कीवर्डहरू -

अपडेट

जीवनसाथी खोजिदिने एप बिहे नेपाल सार्वजनिक भएको १ वर्ष पुरा, १ लाख २० हजार डाउनलोड 

जीवनसाथी खोजिदिने एप बिहे नेपाल सार्वजनिक भएको १ वर्ष पुरा भएको छ । बिहे गर्ने तरिकालाई परिवर्तन गर्न एक वर्ष अगाडि बिहे नेपाल सुरू भएको थियो ।

एक वर्षको अवधिमा बिहे नेपाल एप १ लाख २० हजारले डाउनलोड गरेका छन् । बिहे नेपाल एप एन्ड्रोइड र आईओएसमा उपलब्ध रहेको छ ।

बिहे नेपाल एप दुई दिदी बहिनी श्रद्धा कटुवाल र श्रेया कटुवालले सुरू गरेकी हुन् । श्रद्धाले न्युजिल्याण्डबाट सिभिल र आर्किटेक्ट इन्जिनियरमा मास्टर्स गरेकी छन् भने श्रेयाले नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) सफ्टवेयर इन्जिनियर अध्ययन गरेकी छन् ।

श्रेयाको कलेज प्रोजेक्टको रूपमा सुरू भएको जीवनसाथी खोजिदिने आईडियाले आज एक स्टार्टअपको रूपमा जन्म पाएको छ । नेपाली समाजमा डेटिङ र जीवनसाथी खोजिदिने एपको आवश्यकता महशुस गरेपछि कलेज प्रोजेक्टलाई नै स्टार्टअपको रूपमा सुरू गरिएको हो ।

बिहे नेपालबाट जीवनसाथी खोज्न सुरूमा अकाउन्ट बनाउनु पर्छ । त्यसपछि अकाउन्ट बनाएर खोज्न सकिन्छ । दुबै जना एसेप्ट भएपछि कुराकानी गर्न मिल्छ । फोन नम्बर, इमेल जस्ता व्यक्तिगत विवरणहरू यसमा हाइड गरिएको हुन्छ ।

बिहे नेपालले भीआईपी क्लब समेत सार्वजनिक गरेको छ । भीआईपी क्लबको शुल्क तोकिएको छ । भीआईपी सदस्यले विशेष सुविधा पाउने छन् ।


यो पनि पढ्नुहोस्ः दिदीबहिनीले सुरू गरेको ‘बिहे नेपाल’, जसले खोजिदिन्छ तपाईलाई सुहाउँदो जीवनसाथी


अपडेट

डिजिटल लर्निङ, साक्षरता र क्षमता अभिवृद्धिमा सरोकारवालाहरूको जोड

एडचेञ्ज नेपालले डिजिटल लर्निङ डे २०२३ नेपालमा पनि मनाएको छ । डिजिटल सिकाई र अभ्य…

अष्ट्रेलियाको आईटी तालिम अब नेपालमै 

गैरआवासिय नेपालीहरूले नेपालमै बसेर अन्तर्राष्ट्रिय आईटी करिअर बनाउन सघाउने भएका छ…

बिङ च्याटबट मोबाइल एप र स्काइपमा समेत सार्वजनिक

माइक्रोसफ्टले बिङ एआइ च्याटबटलाई मोबाइल एप र स्काइपमा सार्वजनिक गरेको छ । अहिलेसम्म…

किन आवश्यक छ डिजिटल लर्निङ ? 

डिजिटल लर्निङ भनेको लर्निङको एउटा प्रकार हो, जसमा प्रविधिको प्रभावकारी प्रयोग हुन्छ …

नेपालपे क्युआरमा २ लाख भन्दा बढी मर्चेन्ट आबद्ध

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकमार्फत नेपालपे क्युआरमा २ लाख भन्दा बढी…

आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता

आइएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता सम्पन्न भएको छ ।

नयाँ नयाँ सीप सिक्न चाहनुहुन्छ ? यस्ता छन् उपयोगी तीन अनलाइन लर्निङ प्लेटफर्म 

सामान्यता अध्ययन भन्नाले सिक्ने वा पढ्ने कुरालाई जनाउँछ । वर्तमान समय विज्ञान र प्रवि…

महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्दै नबिल बैंक

महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्…

नेपालमै विद्युतीय स्कुटर बनाउन लागेकाे ग्रन्थ ईभीले कम्पनीको २५ प्रतिशत संस्थापक शेयर सर्वसाधारणलाई दिने

ग्रन्थ ईलेक्ट्रिक भेहिकल प्रालिले कम्पनीको २५ प्रतिशत संस्थापक शेयर नेपाली जनतालाई बे…

धनगढीमा क्यान इन्फोटेक आयोजना हुँदै, शीर्ष प्रायोजकमा नेपाल दूरसञ्चार प्राधिकरण

फागुन १६ गतेदेखि २० गतेसम्म धनगढीमा क्यान इन्फोटेक २०२३ आयोजना हुने भएको छ । नेप…

विज्ञान र प्रविधिमा लगानी नगरी नेपालको विकास सम्भव छैनः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभई नेपालको विकास हुन नसक्ने बताएका…

अब कम्प्युटरमा भएको गेम स्टिम डेकमा ट्रान्सफर गर्न सकिने

लोकल नेटर्वक प्रयोग गरी स्टिमबाट अब गेमहरू ट्रान्सफर गर्न सकिने भएको छ । स्टिमको नया…

प्रयोगकर्ताको निजी जानकारी सार्वजनिक गर्ने एआई च्याटबटको धम्की 

माइक्रोसफ्टको एआइ च्याटबटले प्रयोगकर्ताको निजी जानकारी सार्वजनिक गरेर प्रतिष्ठामा ठेस…