कीवर्डहरू -

अपडेट

आइसिटी अवार्ड २०२४ मा आवेदन दिने समय थप, कसरी पठाउने नोमिनेसन ?

आइसिटी अवार्ड २०२४ को आवेदन दिने समय थप भएको छ । यसअघि आवेदन पठाउने अन्तिम अवधि भदौ १५ गतेसम्म तोकिएको थियो । 

तर आवेदनकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै आवेदन पठाउने अवधि थप गरिएको आइसिटी अवार्डले जनाएको छ । अब अवार्डको क्याटोगोरी ए अन्तर्गत स्टार्टअप, प्रडक्ट, राइजिङ, स्टार इन्नोभेसन र सोसल इन्नोभेसन विधामा आउँदो भदौ २३ गते आइतबारसम्म आवेदन दिन सकिने छ । 

यस्तै क्याटोगोरी बी र सी अन्तर्गत नेपाली डायस्पोरा, आन्ट्रप्रेनर, प्रोफेसनल, वुमन आइकन, पायोनियर, डिजिटल एजुकेसन, डिजिटल सर्भिसेस र डिजिटल गभर्नेन्स विधामा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने छ ।

त्यसैगरी सार्क राष्ट्रलाई लक्षित गर्दै प्रदान गर्ने साउथ एशिया स्टार्टअप आइसिटी अवार्डमा असोज ३० गतेसम्म नोमिनेसन पठाउन सकिने छ । 

यदी तपाई पनि सूचना प्रविधि क्षेत्रमा कुनै स्टार्टअप, प्रडक्ट वा इन्नोभेसन छ वा यस क्षेत्रमा योगदान दिइरहनु भएको छ भने यहाँ क्लिक गरेर इच्छुक विधामा आवेदन दिन सक्नुहुनेछ ।

यस बाहेक तपाईको कुनै साथिभाइ, आफन्त वा चिनेको कसैले आईटी क्षेत्रमा काम गरिरहनु भएको छ भने  पनि तपाईले आफै उहाँहरूको नोमिनेसन पठाइदिन समेत सक्नुहुनेछ । 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डमा यस वर्ष विभिन्न १४ विधामा अवार्ड प्रदान गरिदै छ । 

दर्जनौ प्रि इभेन्ट र छनौट प्रकृयाका ३० बढी मिटिङ र विभिन्न वैज्ञानिक प्रकृयाहरु अपनाएर आइसिटी अवार्डका विजेताहरुको छनौट गरिनेछ । 

१५ बढी जुरी सदस्य र १० बढी जुरी सल्लाहकार रहेको अवार्डको छनौट प्रक्रियालाई प्रभावकारी र पारदर्शी बनाउन ६ महिनाको समय व्यतित हुँदै आएको छ । 

अपडेट

एनसेललाई लाइसेन्स नवीकरणको शुल्क ४ किस्तामा बुझाउन दिने सरकारको निर्णय

सरकारले मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरणको शुल्क ४ किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठ…

आइसिटी अवार्डले सुरू गर्‍यो च्याटबट सेवा, अब एआईले नै दिनेछ अवार्ड सम्बन्धि जानकारी

आइसिटी अवार्डले एआई च्याटबट सेवा सुरू गरेको  छ । योसँगै अब अवार्ड सम्बन्धि विभिन्न जानकारीहरू च्याटबटबाटै प्राप्त…

एप्पलद्वारा आईओएस १८ ​​​​​​​बेटा ६ अपडेट जारी

एप्पलले आफ्ना आईफोन प्रयोगकर्ताहरूका लागि आईओएस १८ बेटा ६ अपडेट जारी गरेको छ । यसका अतिरिक्त, कम्पनीले आईप्याड ओएस १८ र म्याकओए…

