अपडेट
एशिया प्रशान्त क्षेत्रमा ह्वावेको साझेदार सम्मेलन सम्पन्न, ६ नयाँ योजना सार्वजनिक
ह्वावेले आफ्ना एशिया प्रशान्तका साझेदारहरुका लागि सम्मेलन आयोजना गरेको छ। दश देशका १२०० भन्दा बढी साझेदारहरुको सहभागिता रहेको सो कार्यक्रमको प्रमुख उद्देश्य एशिया प्रशान्तमा प्रविधिको वृद्धि र विकासमा केन्द्रित रहेको थियो ।
एशिया-प्रशान्तलाई लामो समयदेखि विश्वव्यापी आर्थिक वृद्धिको केन्द्र मानिंदै आएकोमा विश्वव्यापी डिजिटल अर्थतन्त्रमा सबैभन्दा सक्रिय क्षेत्रहरू मध्ये एक एशिया-प्रशान्त डिजिटलीकरण र नवप्रवर्तनमा पनि अग्रणी रहेको छ। एशिया-प्रशान्तमा मात्रै ७९०० भन्दा बढी उद्यम साझेदारहरू र २००० भन्दा बढी क्लाउड साझेदारहरूलाई विभिन्न प्रोत्साहन प्याकेजहरुका साथै लगानीमा वृद्धि गरेर आफ्नो साझेदार संजाललाई सुदृढ र सबल बनाउन ह्वावे प्रतिवद्ध रहेको जनाएको छ।
नयाँ साझेदार कार्यक्रमहरुले ग्राहकहरुलाई प्रविधि अझै किफायती हुने, डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने र डिजिटल उत्पादकत्वमा वृद्धि ल्याउने विश्वास लिएको छ।
कार्यक्रमको उद्घाटन समारोहमा ह्वावेले एशिया प्रशान्तका लागि ६ नयाँ सहकार्य योजनाहरु सार्वजनिक गरेको छ। यस कार्यक्रमले क्रमश: सरकार, वित्त, विद्युत, सडक, जलमार्ग र बन्दरगाह प्रत्येक लागि एक योजना साथै स्वतन्त्र सफ्टवेयर विक्रेता (ISV) र डाटा केन्द्र सुविधा समाधानका क्षेत्रहरूका लागि पनि प्याकेज ल्याएको छ। नयाँ सहकार्य योजनालाई अनुमोदन गरी औद्योगिक डिजिटल रुपान्तरणमा सम्पूर्ण साझेदारहरुले ह्वावेलाई साथ् दिने प्रतिवद्धता जनाएका छन्।
ह्वावेईका कार्यकारी निर्देशक, आईसीटी पूर्वाधार प्रबन्धन बोर्डका अध्यक्ष र इन्टरप्राइज बीजीका अध्यक्ष डेभिड वाङले कार्यक्रमको उद्घाटन समारोहमा, "डिजिटल र बौद्धिक रूपान्तरणले विश्वभर फैलिने लहरहरू सिर्जना गरिरहेको, एक ट्रिलियन अमेरिकी डलरभन्दा बढीको बजार स्थान सिर्जना गर्ने सम्भावना बोकेको कुरा बताएका छन् ।
ह्वावे यी प्रचुर अवसरहरुको सदुपयोग गर्न साझेदारहरूसँग काम गर्न चाहने साथै एसिया-प्यासिफिक बजारका लागि, नेम्ड अकाउन्ट मार्केट, व्यावसायिक बजार र वितरण व्यवसाय नामक तीन प्रमुख साझेदार विकास रणनीतिहरू डिजाइन गरेको जानकारी गराउंदै विभिन्न आवश्यकताहरूलाई थप लक्षित ढंगमा सम्बोधन गर्ने, साझेदारहरुसँगको सहकार्यमा नेम्ड अकाउन्ट लाई डिजिटल बनाई साना तथा मझौला उद्यमहरुको डिजिटल रुपान्तरणलाई गति दिने र वितरण बजार विस्तार गर्ने उदेश्य रहेको जानकारी गराए । उनले आफ्ना साझेदारहरु सफल भए मात्र ह्वावे सफल हुने कुरा व्यक्त गरे ।
ह्वावे एपीएसी इन्टरप्राइज बिजनेस ग्रुपका अध्यक्ष निकोलास माले पनि एसिया-प्रशान्त क्षेत्रका लागि कम्पनीको पाँच वर्षको पूर्वानुमान प्रस्तुत गर्दै यस कार्यक्रममा बोलेका थिए। ह्वावेले आफ्नो आम्दानीमा साझेदारहरू बाट ९५ प्रतिशत योगदान पुर्याउने गरी आगामी वर्षहरूमा आफ्नो व्यवसाय द्रुत गतिमा बढ्ने अपेक्षाका साथ साझेदारहरूले ह्वावेका उत्पादन र सेवाहरू बिक्री गरी वार्षिक ८०० मिलियन अमेरिकी डलर आम्दानी गर्न सक्ने जानकारी गराए ।
त्यसैगरी, ह्वावे इन्टरप्राइज बीजीका उपाध्यक्ष तथा इन्टरप्राइज मार्केटिङ एण्ड सोलुसन सेल्सका अध्यक्ष बब चेनले व्यापारिक बजारमा साझेदार केन्द्रित रही थप बजार योग्य उत्पादनहरू, समाधानहरू, र आइ टी प्लेटफर्महरू निर्माण गरी वितरण व्यवसायको लागि, ह्वावेले नयाँ उपब्रान्ड ह्वावे ईकिट अन्तर्गत उत्पादनहरू सिर्जना गर्ने र आइ टी प्लेटफर्महरू अप्टिमाइज गर्नुको साथै साझेदारहरूसँग मिलेर, एसिया-प्यासिफिकमा सरकार र उद्यम ग्राहकहरूको डिजिटल रूपान्तरणलाई गति दिने योजना प्रष्ट पारे।
त्यसका साथै ह्वावे क्लाउडका मार्केटिङका अध्यक्ष विलियम डोङ्गले ह्वावे क्लाउडको एक मिलियन भन्दा बढी साझेदारहरू विकास गर्ने, १० मिलियन भन्दा बढी विकासकर्ताहरूलाई जोड्ने र १० मिलियन उद्यम ग्राहकहरूलाई सेवा दिने लक्ष्य प्रस्तुत् गरे ।
