अपडेट
१५ औं वार्षिकोत्सवको अवसरमा यस्ता छन् १५ दिनका लागि इसेवाका पन्ध्र अफर
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा आम ग्राहक तथा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियमक निकाय तथा शुभचिन्तकहरूमा आभार व्यक्त गरेको छ ।
नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा १५ वर्ष पुरा गरि १६ औँ वर्षमा प्रवेश गरेको अवसरमा सबै सरोकारवाला र शुभचिन्तक प्रति आभार व्यक्त गरेको हो । नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा नेतृत्वदायी भूमिका खेल्दै लाइनबाट अनलाइन भुक्तानी गर्ने प्रणालीको विकास गर्न इसेवाले महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ ।
१५ औँ वार्षिक उत्सवको अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले यो अवस्थामा आउन सहयोग गर्नुहुने आम इसेवा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, पाटनर्स बैंक, नियामक निकाय, कर्मचारी साथी,प्रेस र सम्पूर्ण शुभचिन्तकलाई हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा इसेवाको मोबाईल एप्स्लाई आम मानिसको हरेक क्रियाकलापमा साथ दिएर सुपर एप्सको रूपमा विकास गर्ने लक्ष्य लिएको बताए ।
१५ वर्षको अवधिमा इसेवा प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ८१ लाख पुगेको छ । यसैगरी परोक्ष रूपमा करिब दुई करोड जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल देशभर करिब २ लाख ३० हजारको संख्यामा इसेवा एजेन्टहरू रहेका छन् ।
इसेवाले केन्द्रिय कार्यालय सहित सातै प्रदेशबाट सेवा दिइरहेको छ । आजको दिनमा इसेवा प्रायकसो प्रत्येक गाउँपालिकाका, हरेक वडामा पुग्न सफल भइसकेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ । आम मानिसलाई जुनसुकै सेवाको लागि लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झने अवस्थामा ल्याउन सफल भएको छ । आगामी दिनमा इसेवाले बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा वित्तीय पहुँच वृद्धि गरि प्रत्येक नेपाली नागरिकलाई नविनतम प्रविधि र सेवाहरू प्रदान गर्ने योजना बनाएको छ ।
यस्ता छन् १५ औँ वार्षिक उत्सवका १५ अफर
यसैबीच इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्बजनिक गरेको छ । यो अफर माघ ११ (जनवरी २५) देखि माघ २५ (फेब्रुअरी ८) सञ्चालनमा रहनेछ । अफर अन्तरगत इसेवा मार्फत कुनैपनि कारोबार गर्ने एक जना भाग्यशाली व्यक्तिले आइफोन १५ जित्न सक्नेछन् ।
यसैगरी एयरलाइन्स् टिकट काट्ने १५ जनाले मात्र रु १५ सय १५ मा आन्तरिक हवाई टिकट पाउन सक्नेछन् । यस्तै इसेवा केयर खरिद गर्ने मध्ये एक जनाले १५ हजार रूपैयाँ क्यासब्याक पाउनेछन् भने होटल बुकिङ गर्नेले १५ सय रूपैयाँ क्यासब्याक पाउन सकिनेछ ।
यस्तै मोबाईल टपअप गर्दा र बिजुलीको बिल तिर्दा १५ प्रतिशतको दरले रू १५० सम्मको क्यासब्याक पाइने तथा स्कुल वा कलेजको शुल्क भुक्तानी गर्दा तीन जनाले रू ५ हजारसम्मको क्यासब्याक पाउन सक्नेछन् । इसेवाले यी लगायत विभिन्न अफरहरू सार्बजनिक गरेको छ ।
इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब ४ लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
अपडेट
अख्तियारद्वारा सुनिल पौडेल र विकल पौडेल पक्राउ
अख्तियार दूरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्दे…
यस्तो छ पोको सी सिक्स फाइभ
गएको डिसेम्बरमा पोको सिसिक्स फाइभ बजेट स्मार्टफोन (नेपाली बजारमा सार्वजनिक नभएको) सार्वजनिक भएको थियो । यसमा ठूलो ६…
स्मार्टफोन जस्तै देखिने र्याबिट प्रविधि आर वान के हो? कसरी काम गर्छ?