अब युट्युबमा आफ्नो च्यानल क्युआर कोडमार्फत पनि सेयर गर्न सकिने

गुगलको पपुलर भिडियो शेयरिङ प्लेटफर्म युट्युबले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ फिचर सार्वजनिक गरेको छ । युट्युब च्यानल शेयर गर्न…

खल्तीद्वारा नाडा अटो शोमा ‘कार सुरक्षा’ नामक.नयाँ सुरक्षा प्याकेज सार्वजनिक

डिजिटल वालेट ‘खल्ती’ले राजधानीमा जारी नाडा अटो शोको अवसरमा ‘कार सुरक्षा’ नामक आफ्नो नयाँ सुरक्षा प्याकेज सार्वजनिक गरेको छ। विभि…

अब जीमेलमा नयाँ स्क्रिन नखोलेरै रिप्लाइ गर्न सकिने

जीमेलले आफ्नो एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा ल्याएको छ । गुगलको वर्कस्पेस वेबपेजमा उल्लेख गरिएको नयाँ ब्लग पोष्ट अनुस…

नेपालमा जिकर गाडी वितरणका लागि जिकर र पायोनियर मोटो कर्पबीच सम्झौता

चीनको अग्रणी अटोमोबाइल निर्माता गिली ग्रुप अन्तर्गतको प्रिमियम लक्जरी इभि ब्रान्ड जिकरले नेपालमा जिकरका गाडीहरू वितरणका लागि नेप…

सरकारी नीतिले घट्दै छ टेलिकम कम्पनीको राजस्व

निजी क्षेत्रको पहिलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई सरकारको नीति र व्यवहारले प्रत्यक्ष असर पुर्याएको छ । अनुमतिपत्र नविकरणमा…

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी “मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४" अवार्डले सम्मानित

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक द्वारा संयुक्त रूपमा प्रवर्धित नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनपीडी)  लाई अनल…

फोनपेको फोनट्याग स्कुप एण्ड सेभ अभियान सुरु, ५० प्रतिशत क्यासब्याकको अफर

फोनपेले लोकप्रिय आइसक्रीम ब्राण्ड बास्किन-रोबिन्ससँगको सहकार्यमा आफ्नो नयाँ अभियान "फोन पे स्कुप एण्ड सेभ" को घोषणा गरेको छ।  अभियान २५ अगस्टब…

मस्कको निशानामा जुकरबर्ग, भने - इन्स्टाग्राममा बच्चाहरूको शोषण हुँदा पनि कुनै कारबाही भइरहेको छैन

टेलिग्राम एपका संस्थापक र सीईओ पावेल डुरोभको गिरफ्तारीपछि धेरै मानिसहरूको यसबारे प्रतिक्रिया आएको छ । अब एक्स र स्पेसएक्सका माल…

ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई

 ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर  (के–ल्याब…

एनआईसी एशिया बैंकले पायो डिजिटल बैंकिङ अवार्ड

 एनआईसी एशिया बैंकले ‘बेस्ट इन डिजिटल बैंकिङ’ अवार्ड जितेको छ । दोस्रो आईसीसी इमिर्जिङ एसिया बैंकिङ अवार्डस्…

ह्वाट्सएपमा डिलिट फर मी गरिसकेको मेसेज रिकभर गर्न यस्तो गर्नुहोस्

हाम्रो दैनिक जीवनसँग ह्वाट्सएपको प्रयोग जोडिएको छ । धेरैपटक एकजना ह्वाट्सएप प्रयोगकर्ताको फोनमा घरसँगै कार्यस्थलका मानिसहरूको नम्ब…

युट्युबले ल्यायो एक शक्तिशाली एआई टूल, ह्याक भएको अकाउन्ट रिकभर गर्नलाई सहयोगी हुने

गुगलको लोकप्रिय भिडियो सेयरिंग प्लेटफर्म युट्युबले नयाँ कृत्रिम बुद्धिमत्ता उपकरण (एआई टूल) प्रस्तुत गरेको छ । कम्पनीको भनाइअनुसा…