एक सेवा रणनीतिको रूपमा ध्यान केन्द्रित गर्दै, ह्वावे क्लाउडले विगत ३० वर्षमा निर्माण गरेका प्रविधिहरू, उपकरणहरू र अनुभवहरूलाई क्लाउडमा उपलब्ध गराउन जारी राख्नुको साथै ह्वावे क्लाउडलाई क्लाउड फाउण्डेसन र औद्योगिक डिजिटलाइजेसनको लागि सक्षम बनाई सम्पूर्ण क्लाउड सेवाहरू र समाधानहरू प्रदान गर्न साझेदारहरूसँग निरन्तर सहकार्य गर्ने कुरा बताए ।
ह्वावे डिजिटल पावरका ग्लोबल मार्केटिङ, सेल्स र सर्भिसका अध्यक्ष चार्ल्स याङ्गले दिगो भविष्य सिर्जना गर्न वातावरण मैत्री विधिहरु प्रयोग गर्ने कुरा गरे। याङले आगामी तीन दशकलाई डिकार्बोनाइजेशन, डिजिटलाइजेसन र बौद्धिक रूपान्तरणले परिभाषित गर्ने बताए ।
त्यसको अतिरिक्त, कम्पनीको टेक्निकल इनोभेसन समिटमा एशिया-प्यासिफिक बजारका लागि दुई नयाँ फ्ल्यागशिप इन्टेलिजेन्ट क्लाउड-नेटवर्क उत्पादनहरू CloudEngine 16800-X र CloudEngine S16700 सार्वजनिक गरिएको छ। त्यसका साथै यस क्षेत्रको व्यावसायिक बजारका लागि भण्डारण उत्पादनहरू, समाधानहरू, डिजिटलीकरण उपकरणहरू, र साझेदार समर्थन कार्यक्रमहरू पनि सार्वजनिक गरिएको छ ।
अपडेट
साझेदारका लागि ह्वावे क्लाउडको नयाँ फ्रेमवर्क
ह्वावेले सन् २०२३ का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको छ । काठमाडौ…
सञ्चारमन्त्रीको गुनासोः प्रविधिको प्रयोग बढ्दो छ तर राजस्व किन घटिरहेको छ ?
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोग बढ्दो भएपनि राजस्…
सवारी दुर्घटना घटाउन डिजिटल बोर्ड
सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा डिजिटल बो…
डिजिटल रूपान्तरणको बाटोमा भ्रष्ट कर्मचारीतन्त्र बन्नेछ बाधक
काठमाडौँ। सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ …
भारत र थाइल्यान्डमा प्रयोग हुने नेपाल टेलिकमको रोमिङ सेवाको महसुल परिमार्जन
नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेव…
महानगरका कर्मचारीले भ्रष्टाचार गरे प्रमाणसहित ह्वाट्सएपमा सम्पर्क गर्नुहोलाः मेयर बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले महानगरका कुनै पनि कर्मचारील…
बडिगाडको विकट गाउँमा मोबाईल सेवाले दिएको खुसी
चारैतिर अग्ला पहाड अनि खोंचमा रहेको ६ टुनिबोट गाउँ, भिमगिठे खोलाको नदि छेउमा र…
भारतबाट नेपालमा फोन गर्दा अब प्रतिमिनेट ७ रूपैयाँ शुल्क
अब भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ७ रूपैयाँ शुल्क लाग्ने भएको छ । भारतबाट न…
पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने व्यक्ति पक्राउ
मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । …
प्राधिकरणले भन्योः इन्टरनेटको शुल्क बढाउन सेवा प्रदायकलाई निर्देशन दिएका छैनौं
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको शुल्क/महशुलदर बढाउन सेवा प्रदायकहरुलाई कुनै…
नमस्ते पेको क्युआर कोडबाट नेपाल टेलिकमको विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सकिने
नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्…
रास्वपा सांसद झाको प्रश्न : भ्रष्टाचारको आरोपीले मोबाइल फरम्याट गर्ने मौका किन पाइराखेको छ ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नक्कली शरणार्थी प्रकरणमा संलग्न र…
अब अनलाइनबाटै एनओसी डाउनलोड गर्न सकिने, यस्तो छ तरिका
अब अनलाइनबाटै वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) डाउनलोड गर्न पाइने भएको छ ।
कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर, रिफर गर्ने र लिनेले २५/२५ रूपैयाँ पाउने
कनेक्ट आईपीएसले ‘रिफर अ फ्रेन्ड’ अफर सार्वजनिक गरेको छ । यस अफरमा प्रयोगकर्ताहरुले …
किन घट्यो नेपाल टेलिकमको खुद नाफा ?
आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको खुद नाफा घटेको छ । टेलिक…