अहिले प्रविधिको क्षेत्रमा स्मार्टफोन जस्तै देखिने एआईबाट सञ्चालित प्रविधि र्याबिट (Rabbit) नाम भएको स्टार्टअपले आर…
नेपाली मूलका डा. समिर मास्केले सुरू गरेको फ्युजमेसिन अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत हुँदै
नेपाली मूलका व्यवसायी डा. समिर मास्केले स्थापना गरेको एआईमा काम गर्ने कम्पनी फ्युजमेसिन्स इंक अमेरिकाको स्टक एक्सचेन्ज नासड्याकमा …
१६ औं राष्ट्रिय योजनालाई डिजिटल रुपान्तरणको योजना बनाउनुपर्छः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राज्यको प्राथमिकता र लगानी सूचना प्रविधिमा केन्द्रित गर्नुपर्ने बेला आएको बताएकी छन् ।…
अब सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाटै दर्ता गर्न पाइने
सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।&n…
आइओएस १७.३ सार्वजनिक, यस्ता छन् नयाँ अपडेट
एप्पलले आफ्नो आईफोन प्रयोगकर्ताहरूका लागि आइओएस १७.३ अपडेट सार्वजनिक गरेको छ । यसमा प्रयोगकर्ताका लागि स्टोलेन डिभाइस प्रोट…
यस्तो हुनेछ सामसङको ग्यालेक्सी रिङ, कहिले होला सार्वजनिक ?
सामसङले हालै आयोजना भएको ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा ग्यालेक्सी रिङको पनि घोषणा गरेको छ । कम्पनीले सो कार्यक्रमलाई …
भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्दा सित्तैमा १२५ एमबीपीएसको प्याकेज
भायानेट कम्युनिकेसनले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि बाइ वान गिफ्ट वान फ्री (एक किन्दा एक उपहार) इन्टरनेट योजन…
डिशहोमको एक्सन स्पोर्टस एचडी वानमा आहा रारा गोल्डकप हेर्न सकिने
पोखरामा मंगलबारदेखि सुरू हुने आहा रारा गोल्डकपको २३ औं संस्करणका खेलहरुको हेर्न सकिने भएको छ । पोखरा रंगशालामा हुने प्…
माघ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा क्यान इन्फोटेक हुँदै
आगामी माघ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा क्यान इन्फोटेक २०२४ आयोजना हुने भएको छ ।
कतै इन्स्टाग्रामले जासूसी त गरिरहेको छैन्? यसरी रोक्नुहोस्
मेटाले लगातार प्रयोगकर्ताहरूको व्यक्तिगत डाटामा काम गरिरहेको छ किनभने यस विषयमा कम्पनीलाई धेरै पटक आरोप लगाइएको छ । यस्तो अवस्…
सूदर्शन सहकारीका सदस्यहरूले क्युआर स्क्यान गर्दा कारोबार जानकारी तुरून्तै आवाजबाट पाउने
सूदर्शन बचत तथा ऋिण सहकारी संस्थाले डिजिटल सहकारी सेवा अन्तर्गत क्युआर कोर्डमार्फत कारोवार गर्दा अब कोइली कराउने भएको छ । …
अब विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण हुनेछ: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण गरेरै छाडिने बताएकी छन् ।
रूसी ह्याकरहरूले गरे माइक्रोसफ्टको प्रणालीमा आक्रमण, नेतृत्वको अकाउन्टमा पहुँच
रूसी ह्याकरहरूले माइक्रोसफ्टको प्रणालीमा आक्रमण गरेका छन् । साइबर आक्रमपछि ह्याकरहरूलेले माइक्रोसफ्टको नेतृत्व र क…