कीवर्डहरू -

अपडेट

आईसीटी अवार्डको ग्राण्ड फिनालेमा प्रत्यक्ष सहभागी हुन चाहनुहुन्छ ? यसरी काट्नुहोस् टिकट

शुक्रबार अपग्राड आईसीटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले हुँदैछ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको उत्सवको रूपमा द सोल्टी काठमाडौंमा आयोजना हुने आईसीटी अवार्ड १४ विधामा वितरण गरिने छ । 

अवार्ड वितरण हुने विधाहरुमा स्टार्टअप तथा इन्नोभेसनतर्फ इनड्राइभ स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड रहेका छन । व्यक्तिगत अवार्ड विधाहरुमा प्रोफेसनल एक्सिलेन्स, आन्टरप्रेनर, नेपाली डायस्पोरा, पायोनियर र एनसेल वुमन आईकन आइसिटी अवार्ड रहेका छन ।

संस्थागत र कर्पोरेट अवार्ड विधाहरुमा डिजिटल एजुकेसन (पब्लिक सेक्टर), डिजिटल एजुकेसन (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन । साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड अन्तर्राष्ट्रिय अवार्ड विधाको रुपमा समावेश गरिएको छ ।

यदी तपाई पनि सूचना प्रविधि क्षेत्रको उत्सवको रूपमा आयोजना हुने आईसीटी अवार्डको ग्राण्ड फिनालेमा प्रत्यक्ष सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी टिकट खरिद गर्न सक्नुहुनेछ । 

यस बाहेक आईसीटी अवार्डको ग्राण्ड फिनाले कान्तिपुर टेलिभिजन एचडी, हाम्रो पात्रो, आइसिटी अवार्डको फेसबुक पेज तथा युट्युब च्यानल लगायका माध्यमबाट प्रत्यक्ष प्रसारण समेत हुनेछ । 

शुक्रवार आयोजना हुने ग्राण्ड फिनाले कार्यक्रममा नेपाल सरकारको तर्फबाट विशिष्ट व्यत्तिहरु, सम्माननिय र माननियज्यूहरुको उपस्थिती हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा सहभागी हुन अन्तराष्ट्रिय मोविलिटी कम्पनी इनड्राइभ र दक्षिण एसियाली देशहरुबाट दर्जनबढि स्टार्टअप र विज्ञहरु नेपाल आउनेछन । कार्यक्रममा प्रमोद खरेल लगायतको म्युजिक पर्फमेन्स पनि रहेको आयोजकले जानकारी दिएको छ ।

अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नाष्ट, नेपाल उद्योग वाणिज्य महासंघ, न्यास आईटी लगायतको सहकार्य रहेको छ ।

यस्तै कार्यक्रमको डिजिटल पेमेन्ट पार्टनरमा नेपाल पे, भोटिङ पार्टनरमा हाम्रो पे, एजुकेसन पार्टनरमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, साइबर सेक्युरिटी पार्टनरमा बगभी, नलेज पार्टनरमा ग्लोवल कलेज, एडटेक पार्टनरमा वेद, ब्रोडकास्टिङ पार्टरनमा कान्तिपुर टिभी, अपस्किलिङ पार्टनरमा मेन्टरल्याब, इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट लगायतको सहकार्य रहेको छ । 

 

अपडेट

सामाजिक सञ्जालबाट एकल महिलालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ

सामाजिक सञ्जालमार्फत एकल महिलालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ परेका छन् । 

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामु पौडेल नियुक्त

नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल चयन भएका छन् । २३० औं सञ्चालक समितिको बैठकबाट पौडेल अध्यक्षमा सर्व–सम्म…

सूचना प्रविधि क्षेत्रमा सामान्य सुधारले पुग्दैन, ‘डिपार्चर’ चाहिन्छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रको सामान्य सुधारले नपुग्ने भएकाले यसको ‘डिपार्चर न…

