लूटूथ ६.० मा एक नयाँ फिचर थपिएको छ, जसलाई ’च्यानल साउन्डिङ’ भनिन्छ । यसको मद्दतले स्मार्टफोन वा अन्य ग्याजेटहरूले वायरलेस कनेक्टिभिटीका लागि लो–पावर नेटवर्कलाई अझ प्रभावकारी बनाउँछ ।
अब ब्लूटूथ ६.० भएका डिभाइसहरूले अरू ब्लूटूथ ६.० भएका डिभाइसहरूको लोकेसन, दिशा, र दूरीलाई पहिलेभन्दा बढी सटीकताका साथ पहिचान गर्न सक्छ ।
यसले प्रयोगकर्ताको सुरक्षा जोखिमलाई पनि न्यूनतम बनाउँछ । यसले कम्पनीलाई नयाँ पुस्ताका ट्र्याकिङ डिभाइसहरू जस्तै एयरट्याग जस्ता उत्पादनहरू ल्याउन मद्दत पु¥याउँछ । यी डिभाइसहरूलाई फोन वा लिंक गरिएका अन्य उपकरणहरूबाट सजिलै ट्र्याक र पहिचान गर्न सकिन्छ । साथै, यसले घरको अटोमेसन सोल्युसनलाई पनि सुधार गर्नेछ ।
ब्लूटूथ ६.० को एड्भर्टाइजिङ फिचरको कुरा गर्दा यो सामान्य विज्ञापनबाट भिन्न छ । यहाँ एड्भर्टाइजिङको मतलब एक ब्लूटूथ डिभाइसले अर्को ब्लूटूथ डिभाइसलाई कसरी पहिचान गर्छ र त्यससँग कसरी इन्टरेक्ट गर्छ भन्ने हो । डिसिजन बेस्ड एड्भर्टाइजिङले यो सुनिश्चित गर्छ कि यसले स्वचालित रूपमा सेकेन्डरी डिभाइसलाई स्क्यान गर्छ, जसबाट प्राइमरी डिभाइसलाई सामग्री मिल्छ । यसले पावर खपत कम गर्नका साथै राम्रो कनेक्टिभिटी प्रदान गर्छ । ब्लूटूथ ६.० ले डुप्लिकेट डेटा पनि फिल्टर र मोनिटर गर्न सक्छ ।
ब्लूटूथ ६.० ले ठूलो डेटा साना लिंक लेयरका प्याकेटहरूमा ट्रान्सफर गर्न सक्छ । यसलाई आइसोक्रोनस एडाप्सन लेयर(आइएसओएएल) इनह्यान्समेन्ट भनिन्छ, जुन अडियो उत्पादनहरूमा लो लेटेन्सीको काममा आउँछ । साथै, ब्लूटूथ ६.० मा फ्रेम स्पेस अपडेट पनि दिइएको छ, जसको मद्दतले इयरबड्स, फिटनेस ट्र्याकरहरूको कनेक्टिभिटीलाई अझ राम्रो बनाउँछ ।
स्मार्टफोनमा कहिले सम्म उपलब्ध हुनेछ ब्लूटूथ ६.० ?
क्वालकॉमको नयाँ स्नापड्रागन एट इलाईट प्रोसेसरको साथमा आउने स्मार्टफोनहरूमा ब्लूटूथ ६.० उपलब्ध हुने अपेक्षा गरिएको छ । तर हालै रिलिज भएका वानप्ल्स १३ र आईक्यू १३ मा ब्लूटूथ ५.४ सम्मको भर्सन उपलब्ध छ ।
यस्तो अवस्थामा, आगामी स्मार्टफोनहरूमा ब्लूटूथ ६.० को कनेक्टिभिटी आउने आशा गरिएको छ । एप्पलको लेटेस्ट आईफोन १६ सिरिजमा ब्लूटूथ ५.३ को सपोर्ट छ, सम्भवत आईफोन १७ सिरिजमा ब्लूटूथ ६.० उपलब्ध हुनेछ ।
अपडेट
इन्स्टाग्रामद्वारा क्रिएटरहरूका लागि डिएम फिल्टरिङ्ग फिचर सार्वजनिक, म्यासेज व्यवस्थित गर्न सजिलो हुने
इन्स्टाग्रामले नयाँ फिचर सार्वजनिक गरेको छ, जसले क्रिएटरहरूका लागि अन्य क्रिएटर र व्यवसायसँग कुराकानी गर्न सजिलो बनाउनेछ । यो फि…
ओपनएआईद्वारा सर्चजीपीटी सार्वजनिक : रियल टाइम जानकारी र नयाँ सुविधासहित च्याटजीपीटीमा सुधार
ओपनएआईले आफ्नो सर्च इन्जिन सर्चजीपीटीलाई लन्च गरेको छ। सर्चजीपीटीको प्रोटोटाइप सार्वजनिक गरेपछि च्याटजीपीटी मोडेललाई यसरी …
अब लो-लाइटिंगमा पनि स्पष्ट भिडियो कल गर्न सकिने, धेरै उपयोगी छ ह्वाट्सएपको यो नयाँ फिचर
केही दिनअघि ह्वाट्सएपमा भिडियो कलिंगका लागि नयाँ फिचर थपिएको थियो । यसले लो–लाइट मोड प्रदान गर्नेछ, जसले ह्वाट्सएपमा रा…
के हो सोशल मिडिया मार्केटिङ ?
