कीवर्डहरू -

अपडेट

नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक स्रोतसाधन, दक्ष जनशक्ति, चीन र भारतसँगको सहज बजार पहुँचलाई उपयोग गर्न  लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

चीन साउथ एसिया बिजनेस फोरमको तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना युनान नेपाल इन्डस्ट्रियल को अपरेसन प्रमोसन एण्ड इन्टरप्राइजेज म्याचमेकिंग बैठकलाई सम्बोधन गर्दै  अध्यक्ष ढकालले, प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानी गन्तव्यको रूपमा विकसित भइरहेको बताएका छन् ।

अध्यक्ष ढकालले युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था र जलस्रोतले भरिपूर्ण रमणीय स्थलहरू लगायतका समान विशेषताका कारण पनि चिनियाँ लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्न सहज हुने उल्लेख गरेका छन् ।

अध्यक्ष ढकालले कुनमिङ र पोखराबिचको भगिनी सहर सम्बन्ध रहेको उल्लेख गर्दै सांस्कृतिक आदानप्रदान, पर्यटन र अनुसन्धान तथा विकास सहकार्यलाई प्रवर्द्धन गर्ने यो सम्बन्धलाई उपयोग गर्नुपर्ने बताए ।

ढकालले चिनियाँ 'ड्रागन बोट फेस्टिभल' मा सिचुआन एयरलाइन्सको हालै पोखराको पहिलो उडानले नेपालमा चिनियाँ पर्यटन पर्वद्धनमा सहयोग पुगेको बताएका छन् ।

ऊर्जा, पर्यटन पूर्वाधार, यातायात, व्यापार सहजीकरण, साना तथा मझौला उद्योग, आईसीटी र कृषि जस्ता विविध क्षेत्रहरूमा नेपालमा थप लगानीका आकर्षक अवसरहरू रहेको जानकारी पनि अध्यक्ष ढकालले गराए ।

नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरूले निरन्तर नाफा कमाएको उल्लेख गर्दै भारत, ईयू र अन्य विकसित बजारमा नेपालले पाएको सहुलियतपूर्ण व्यापारिक पहुँचलाई  लगानीकर्ताहरूले उपयोग गर्न सक्ने पनि अध्यक्ष ढकालले उल्लेख गरेका छन् ।

अध्यक्ष ढकालले युनान र नेपालबिचको आर्थिक सम्बन्ध थप सुदृढ गर्ने, व्यापार र अन्तर सरकारी सम्पर्कलाई थप विस्तार गर्न पनि आह्वान  गर्नुभयो । यसले लगानी, पर्यटन, व्यापार र औद्योगिक साझेदारीमा थप  अभिवृद्धि हुने विश्वास समेत अध्यक्ष ढकालको छ ।

अध्यक्ष ढकालले चाइना साउथ एसिया एक्स्पोमा नेपाल कन्ट्री प्याभिलियनमा नेपालको जीवन्त संस्कृति र लगानीको सम्भावना पहिचान गर्न सबै सहभागीहरूलाई निमन्त्रणा  समेत गरे ।

कार्यक्रममा चीन, नेपाल र दक्षिण एसियाली देशका विशिष्ट नेताहरू, सरकारी अधिकारीहरू, व्यवसायीहरू र सञ्चारकर्मीहरूको सहभागिता थियो ।

अपडेट

दक्षिण एसिया र चीन बिच समृद्धि पुलको रूपमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसियाबिचको पुल…

विश्व रोबोट च्यालेन्ज कम्पिटिसनको \'पक कलेक्ट अडल्ट क्याटेगरी\'मा नेपाल पहिलो स्थानमा 

नेपालले रोबोट च्यालेन्ज कम्पिटिसनको 'पक कलेक्ट अडल्ट क्याटेगरी' मा पहिलो स्थान हासिल…

प्रभू बैंकको एटीएम, मोबाइल तथा इ्न्टरनेट बैंकिङ सेवा २९ घण्टाका लागि अवरुद्ध

प्रभु बैंकको एटीएम, मोबाइल बैकिङ तथा इ्न्टरनेट बैंकिङ जस्ता सेवा शुक्रबार (आज) अपर…

ब्रोकर नम्बर ६१ मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने

भोले गणेश सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ६१) मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवामार्फत गर्न सकिने भएको छ । यसका साथै भोले गणेश सेक्यु…

ईस्पोर्ट्सको इकोसिस्टम बनाउन नेसा र फिटजीएमआर बीच सम्झौता

ईस्पोर्ट्सको इकोसिस्टम बनाउन नेपाल ईस्पोर्ट्स एसोसियसन (नेसा) र ईस्पोर्टस टेक्नोलोजी कम्…

युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक

नेपाल सरकार, राष्ट्रिय युवा परिषद्, बागमती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (…

नाफा घटेपछि नेपाल टेलिकमको स्पष्टिकरणः “ट्यारिफ परिमार्जन, फोरजी विस्तारसँगै सस्तो डेटा प्याकेजका कारण आम्दानी घट्यो”

नेपाल दूरसञ्चार कम्पनी अर्थात नेपाल टेलिकमले दूरसञ्चार सेवा तर्फको आफ्नो आम्दानी घटे…

दाङको राजपुर मुसिनाकामा टेलिकम सेवा विस्तार हुने

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङ जिल्लाको विकट क्षेत्रका रुपमा रहेको …

श्रम कानून उल्लघंन गर्ने प्रतिष्ठानविरुद्ध अनलाइनबाट उजुरी दिन सकिने

श्रम कानून कार्यान्वयन नगर्ने प्रतिष्ठानविरुद्ध अनलाइनबाट उजुरी दिन सकिने भएको छ । श्…

अमेरिकी कम्पनीले किन्याे वर्ल्डलिंकको साढे १३ हजार कित्ता सेयर

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले सेयर बिक्…

एसके टेलिकमले अमेरिकी एआई स्टार्टअप एन्थ्रोपिकमा १०० मिलियन डलर लगानी गर्ने

दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम एसके टेलिकमले अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्…

नेपाल टेलिकमको त्रैमासिक नाफामा कमी 

नेपाल दुरसञ्चार कम्पनी अर्थात नेपाल टेलिकम (एनटीसी) ले गत आर्थिक वर्ष २०७९/०८० को …

एनसेलको ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता 

एनसेल आजियाटा लिमिटेडले हाल संचालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ …

डीआरएस गेमिङले पब्जी प्रतियोगिता आयोजना गर्ने

नेपाली पब्जी टिम डीआरएस गेमिङले पब्जी प्रतियोगिता आयोजना गर्ने भएको छ । पब्जी मोबा…

नेपाल टेलिकमको १ जीबीपीएससम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ

नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट स…