कीवर्डहरू -

अपडेट

माइक्रोसफ्ट बिङ एआइ च्याटको नाम परिवर्तित, अब को-पाइलटको नामले चिनिने

माइक्रोसफ्टले बिङ एआइ च्याटको नाम परिवर्तन गरेको छ । कम्पनीले अब बिङ एआइ च्याटबटको नाम को-पाइलट नामाकरण गरिदिएको छ । 

आज भन्दा लगभग एक वर्ष पहिले,ओपनएआइले आफ्नो एआइ च्याटजीपीटी सुरु गर्यो । सन् २०२३ को प्रारम्भमा, माइक्रोसफ्टले आफ्नो सर्च इन्जिनमा च्याटजीपीटी थप्यो र च्याटबोट बिंग च्याट प्रस्तुत ग¥यो ।

हाल, कम्पनीले आफ्नो एआई उत्पादन र सेवाहरू अनुसार पुनः ब्रान्ड गरेको छ, जुन अहिले  भनेर चिनिन्छ । यो सेवा धेरै वेब ब्राउजरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

के हो कोपाइलट?

हामीलाई थाहा छ कि माइक्रोसफ्टले बिंग च्याट र बिंग च्याट इन्टरप्राइज प्रदान गर्दछ, जुन अहिलेको लागि कोपाइलट भनेर चिनिनेछ ।

यसमा तपाईले सबै सुविधाहरू प्राप्त गर्नुहुनेछ, जसमा माइक्रोसफ्ट ३६५ सुइटदेखि विन्डोज ११ कोपाइलटसम्म सबै समावेश हुनेछ ।

कम्पनीले आफ्नो सामाजिक सञ्जालमा नाम परिवर्तन गरेको जानकारी दिएको छ ।
यदि तपाईं यो नयाँ सेवामा लगइन गर्न चाहनुहुन्छ भने, तपाईंले माइक्रोसफ्ट इन्ट्रा आइडी मार्फत लगइन गर्नुपर्नेछ ।

यसमा तपाईले माइक्रोसफ्ट ३६५, डाइनमिक्स ३६५ र माइक्रोसफ्ट एजुरे जस्ता माइक्रोसफ्टका सेवाहरू प्राप्त गर्नुहुनेछ ।

नयाँ कोपाइलट सामान्यतया डिसेम्बर १ मा उपलब्ध हुनेछ । कोपाइलट जीपीटी फोर र डिएएलएल इथ्री नवीनतम ओपनएअँइ मोडेलहरूमा आधारित छ । 

 बिंग च्याटलाई कोपाइलटमा मा पुनः नामाकरण गर्नुको अतिरिक्त, माइक्रोसफ्टले यसलाई थप प्लेटफर्महरूमा उपलब्ध गराउँदैछ ।

अब तपाइँ https://copilot.Microsoft.com मार्फत कोपाइलट प्रयोग गर्न सक्नु हुनेछ। यसले माइक्रोसफ्ट एज, गुगल क्रोम, सफारीमा पनि काम गर्नेछ र चाँडै मोबाइलमा उपलब्ध हुनेछ ।

 

अपडेट

ट्याङ्गोपे मार्फत इसेवामा पैसा पठाउँदा आइफोन १५ जित्ने मौका

ईसेवा मनी ट्रान्सफरले युकेस्थित ट्याङ्गोपेको साझेदारीमा आईफोन योजना ल्याएको छ। यो योजना नोभेम्बर १० बाट सुरु भइ जनवरी १५ सम्म लागु हुनेछ । जस अन्तर्गत  …

एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि तुरुन्त रु २०० क्यासब्याक अफर

एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि तुरुन्त रु २०० क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ …

नेपालमा टिकटक तत्काल बन्द हुने मन्त्रिपरिषदको निर्णय

सरकारले सामाजिक सञ्जाल टिकटक तत्काल बन्द गर्ने निर्णय गरेको छ । सोमबार (आज) बसेको मन्त्रिपरिषद बै…

नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट चलाउँदा यस्ता छन् फाइदा

नेपाल टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले यसलाई एनटी फाइबर…

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस बर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्…

इंग्ल्याण्डको स्कूलमा एआइ बन्यो प्रिन्सिपल, विद्यार्थीहरूको जवाफ दिने देखि शिक्षकलाई पढाउन सिकाउँदै 'अबिगेल बेली'

इङ्गल्याण्डको एउटा विद्यालयले एआईलाई प्रिन्सिपलको रूपमा नियुक्त गरेको छ । अब एआई प्रिन्सिपलले विद्यालयका मानव प्रधानाध्यापकसँग मिलेर काम गर्नेछन् ।  

नास्टको ४६ करोड बजेट स्वीकृत, विभिन्न विद्यामा २ दर्जन भन्दा बढि पुरस्कृत हुने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४६ औं प्राज्ञसभा बैठकले ४६ करोड रुपैयाँको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्…

डा.बालकृष्ण बललाई १ लाख राशीको प्रविधि पुरस्कार

काठमाडौँ विश्वविद्यालयका कम्प्युटर विज्ञान र ईन्जिनियरिङ् विभागका विभागीय प्रमुख तथा आइसिटी अवार्डका जुरी डा. बालकृष्ण बल (भोजपुर…

अब ट्राफिक जरिवाना तथा कारबाहीको विस्तृत विवरण नागरिक एपबाटै हेर्न सकिने

 नागरिक एपमा अब ट्राफिक जरिवाना तथा कारबाहीको विस्तृत विवरण हेर्न सकिने भएको छ । नागरिक एपको नयाँ अपडेटमा सो सुविधा आ…

नमस्ते पे मार्फत श्री एयरलाइन्सको प्रत्येक टिकट खरिदमा ३०० रुपैयाँको  उच्चतम क्यासब्याक

 नमस्ते पे ले यस तिहार र छठको अवसर पारी आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर सुरु गरेको छ। जस अन्तर्गत नमस्ते पे का ग्राहकहरु…

'आइएमई पे’ नेपाल सुपर लिग २०२३ को आधिकारिक टिकेटिङ पार्टनरको रूपमा रहने

 नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे' र नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)  बिच भएको रणनीति…

नबिल बैंकद्वारा आफ्नो क्रेडिट कार्ड लिएका ग्राहकका लागि बिना शुल्क इएमआई अभियान

नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिना शुल्क इएमआई अभियान सुरु गर्ने भएको छ । यो साझेदारीसँगै, नबिल क्…

हाम्रो पेबाट भाटभटेनीको भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक पाउन सकिने

 डिजिटल वालेट हाम्रो पेबाट भाटभटेनीको भुक्तानी गर्न सकिने भएको छ । नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोभित्र रहेको डि…

एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई सुर्खेतमा ५० लाख रुपैयाँको चेक हस्तान्तरण

एनसेल आजियाटा लिमिटेडले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णाली प्रदेश सरकारलाई…

समस्या र समाधानका सूचि बनाएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र निकायहरुमा प्रगति हुन नसक्नुका कारण खोजी तत्काल समाधान गर्नुपर्ने बताएकी छ…