अपडेट
रोगको उपचारका लागि एआईको उपयोग नगर्न विशेषज्ञको चेतावनी
च्याटजीपीटी जस्ता एआई टूलहरू ठूलो मात्रामा प्रयोग भइरहेका छन् । कोही नोट बनाउनको लागि गर्दैछन् भने कोही डाइट प्लान बनाउनका लागि गरिरहेका छन् । च्याटजीपीटी कस्टोमर सपोर्टमा सबैभन्दा धेरै प्रयोग भइरहेको छ, तर केहीले आफ्ना रोगका लागि पनि च्याटजीपीटीबाट सल्लाह लिइरहेका छन् । मानिसहरूले च्याटजीपीटी लाई आफ्नो रोग बताइरहेका छन् र त्यसपछि आएको सुझावको आधारमा औषधि लिइरहेका छन्, तर यो तपाईंको स्वास्थ्यको लागि धेरै खतरनाक हुन सक्छ ।
लङ आइल्याण्ड युनिभर्सिटीमा फार्मासिस्टहरूद्वारा गरिएको हालैको अध्ययन पछि औषधि–सम्बन्धित प्रश्नहरूको जवाफ दिन च्याटजीपीटीको प्रयोग छानबिनमा आएको छ। फार्मासिस्टहरूको अध्ययन अनुसार च्याटबोट, च्याटजीपीटीले औषधिसँग सम्बन्धित लगभग तीन–चौथाई प्रश्नहरूको गलत वा अपूर्ण जवाफहरू प्रदान गरेको छ ।
परीक्षाका क्रममा च्याटजीपीटीलाई स्वास्थ्यसँग सम्बन्धित ३९ प्रश्न सोधिएको थियो, जसमध्ये १० वटा मात्रै चित्तबुझ्दो जवाफ आएको थियो । बाँकी २९ औषधि–सम्बन्धित प्रतिक्रियाहरू गलत र अपूर्ण मानिएका थिए । अध्ययन पछि, च्याटजीपीटी को निः शुल्क संस्करण अझ खतरनाक छ भनेर बताइएको छ, किनकि यसमा सेप्टेम्बर २०२१ सम्मको मात्र जानकारी उपलब्ध छ ।
एक प्रश्नको जवाफमा च्याटजीपीटीले फाइजरको प्याक्सोलोभिड र ब्लड प्रेसर कम गर्ने औषधि भेरापामिललाई सँगै प्रयोग गर्दा कुनै समस्या नरहेको बताए, जबकि सत्यता के हो भने यी दुई औषधी सँगै खाँदा रक्तचापमा उल्लेख्य मात्रामा कमी आउन सक्छ र यसले बिरामीलाई सम्भावित जोखिम निम्त्याउन सक्छ ।
अपडेट
एनसेल र महिला उद्यमी महासंघ नेपालबीच महिला उद्यमीको क्षमता अभिवृद्धि गर्न सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रुपमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न हातेमालो गर्ने प्रतिवद्धता जनाउँदै स…
नेपालका थप १७ शहरमा सेवा विस्तार गर्दै पठाओ, बाइक राइडरको दर्ता सुरू
राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा विस्तार गर्ने भएको छ ।
…आईस्पानले भन्योः मर्मत तथा सम्भार गैरदूरसंचार सेवा हो, रोयल्टी लाग्दैन्
इन्टरनेट सेवा प्रदायकहरूले मर्मत तथा संभार शीर्षक गैरदूरसंचार सेवा रहेको र यसमा रोयल्टी नलाग्ने बताएका छन् ।
ह्वाट्सएपमा नयाँ सेक्युरिटी फिचर आउँदै, लक गरिएको डिभाइसमा च्याट हेर्नका लागि कोड हाल्नुपर्ने
मेटाले लामो समयदेखि आफ्नो मल्टिमिडिया मेसेजिङ एप ह्वाट्सएपको गोपनीयता र सुरक्षामा काम गरिरहेको छ । पछिल्लो समय ह्वाट्सएपमा …
जिडब्लुएमको नयाँ वर्ष अफर, ओरा ०३ इभी खरिदमा ५ लाखसम्मको फाइदा
जिडब्लुएमको नेपालका लागि आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक ‘सानदार नववर्ष २०८…
एनसेल बन्यो आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अफ
एनसेलले शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अपको उपाधि जितेको छ ।…
विश्वव्यापी मञ्च वेब समिट कतारमा प्रिक्सा टेक्नोलोजीजको कन्भरसेसनल एआई रिरि शोकेस
प्रिक्सा टेक्नोलोजीजले आफ्नो कन्भरसेसनल एआई प्रडक्ट रिरि वेब समिट कतार २०२४ मा शोकेस गरेको छ । फेब्रुअरी २६ देखि २९ सम्म दोहामा …
६ वर्ष अघि सार्वजनिक भएको गूगलको पोडकास्ट सेवा बन्द हुँदै
अप्रिल २०२४ को शुरुवात संगै, गूगलले आफ्नो सेवाहरु मध्ये पोडकास्ट सेवा बन्द गर्न गइरहेको छ । अप्रिल २ पछि गूगल पोडकास्ट्स&nb…
विद्युतीय व्यापार विधेयक प्रविधि र प्रणाली नबुझेको ढंगबाट आएको छः सांसद पौडेल
नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले विद्युतीय व्यापार विधेयक २०८० कानुन बुझेको तर प्रविधि र प्रणाली नबुझेको ढंगबाट आएको जस्…
एशिया प्यासिफिक आईसीटी अलायन्सको बैठक पहिलो पटक नेपालमा बस्दै, १६ देशका टेक लिडर आउने
वैशाख ८ गते अर्थात अप्रिल २० मा नेपालमै पहिलो पटक एशिया प्यासिफिक आईसीटी अलायन्स (एपीआईसीटीए) बैठक बस्ने भएको छ ।
नेपाल एशोशिएसन फर सफ्टवेयर ए…
एचआर मिट २०२४ मा एनसेल दुई अवार्डबाट सम्मानित
नेपालको मानव संसाधन क्षेत्रमा उत्कृष्ट नीति अभ्यास र कार्यसम्पादन गरे वापत एनसेलले एचआर मिट २०२४ मा ‘नेशनल एचआर एक्सिलेन्स…
राजस्व छलीको आरोपमा कोटिभिटी नेपाल विरूद्ध ५ अर्ब १८ करोड बढीको बिगो कायम गर्दै मुद्दा दायर
राजस्व अनुसन्धान विभागले नेपालस्थित अमेरिकी सफ्टवेयर कम्पनी कोटिभिटी नेपाल विरूद्ध राजस्व छलीको आरोपमा मुद्दा दायर गरेको छ ।&nb…
ट्रुकलरमा नयाँ एआई फिचर, स्प्याम कल रोक्न थप सहज हुुने
ट्रुुकलरले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) मा आधारित म्याक्स फिचर ल्याएको छ । नयाँ एआई फिचरले स्वचालित रूपमा सबै स्प्याम…
नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादन र रिफिलिङ स्टेशनको सफल परीक्षण
काठमाडौं विश्वविद्यालय (केयु) ले नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादनको परीक्षणमा सफलता प्राप्त गरेको छ । आईतबार काठमाडौं विश्वविद्यालयले ग्रीन हाइड्रोजन उत्पा…
सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री शर्माको आग्रह
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आग्रह गरेकी …