अहिले सामाजिक सञ्जालको प्रयोग धेरैजसो मानिसले गरिरहेका छन् । यो हाम्रो दैनिक जीवनको एक महत्वपूर्ण भाग भएको छ । हामी हाम्रो धेर…
वेब होस्टिङले कसरी काम गर्छ ?
आजको दिनमा आफ्नै वेबसाइट हुनु सामान्य जस्तै भइसकेको छ । तर वेबसाइट सक्रिय राखिरहन धेरै कुरा आवश्यक पर्छ ।
…सुन्दर पिचाईको खुलासाः गूगलका २५ प्रतिशत नयाँ कोड एआईद्वारा लेखिँदै, इन्जिनियरहरूको भूमिकामा परिवर्तन
एआईलाई लिएर लामो समयदेखि भनिदैँ आएको छ कि यो आउने समयमा धेरै क्षेत्रहरूमा मानिसहरूको आवश्यकता अन्त्य गर्नेछ । धेरै विशेषज्ञहरू…
टेलिग्रामले ल्यायो नयाँ अपडेट: मिडिया एडिट, स्पीड नियन्त्रण र मोनेटाइजेशनका नयाँ फिचरहरू समावेश
टेलिग्रामले आफ्ना प्रयोगकर्ताहरूका लागि एकैसाथ धेरै अपडेटहरू ल्याएको छ, जसमा मेसेज पठाएपछि एडिट गर्ने क्रममा मिडिया थप्ने विकल्प…
सि.जि.हिरो एक्कासी मालामाल दशैं तिहार अफर अन्तर्गत रु.पाँच लाख क्यासब्याकका बिजेता यादव
सि.जि.हिरो एक्कासी मालामाल दशैं तिहार अफर अन्तर्गत एकजना भाग्यशाली बिजेताले नगद क्यास ब्याक रु. (५,००,०००) पाँच लाख पाएका छन् …
नेपाल लाइफद्वारा एक दिवसीय बिजनेश रिभ्यू मिटसम्पन्न
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे बिजनेश रिभ्यू मिट सम्पन्न भएको छ । काठमाडौंमा आयोज…
तिहारको अवसरमा सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट
सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट (मेगा मार्ट प्रा…
एनसेल फाउन्डेसनसँगको सहकार्यमा भूमि लोक महोत्सव सम्पन्न
भूमि फाउण्डेशनले एनसेल फाउन्डेसनको प्रमुख सहकार्यमा जनकपुरस्थित तिरहुतिया गाछीमा मिथिला भेगका विविध लोक संगीत संस्कृतिको संरक्…
दराज नेपालद्वारा छैठौं विक्रेता सम्मेलनको आयोजना, उत्कृष्ट विक्रेताहरू सम्मानित
नेपालकै अग्रणी अनलाइन बजार, दराज नेपालले ८ कार्तिकका दिन आफ्नो विक्रेता सम्मेलन ललितपुर सानेपामा रहेको हेरितेज गार्देनमा सम्पन्…
स्मार्टच्वाईस टेक्नोलोजिज र सिटी एक्सप्रेस मनि ट्रान्सफ बिच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानीका लागी सम्झौता
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफर बिच स्…
नेपालका २३ वर्षीय युवाद्वारा विकसित एन्ड्रोइड एप इजरायली कम्पनीलाई ५० लाखमा विक्रि, १ वर्षमै १.२० करोड आम्दानी
नेपालको एक एन्ड्रोइड एप इजरायली कम्पनी 'राउण्ड्स एआई लिमिटेड’ लाई ४०,००० अमेरिकी डलर (नेपालीकरिब ५० लाख) मा व…
एलजीका उत्पादनहरुमा ४० प्रतिशतसम्मको क्यासब्याक र उपहार
एलजीले दशै तिहारलाई लक्षित गर्दै एलजी सँग खुशीको पल नामक योजना अघि सारेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले एलजीका घरायसी सा…