अपडेट
दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको लागि सरकारले माग्यो आवेदन, उमेर कति हुनुपर्छ ?
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदका लागि आवेदन माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सूचना प्रकाशित गर्दै नयाँ सदस्यका लागि इच्छुकहरुबाट आवेदन माग गरेको हो।
सूचना अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले तोकिएको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त पेश गर्न भनिएको छ।
जसमा न्यूनतम योग्यताअनुसार दरखास्त पेश गर्ने अन्तिम दिनसम्म उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। यस्तै मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, जनप्रशासन विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ७ ९सात० वर्षको अनुभव प्राप्त गरेको तर सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा पब्लिक लिमिटेड कम्पनीको कर्मचारीको हकमा व्यवस्थापन, अर्थशास्त्र, जनप्रशासन विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दसौं तह वा सो भन्दा माथिल्लो पदमा कम्तीमा ७ (सात) वर्ष काम गरेको अनुभव प्राप्त गरेको हुनुपर्ने प्रावधान छ।
यसका साथै आवेदक प्रचलित कानून बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको र उपरोक्त योग्यता पुगेका इच्छुक व्यक्तिले माग गरिएका कागजातहरू संलग्न गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समक्ष दरखास्त पेश गर्नुपर्ने उल्लेख छ।
यसका साथै आवेदक व्यक्तिले नेपाली वा अङ्ग्रेजी भाषामा ए फोर साइज कागजमा तयार गरिएको कम्तीमा ३ हजारदेखि बढीमा पाँच हजार शब्द सम्मको व्यावसायिक कार्ययोजनाको सिलबन्दी ९कम्प्युटर टाइप गरिएको, पहिलो पाना ९कभर पेज० को सबैभन्दामाथि आफ्नो नाम लेखिएको र अन्य कहीं पनि नाम वा आफूलाई चिनाउने कुनै सङ्केत नभएको० पेश गर्न भनिएको छ।
दूरसञ्चार प्राधिकरणकाअनुसार हालका सदस्य राम मणि दुवाडीको कार्यकाल यहि जेठ ३० गते सकिँदैछ। सदस्य दुवाडीलाई २०७५ साल जेठ ३१ गते सदस्य पदमा नियुक्त गरेको थियो। उनलाई बजार व्यवस्थापन विज्ञको रुपमा सदस्य पदमा नियुक्त गरिएको थियो।
ऐन अनुसार बजार व्यवस्थापनसँग सम्बन्धित अनुभव र योग्यता भएका एक सदस्य प्राधिकरण बोर्डमा रहने व्यवस्था छ। इच्छुक आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र मन्त्रालयमा आवेदन बुझाउनुपर्नेछ।
हेर्नुहोस् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निकालेको विज्ञापन :
अपडेट
बजेटबारे सूचना प्रविधि क्षेत्रका विज्ञ भन्छन् : बजेट सकारात्मक छ, तर कार्यान्वयनमा चुनौती आउँछ
सरकारले ल्याएको आर्थिक वर्ष २०८०र८१ को बजेटमा सूचना प्रविधि क्षेत्रका विज्ञहरुले सका…
आज पुथ्वी नजिक तीन ओटा एस्टेरोइड आउँदै, कत्तिको छ खतरा ?
क्षुद्रग्रहहरू (एस्टेरोइड) विगत केही महिनादेखि लगातार पृथ्वीबाट गुज्रिरहेका छन् । क्ष…
हेल्थ ई-कमर्स प्लेटफर्म मेडिमार्ट डटकम सार्वजनिक
नेपालको स्वास्थ्य सेवामा केन्द्रित ईकमर्स प्लेटफर्म मेडिमार्ट डटकम सार्वजनिक भएको छ । घ…
आइएमई पेबाट निसर्ग अस्पतालमा भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट
‘आइएमई पे’ र निसर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनु…
एनआईसी एशिया बैंकको मोबाइल एपबाट थापाथली र पशुपति बहुमुखी क्याम्पसमा भुक्तानी गर्न सकिने
एनआईसी एशिया बैंकले काठमाडौंस्थित इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको थापाथली क्या…
एप र नयाँ आउटलेटलाई विस्तार गर्दै क्लासिक टेक
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्टलाई प्राथमिकता दिँदै प्रयोगकर्ता-मैत्…
आइएमई पेबाट अरोगीन हेल्थ केयरमा भुक्तानी गर्दा ४५ प्रतिशतसम्म छुट
‘आइएमई पे’ र अरोगीन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता …
बजेटको उद्देश्य विद्युतीय सवारीलाई निरुत्साहित गर्ने होइनः अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको ध्येय विद्युतीय सवारी साधानलाई निरुत्साहित गर्…
महावीर पुनले भने, ‘सरकारले ढाँट्यो, आविष्कार र स्टार्टअपका लागि १ प्रतिशत बजेट छुट्याएन’
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट …
अब सबै करदातालाई क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र
सबै करदातालाई क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र स्वचालित रूपमा उपलब्ध हुने भएक…
भन्सारमा पेश गर्नुपर्ने सबै कागजात विद्युतीय माध्यमबाट पेश गर्न सक्ने व्यवस्था मिलाइने
भन्सारमा पेश गर्नुपर्ने सबै किसिमका कागजात क्रमशः विद्युतीय माध्यमबाट पेश गर्न सक्ने …
स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरिने
स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचय पत्रसँग आवद्धता गरी कराधार विस्तार गर्दै लगिने भ…
सूचना प्रविधि सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्नेलाई आयमा करमा ५० प्रतिशत छुट
सरकारले सूचना प्रविधि सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी म…
आवश्यकता अनुसार राष्ट्रिय परिचयपत्र, राहदानी, ड्राइभिङ लाइसेन्स लगायतका सेवा २ सिफ्टमा
आवश्यकता अनुसार राष्ट्रिय परिचयपत्र, राहदानी, ड्राइभिङ लाइसेन्स लगायतका सेवा २ सिफ्…