अपडेट
डिजिटल बन्दै मनकामना केबुलकार
नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ । २०५५ मंसिर ८ गतेबाट मनकामना केबुलकारले व्यावसायिक सेवा सुरू गरेको थियो ।
२५ वर्षको दौरानमा कम्पनीले केबुलकारको एनालग प्रविधिलाई नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गरेको कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।
अस्ट्रियाको डोपलमेयर कम्पनीको डी–कनेक्ट भनिने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम सन् २०२१ मै सम्पन्न गरिसकेको कम्पनीले बाँकी काम आगामी सन् २०२४ को भदौ-असोजमा सम्पन्न गर्ने योजना अनुसार काम गरीरहेको छ । सोको लागि आवश्यक केही उपकरण आयात भइसकेको छ ।
अबको चरणमा नियन्त्रण प्रणाली, सञ्चार केबुलका साथै केबुलकारलाई केबुलको लठ्ठा फेरेर पहिलेकै जस्तो नयाँ र स्तरीय प्रविधिको स्वरुपमा सञ्चालन हुनेछ । केबुलकार स्तरोन्नति गर्न करिब ४५ करोड रुपैयाँ लगानी हुने बताइएको छ ।
केबुलकार सेवाले हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल मनकामना र वरपरको क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन योगदान गरेको कम्पनीको भनाइ छ । केबुलकार सेवा शुभारम्भसँगै सो क्षेत्र आन्तरिक मात्रै नभएर भारतीय र विश्वभरका पर्यटक आकर्षित गर्न सफल गन्तव्यको रुपमा स्थापित भएको छ ।
सन् २०२४ को अन्त्यमा वा २०२५ सुरुबाटै सञ्चालन गर्ने गरी मनकामनामा केबुलकार हाताभित्र सुविधा सम्पन्न रिसोर्ट निर्माण भइरहेको छ । ४० कोठाको यो रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा–सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुनेछ ।
मनकामना केबुलकारले सुरुआती वर्षमा २–३ लाख यात्रुलाई सेवा दिएकोमा अहिले बढेर वार्षिक ११ लाख यात्रुलाई सेवा दिइरहेको छ । यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य छ ।
अपडेट
शिक्षक सेवाको तयारी गरिरहेकालाई ओटीसले २ लाखसम्मको छात्रवृत्ति दिने, यसरी हुनुहोस् सहभागी
अनलाइन लर्निङ प्लेटफर्म ओटीसले शिक्षक सेवा आयोगको तयारी गरिरहेका विद्यार्थीका लागि वृहत छात्रवृत्ति योजना सञ्चालनमा ल्याएको छ ।&n…
राज्यलाई सबैभन्दा धेरै कर तिर्ने संस्थामा नेपाल दूरसञ्चार कम्पनी
सरकारलाई सबैभन्दा बढी कर तिर्ने संस्थागत तर्फ नेपाल दूरसञ्चार कम्पनी सम्मानित भएको छ । सरकारले कर दिवसको अवसर पारेर व्यवसाय सञ्च…
प्राविधिक शिक्षाको क्षेत्रमा स्विट्जरल्याण्ड सरकारले दिएको ६५ करोड अनुदान स्वीकृत
स्विट्जरल्याण्ड सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा दिएको ६५ करोड अनुदान स्वीकृत गरेको छ ।…
लक्की ड्र मार्फत मंसिर ११ गते डिशहोम मेगास्टारको छनौट हुने, विजेताले नगद १० लाख पाउने
‘डिशहोम सुपरस्टार–हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा …
प्रहरी सेवामा अब क्यूआर कोड
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गरेका छन् । मङ्ग…
फ्रि भिपिएन प्रयोग नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणले फ्रि भिपिएन ( भर्चुअल प्राइभेट नेटवर्क) को प्रयोग गर्दा विभिन्न जोखिम निम्त्याउने र यो प्रयोग गर्दा सतर्क…
टिकटक चलेन ? विकल्प बन्न सक्छ नेपाली भिडियो एप 'रमाइलो'
नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप 'रमाइलो' सार्वजनिक भएको छ ।
युनिलिभर नेपालद्वारा विपद पीडित समुदायलाई राहत सहयोग
युनिलिभर नेपाल लिमिटेड हालै जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै दिवङ्गत आत्मा…
ओपनएआइको बोर्डलाई दरखास्त नगरे ५०० भन्दा बढी कर्मचारीद्वारा सामूहिक राजीनामा दिने धम्की
ओपन एआइको समस्या अझै बढ्न सक्ने देखिएको छ । ओपनएआईका सीईओ साम अल्टम्यानलाई बर्खास्त गरेपछि ५०० भन्दा बढी कर्मचारीले बोर्डलाई हटाउ…
टिकटक प्रतिबन्ध विरुद्धको रिट 'हेर्न नभ्याइने'मा
टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिटमा सोमबार हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका अनुसार टिकटक प्रतिबन्ध लग…
अब अस्ट्रेलियाबाट पनि हाम्रो पात्रोमार्फत रेमिटेन्स पठाउन सकिने, सुरुवाति तीन कारोबार निःशुल्क
हाम्रो पात्रोले अस्ट्रेलियामा आफ्नो रेमिटेन्स सेवा सुरु गरेको छ । यसअघि अमेरिकामा मात्र सीमित रहेको कम्पनीको रेमिटेन्स सेवा सोमव…
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० रिट, नेपालमा पाँच लाखभन्दा बढी वेबसाइट ’बन्द’
नेपालमा पाँच लाखभन्दा बढी वेबसाइट ’बन्द’ नेपालको इन्टरनेटमा टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध कयौं कानुन व्यवस…
वर्ल्डलिङ्कलाई अन्तर्राष्ट्रिय स्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’
देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड पाउन सफल भएको छ । एसियन(ओस…
ब्रोडवे इन्फोसिसलाई अन्तर्राष्ट्रिय स्तरको ‘एड टेक अवार्ड’
आइटी तालिम प्रदान गर्दै आएको कम्पनी ब्रोडवे इन्फोसिसले एसोसिओ एड टेक अवार्ड छ पाउन सफल भएको छ । एसियन–ओसियन कम्प्यु…
आइसिटी अवार्ड २०२३ मा पब्लिक भोटिङ सुरु, ४ विधामा हाम्रो पे मार्फत भोट गर्न सकिने
आइसिटी अवार्ड २०२३ को लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटी अवार्डका ३ विधामा विभिन्न ४ चरणको छनौट पश्चात पब्लिक भोटिङ सञ्चाल…