कीवर्डहरू -

टिकटकको बदला लिदै चीन, ह्वाट्सएप र थ्रेड्सलाई एप स्टोरबाट हटाउन आदेश

टिकटकको बदला लिदै चीन, ह्वाट्सएप र थ्रेड्सलाई एप स्टोरबाट हटाउन आदेश

अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धको परिणाम मेटाले सामना गरिरहेको छ । अमेरिकामा चिनियाँ एप टिकटकले धेरै नियामक मापदण्डका कारण कठिनाइको सामना गरिरहेको समयमा अहिले चीनले अमेरिकी कम्पनीहरु कडा मापदण्ड लागु गर्न थालेको छ । 

चिनियाँ सरकारको आदेशपछि एप्पलले अमेरिकी कम्पनी मेटाको दुई सोसल मिडिया प्लेटफर्म ह्वाट्सएप र थ्रेड्सलाई एप्पल एप स्टोरबाट हटाउन आदेश दिएको छ । चीनले सुरक्षा कारण देखाउँदै दुवै एप हटाउन आदेश दिएको छ । यद्यपि मेटाका अन्य सामाजिक सञ्जाल एप फेसबुक, इन्स्टाग्राम र मेसेन्जर अझै पनि एप्पल प्ले स्टोरमा उपलब्ध छन् ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार एप्पलले मेटाका एप हटाउने सम्बन्धमा जारी गरेको विज्ञप्तिमा चीनको साइबरस्पेस एडमिनिस्ट्रेशनले ह्वाट्सएप र थ्रेड्स एप हटाउन आदेश दिएको बताएको छ ।

यता एप्पलले भने काम गरिरहेको देशको नियम पालना गर्नुपर्ने बताएको छ । यससँगै एप्पलले चिनियाँ उपभोक्ताले अर्को देशमा यात्रा गर्दा यी एपहरू डाउनलोड गर्न सक्ने एप्पलको भनाइ छ । 

चिनियाँ साइबरस्पेस प्रशासनले पनि यस सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन् । मेटाका एपमा यो कारबाही चीनको नयाँ नियमका कारण भएको केही विज्ञहरुको विश्वास छ । नयाँ नियम अनुसार चीनमा काम गर्ने सबै एप सरकारमा दर्ता हुनुपर्नेछ ।

चीनमा एप दर्ता गर्ने अन्तिम मिति मार्च ३१ थियो र नयाँ नियम अप्रिल १ देखि लागू भएको थियो । चीनले धेरै एपमा यस्तो कारबाही गरिसकेको छ । गत वर्ष नै चीनले च्याटजीपीटी एप पनि हटाएको थियो ।