चौबिसै घण्टा तपाईको स्मार्टफोनले कुरा सुन्न सक्छ, नयाँ अनुसन्धानमा पुष्टि

धेरै पटक तपाईं आफ्ना साथीहरूसँग कुरा गर्नुहुन्छ, कुनै उत्पादनको बारेमा छलफल गर्नुहुन्छ र त्यसपछि केही समय पछि तपाईंले आफ्नो सोशल मिडिया खातामा सोही प्रडक्टक…

मानिसको सहयोग नलिई आफैंले टूल बनाउँदै एआई

सन् २०२३ सकिन लागेको छ । यस वर्ष एआईले धेरै चर्चा पायो । गुगलदेखि मेटा र माइक्रोसफ्टसम्म ठूला प्रविधि कम्पनी यस प्रतिस्पर्धाम…

कामना सेवा विकास बैंकको फाइभ इन वान सेवा, डिम्याटदेखि ट्रेडिङ खातासम्मको सुविधा

कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी शेयरप्रो सेक्युरिटिज प्रालि सँगको  सम्झौता गरेको …

यस्तो छ काठमाडौंका विभिन्न ठाउँमा पठाओको ब्याग समाएका एलियन देखिनुको रहस्य

अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओ नेपालले पठाओ सुपरफेस्ट-२०२३ आयोजना गर्ने घोषणा गरेको छ । पठाओले पुस ५ (डिसेम्बर २१…

इन्स्टाग्राममा एआईको प्रयोग गरी ब्याकग्राउण्ड इमेज परिवर्तन गर्न सकिने

इन्स्टाग्राममा एआईको प्रयोग गरी ब्याकग्राउण्ड इमेज परिवर्तन गर्न सकिने भएको छ । यो फिचर अहिले इन्स्टाग्रामले परीक्षण गरिरहेको छ ।

इन्स्टाग्रामको नयाँ ब्य…

विद्यार्थीलाई लक्षित गरी कोडिङ प्रतियोगिता गर्दै मेरो कोडिङ क्लास, यसरी हुनुहोस् सहभागी

मेरो कोडिङ क्लासले ‘कोडिङ किकस्टार्ट’ आयोजना गर्ने भएको छ । पुस १७ गतेदेखि मेरो कोडिङ क्लासले कोडिङ किकस्टार्टको द…

१ हजार विद्यार्थीलाई निःशुल्क एसईई तयारी कक्षा दिदै एम्बिसन गुरू, यसरी हुनुहोस् सहभागी

अनलाइन लर्निङ प्लेटफर्म एम्बिसन गुरूले १ हजार जनालाई निःशुल्क एसईईको तयारी कक्षा दिने भएको छ । एम्बिसन गुरूमा १ लाख जोडिएको अव…

इन्भेष्टमेण्ट मेगा बैंकको अफर, मोबाइल बैंकिङमा रजिष्टर गर्दा स्मार्टफोन जित्ने मौका

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले क्रिसमस् तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि विभिन्न अफरहरु सार्वजन…

महिला कामदारलाई पदोन्नतिको अवसर नदिने एक्टिभिजन ब्लिजार्डले ५० मिलियन डलर जरिवाना

महिला कामदारलाई पदोन्नतिको अवसर नदिने एक्टिभिजन ब्लिजार्डले ५० मिलियन डलर जरिवाना तिर्ने भएको छ । भिडियो गेम निर्माता एक्…

भाषा मोडेललाई प्रशिक्षण दिन च्याटजीपीटीको प्रयोग गर्दै बाइटडान्स, अकाउन्ट प्रतिबन्धित

ओपन एआइको एआइ च्याटबट च्याटजीपीटीले टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स चोरी समातिएको छ ।

चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको आवेदन भोलिदेखि खुल्दै, अनलाइनबाट आवेदन दिन सकिने

नेपाल मेडिकल काउन्सिलले आगामी माघ १७ देखि १९ गते  सञ्चालन हुने ६८ औँ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) क…

अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबी बैंकको नयाँ एटीएम सञ्चालनमा

एनएमबी बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्या‍उने उद्दे…