अपडेट
सरकारले बनायो इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर सक्रिय
सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर (इटीसी)लाई सक्रिय बनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको आह्वानमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको बैठकले क्लष्टर सक्रिय बनाउने निर्णय गरेको हो ।
बैठकले भूकम्प प्रभावित क्षेत्रहरुमा टेलिफान तथा इन्टरनेट सेवा सुचार गर्न सेवा प्रदायकलाई अनुरोध गर्ने र नेपाल दूरसञ्चार प्राधिकरणले सोको समन्वय, अनुगमन र आवश्कयताअनुसार स्रोत परिचालनको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
त्यस्तै सेवा प्रदायकहरुले सेवालाई प्रभावकारी बनाउन सम्पर्क विन्दुर सम्पर्क व्यक्ति तोक्ने र निन्तर सम्पर्कमा रहने रहने पनि बैठकले गरेको छ ।
बैठकले भूकम्प प्रभावित क्षेत्रहरुबाट सत्यतथ्य, विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत अनुरोध गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए । बैठकले केन्द्रीय र जिल्ला आपतकालीन केन्द्रसँग निरन्तर सम्पर्कमा रहने निर्णय पनि गरेको छ ।
बैठकमा नेपाल टेलिकमका पदाधिकारीहरुले भूकम्प प्रभावित क्षेत्रहरुमा आधारभूत दूरसञ्चार सेवा निःशुल्क गरेको जानकारी दिएका थिए ।
बैठकमा मन्त्री शर्मा, मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल दूरसञ्चार प्राविधिकरण, नेपाल टेलिकम, नेपाल पत्रकार महासंघलगायत दूरसञ्चार तथा आम सञ्चार क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
अपडेट
डिजिटल भुक्तानी इकोसिस्टम सुदृढ बनाउन क्लियरिङ हाउस र आईएफसीबीच सम्झौता
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउँदै नेप…
शुक्रबारको क्रिकेट खेलको टिकट आईएमई पेबाट काट्न सकिने, मैदानमा टिकट बुथ नहुने
आईसीसी पुरूष टी २० विश्वकप एशिया छनौट अन्तर्गतको सेमिफाइनल खेल मैदानमा आएर हेर्न आईएमई पेबाट टिकट काट्न क्यानले अनुरोध गरेको …
सागर ग्रुपको ब्रदर एक्सपेरियेन्स सेन्टर उद्घाटन, अब प्रडक्ट अनुभव गरेर पनि खरिद गर्न सकिने
सागर ग्रुपले ब्रदर एक्सपेरियेन्स सेन्टर सञ्चालनमा ल्याएको छ । ब्रदर इन्टरनेसनल (गल्फ) का प्रबन्ध निर्देशक केनस्को हिरानो, सेल्स निर्देश…
एक्यूफिट स्मार्टवाचको खरिदमा निःशुल्क मोबाइल फोन
टेक स्टुडियोले एक्यूफिट स्मार्टवाचको हरेक खरिदमा नि:शुल्क मोबाइल फोन पाउने गरी तिहार अफर ल्याएको छ ।
एफवान सफ्ट इन्टरनेशनलको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त
नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त भएका छन् । उनलाई एफवान सफ्टका…
आइसिटी अवार्ड २०२३ अन्तर्गत ३ विधामा उत्कृष्ट ५ सार्वजनिक, सर्वोत्कृष्ट छनौटको लागि पब्लिक भोटिङ र फिल्ड भिजिट सञ्चालन हुने
प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय रहेको आइसिटी अवार्ड कार्यक्रम अन्तर्गत यस वर्षको लागि विभिन्न ३ विधामा उत्कृष्ट ५ को सार्वजनिक गरिएको छ । स्टार्टअप …
शतक हान्नेलाई १० लाख र ५ विकेट लिने खेलाडीलाई ५ लाख दिने डिशहोमको घोषणा
इन्टरनेट सेवा प्रदायक डिशहोम फाइबरनेटले आईसीसी टी २० पुरूष विश्वकप अन्तर्गत एशिया छनौट २०२३ खेलमा शतकदेखि रनसम्म बनाउने खेलाड…
अनुसन्धान र नवप्रवर्तनका लागि सरकारले बनाएको मस्यौदामा कर्मचारीतन्त्र हावी छः महावीर पुन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महाविर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सरकारले तयार पारेको मस्यौदामा…
नेपाल पे इनस्ट्यान्टबाट निःशुल्क फण्ड ट्रान्स्फर गर्न सकिने
दशैं र तिहार पर्वको अवसरमा बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले नेपाल पे इनस्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्र…
नियम उल्लंघन गरेको अवस्था बाहेक चेकजाँचको समयमा अब नागरिक एपमै लाइसेन्स देखाए पुग्ने
ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा अब नागरिक एपमा देखाएको ड्राइभिङ लाइसेन्सले मान्यता पाउने भएको छ ।&nb…
लाखौं पटक डाउनलोड भएका एन्ड्रोइड एपमा मालवेयर, तपाईको फोनमा पनि छन् कि ?
लाखौं पटक डाउनलोड भएका एन्ड्रोइड एपमा मालवेयर देखा परेको छ । डक्टर वेबको मोबाइल थ्रेट प्रतिवेदनमा लाखौं डाउनलोड भएका एप जोकर…
स्वास्थ्य वित्तीय प्रणालीलाई सुधार गर्ने डिजिटल स्टार्टअप खोज्दै एडीबी, २० हजार डलर पुरस्कार
एशियाली विकास बैंक (एडीबी) ले डिजिटल हेल्थ फाइनान्सिङ च्यालेन्ज आयोजना गर्ने भएको छ । विकासशील देशको राष्ट्रिय स्वास्थ्य वित्तीय प्…
डिशहोमको इन्टरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा पाउने
दशैंको अवसर पारेर डिशहोम फाइबरनेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्षको सेवा लिन पाउने समय थप भएको छ । तिहार र छठ…
गूगल प्ले स्टोरमा पुनः फर्कियो मेरो शेयर एप
गूगल प्ले स्टोरमा मेरो शेयर एप फर्किएको छ । शुक्रबार बिहान अकस्मात प्लेट स्टोरबाट गायब भएको एप पुनः देखिएको हो ।
शुक्रबार बिहान सीडीएसी एण्…
गूगल प्ले स्टोरबाट मेरो शेयर एप गायब, यस्तो छ कारण
मेरो शेयर एप गूगल प्ले स्टोरबाट हटेको छ । शुक्रबार बिहान अकस्मात प्लेट स्टोरबाट गायब भएको हो ।