अपडेट
इसेवा मनि ट्रान्सफरबाट रेमिट्यान्स पठाउँदा काठमाडौंमा घर जित्ने मौका
स्थापनाकालको छोटो समयमै, वैधानिक, माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्र्याउँदै देशलाई समुन्नत बनाउन अठोटका साथ मेरो डिजिटल देश अभियानलाई निरन्तरता दिएको जनाएको छ ।
ईसेवा मनि ट्रान्स्फरले यस अभियान अन्तर्गत फेरि पनि काठमाडौँमा घर योजना सार्वजनिक गरेको हो । यो अभियान आज सोमबार असोज १ देखि सुरु भएर असार ३१ गतेसम्म जारी रहने छ ।
परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटल तर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको कम्पनीको भनाइ छ। साथै, यस योजनामार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउनका लागि पनि १० महिने यस योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
मेरो डिजिटल देश अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरुले नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन्। यस अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल, तथा बम्पर उपहारमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन्।
अभियानबारे आफ्नो धारणा व्यक्त गर्दै एफवान सफ्ट ग्रुपका डाइरेक्टर सुवास शर्माले ईसेवा मनि ट्रान्स्फर र ईसेवाको संयुक्त प्रयासले यस अभियानलाई अझै धेरै डिजिटल मध्यमलाई बढावा दिने बताए ।
अभियानबारे एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठले विदेशमा बसोबास गर्ने र रोजगारीमा रहेका सबै नेपालीहरूलाई डिजिटल इकोसिस्टममा सक्रिय रूपमा सहभागी हुन र आफ्नो रेमिट्यान्स आवश्यकताहरूका लागि वैधानिक माध्यम प्रयोग गरी राष्ट्रको समग्र आर्थिक उन्नतिमा योगदान दिन आग्रह गरे ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवा र ईसेवा मनि ट्रान्स्फरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीहरुलाई डिजिटल माध्यम बाट केहि मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने बताए ।
अभियान बारे ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले यो अभियानमा विश्वको जुनसुकै ठाँउमा रहेका नेपालीहरु सहभागि हुने र देश डिजिटल बनाउनमा योगदान पुर्याउन आह्वान गरे ।
यसका साथै ईसेवा मनि ट्रान्स्फरका ब्रान्ड एम्बेसडर राजेश हमाल, स्वस्तिमा खड्का, दयाहाङ् राई र इसेवाका ब्रान्ड एम्बेसडर बिपिन कार्कीले डिजिटल रेमिट्यान्स सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेतनामूलक कार्यक्रममा अभियानलाई प्रवर्द्धन गर्न सहभागिता जनाउने कम्पनीले बताएको छ ।
अपडेट
१८ औं वार्षिकोत्सवमा एनसेलको अफर, बम्परमा सात जना ग्राहकले ७ वटा स्कुटर जित्ने मौका
एनसेलले आफ्नो १८ औं वार्षिक उत्सव मनाइरहेको बेला ग्राहकहरुसँग खुसियाली बाड्नका लाग…
१९ औं वर्षमा प्रवेश गर्यो एनसेल, अहिलेसम्म २ खर्ब ८३ अर्ब बढी सरकारलाई कर
एनसेल जियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८ वार्षिकोत्सव मनाएको छ । कम्प…
टेलिकमको चाडपर्व अफर, ३९९ रुपैयाँमा ३० जीबी डेटा प्याक
असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिक…
साओमीको चार्डपर्व अफर, मोबाइल किन्दा निःशुल्क इयरफोनदेखि २ हजारसम्म छुट
साओमीले नेपालले चाडपर्वलाई लक्षित गर्दै विशेष चाडपर्वको अफर लिएर आएको छ । ‘चाडपर्व…
आइसिटी अवार्डको क्याटोगोरी बी र सीको नोमिनेसन दिने आज अन्तिम दिन, कसरी दिने अनलाइन आवेदन ?
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको क्…
धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पेबाट
नेपालको पहिलो डिजिटल वालेट“आइएमई पेमार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजि…
प्रविधि पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन, अध्यक्षमा उमेश पौडेल निर्वाचित
प्रविधि पत्रकार मञ्च (टीजेएफ) को अध्यक्षमा उमेश पौडेल निर्विरोध निर्वाचित भएका छन् ।…
उत्कृष्ट ग्राहक सेवाको लागि नेपाल बैंकमा अब अत्याधुनिक कल सेन्टर
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृ…
एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले ल्यायो चाडपर्व अफर
एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैं, तिहार तथा छठलाई लक्षित गरेर “सेलिब्रट ग्रेट…
नाडा अटो शोमा सिट्रोनका गाडी बुक गर्दा २५ हजारसम्म क्यासब्याक
नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० स…
ब्रोडवे इन्फोसिसद्वारा बुवाको मुख हेर्ने दिन क्यासब्याक अफर सार्वजनिक
ब्रोडवे इन्फोसिसले बुवाको मुख हेर्ने दिनको अवसरमा क्यासब्याक अफर सार्वजनिक गरेको छ …
‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशिला’ नारासहित असोज १ गते विज्ञान दिवस मनाइँदै
असोज १ गते एघारौं विज्ञान दिवस मनाइने भएको छ । ‘विज्ञान साक्षरता र उद्यमशीलताः सब…
असोज १५ गतेदेखि अनलाइनबाटै कम्पनी दर्ता हुने
कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज…
सीजीको चाडपर्व अफर, उत्पादन खरिदमा क्यासब्याकसँगै आकर्षक पक्का उपहार
सीजी ब्राण्डले ‘सीजीले घर सजाऔँ, खुसीले चाड मनाऔँ’ भन्ने चाडपर्व प्रवर्द्धन योजना सु…
हिम इलेकट्रोनिक्सको इन्डो एसियन मिट २०२३ सम्पन्न
नेपालमा इन्डोएसियन उत्पादनको आधिकारिक वितरक हिम इलेकट्रोनिक्सले काठमाडौँमा इन्डो ए…