अपडेट
आइएमई पेको नयाँ वर्ष अफर, प्रयोगकर्ताहरूलाई दर्जन बढी सुविधा
डिजिटल वालेट आइएमई पेले नयाँ वर्ष २०८१ का अवसरमा प्रयोगकर्ताहरूलाई दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ । नयाँ वर्षको अवसरमा आईएमई पेले प्रयोगकर्ताहरूलाई दर्जन भन्दा बढी सुविधासहितको सुपर बेनिफिट सुविधा दिने भएको हो ।
यस सुपर बेनीफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताहरूले वालेट ब्यालेन्समा बैंकहरुले दिने बराबरको ब्याज, बैंकमा पैसा ट्रान्सफर गर्दा नि:शुल्क सेवा, हरेक कारोबारमा अधिकतम रिवार्ड पोइन्ट, स्वास्थ्य बिमा प्याकेजमा आकर्षक छुट, भर्चुअल भिसा कार्डबाट अनलाइन भुक्तानीमा गर्दा तुरुन्तै क्यास ब्याक पाउने छन् ।
यसै गरी हवाई टिकट खरिदमा तथा घरायसी उपभोग्य सेवाहरूको भुक्तानीमा निरन्तर प्रोमो कोडहरु, केबलकारहरूको टिकट खरिदमा विशेष छुटका साथै वर्षै भरी ६ हजार रुपैंयाँ सम्मको क्यास ब्याक फाइदा पनि आइएमई पे प्रयोगकर्ताहरूले पाउने छन् ।
आइएमई डिजिटलका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नयाँ वर्षको उपलक्ष्य पारेर सुरुवात गर्न लागिएको थप सुविधासहितको यस प्रिमियम प्याकेजले आइएमई पेका प्रयोगकर्तालाई सुपर वालेटमा आबद्ध रहेको महसुस गराउने बताए । नयाँ नयाँ प्रविधि पछ्याउँदै र ग्राहकलाई सुविधाहरू थप्दै आइएमई पे फिनटेक क्षेत्रमा अब्बल साबित भएको पनि प्रमुख कार्यकारी रेग्मीको भनाइ छ ।

अपडेट
नमस्ते पेको नयाँ वर्ष अफर, प्लेट टिकट काट्दा र इन्टरनेट बिल भुक्तानीमा छुट पाइने
नमस्ते पे ले नयाँ वर्षको उपलक्ष्यमा प्लेट टिकट र इन्टरनेट बिल भुक्तानीमा आकर्षक अफर सुरु गरेको छ । नयाँ वर्षको उपलक्ष्यमा हरेक उडा…
मेटाले डिपफेकबाट जोगाउन एआई जेनेरेटेड सामग्रीमा लेबल टाँस्दै, नयाँ नियम मेदेखि लागू हुने
सामाजिक सञ्जाल समूह मेटाले मे महिनादेखि फेसबुकलगायत आफ्ना सबै प्लेटफर्ममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले जेनेरेट गरिएको साम…
माइडियाको नयाँ बर्ष अफर, सामान खरिदमा ४६ हजार पाँच सयसम्मको क्यासब्याक र आकर्षक उपहार
माइडियाको अधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ‘माइडिया नै हो यसपाली उपहारले ल्याउने छ खु…
भाइबरको एक्सप्लोर नेपाल च्यानल ट्राभल क्याम्पेन सुरू
नयाँ वर्षको अवसरमा राकुटेन भाइबरले एक्सप्लोर नेपाल च्यानल ट्राभल क्याम्पेनको चौथो सिजन सुरू गरेको छ ।
विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न ग्लोबल आइएमई बैंक र जीआईजेडबीच सम्झौता
ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जीआईजेडसँग सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी…
कोटिभिटी मुद्दा बारे तीन संगठनले भनेः आईटी उद्योग धराशायी बनाउने काम भयो, तत्काल निदान आवश्यक
नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस् कम्पनीज (नास आईटी), नेपाल उद्योग परिसंघ (सीएनआई) र अमेरिकन च्याम्बर अफ कमर्स इन न…
चैत २४ गतेदेखि पठाओ फूड फेस्टः फ्राइज किन्दा बर्गर फ्रि, केचप किन्दा पिज्जा फ्री
पठाओ नेपालले यही चैत २४ गतेदेखि पठाओ फूड फेस्ट, २०२४ सुरु गर्ने भएको छ । सन् २०२३ जुनमा पहिलो पठाओ फूड फेस्टको अपार सफलतापछ…
नेपाल क्लियरिङ्ग हाउस र नेप्स एक आपसमा मर्ज हुने
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गर्न दुवै संस्थाहरुबीच…
जीमेलमा अब जेमिनाई एआईले जवाफ दिने
गुगलले लामो समयदेखि आफ्नो एआई च्याटटूल जेमिनाई एआईमा काम गरिरहेको छ । अब गुगलले जेमिनाई एआईलाई जीमेलमा सपोर्ट गर्ने तयारी गरिरहेको छ । गुगलको जी…
सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग
कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले आर्थिक वर्ष २०८१-८२ को नेपाल सरकारको नीति तथा कार्यक्रम तयारीका सम्बन्धमा आफ्नो त…
लुम्बिनी र बाग्मती प्रदेशमा एनसेलको फोरजी सुधार
आफ्नो सेवाको निरन्तर गुणस्तर सुधार अभियान अन्तर्गत एनसेलले लुम्बिनी र बाग्मती प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा आफ्नो फोरजी से…
उच्च र जिल्ला अदालतमा टेलिकमले डेडिकेटेड इन्टरनेट तथा एसएमएस अलर्ट सेवा उपलब्ध गराउने
नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा विविध दूरसञ्चार सेवाहरु उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलि…
टेलिकमको सुन्धारा कार्यालय अन्तर्गत पर्ने सबै ठाउँमा कपर प्रविधिलाई एफटिटिएचमा स्तरोन्नती
नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरुमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधा…
बससेवाको नयाँ वर्ष अफर, हरेक दिन एक जना यात्रुले स्मार्टवाच र एयरबड जित्न सक्ने
नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकमले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा ८१ सालमा एक्कासी अफर सार्वजनिक गर…
एचआरको अन्तर्वार्ता लिङ्क क्लिक गर्ने बित्तिकै खाताबाट ४ लाख रुपैयाँ चोरी
अधिकांश मानिस हाल रोजगारीको खोजीमा ठगीको सिकार भइरहेका छन् । पार्टटाइम कामको नाममा दिनहुँ जनता ठगी भइरहेका छन् । अब एक सामाजिक सञ् जाल प्रयोगकर्ताले अन्त…