अपडेट
माघ १५ देखि हुने \'सुबिसु क्यान इन्फोटेक\'को तयारी तीव्र, ९० प्रतिशत स्टल बुकिङ
काठमाडौं । माघ १५ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने २५औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ तयारी तीव्र पारिएको छ ।
६ दिन सञ्चालन हुने इन्फाेटेककाे शुक्रबारसम्म ९० प्रतिशत स्टल बुकिङ भएको र प्रायोजकहरु पनि लगभग निश्चित भएको जानकारी क्यान महासंघका केन्द्रीय महासचिव रञ्जित पोद्दारले दिए । उनले सञ्चारमाध्यममार्फत् प्रदर्शनीको व्यापक प्रचारप्रसार गर्न र फेरि एकपटक राजधानीलाई प्रविधिमय बनाउन लागिपरेको बताए ।
प्रदर्शनीमा सूचना प्रविधिसम्बन्धी कुल १ सय ७५ स्टल रहने छन् । हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सलुसन, मोबाइल फोन, मोबाइल फोन एसेसरिज, डिलर एवं डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्िटच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सलुसन्स आदि प्रदर्शनीमा सहभागी हुने छन् ।
नयाँ नयाँ प्रबिधिको अवलोकनसँगै जागिरको अवसरपनि भन्ने नाराका साथ आयोजित मेलामा सूचना तथा सञ्चार प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिने छ ।
यस पटकको इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रबिधि समेत समावेश गर्ने प्रयास गरिएको छ । मेलामा प्रत्येक ३/३ घण्टामा चिठ्ठा मार्फत अवलोकनकर्तालाई गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
साथै प्रत्येक दिन १ जनालाई बम्पर पुरस्कारको पनि व्यवस्था गरिने बताइएको छ । नेपालीले निर्माण गरेको दैनिक जीवनमा प्रयोग हुने रोबोट पनि प्रदर्शन गरिने छ ।
सूचना प्रबिधिको क्षेत्रमा करियर बनाउन प्राबिधिक विषय अध्ययनरत विधार्थीले मेला स्थलमै बायोडाटा बुझाउन सक्नेछन् । क्यान महासंघले ती बायोडाटालाई आइटी कम्पनीहरुमा पठाइदिने र रोजगारीका लागि आवश्यक सहजीकरण गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । साथै अनलाइन टिकट खरिदमा १० प्रतिशत छुट रहेको छ ।
अपडेट
साझा यातायातको कम्पाउन्डमा राखियो चार्जिङ मेसिन
काठमाडौं - साझा यातायातको पुल्चोकस्थित कम्पाउन्डमा चार्जिङ मेसिन राखिएको छ । सुन्दर यातायात प्रालिले विद्युतीय बस तथा कार…
सिटिजन्स बैंकको भिजा डेबिट/क्रेडिट कार्ड प्रयोगमा नगद फिर्ता योजना
काठमाडौं । “योर पार्टनर फोर प्रोग्रेस”भन्ने सिटिजन्स बैंकले क्यास व्याक(नगदफिर्ता) योजना ल्याएको छ ।
यो योजना अन्तर्गत बैंकको भिजा डेबि…
प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरिदैं, इच्छुकले अनलाइनबाटै आवेदन दिन सक्ने
काठमाडौं । देशका सबै स्थानीय तहमा सरकारले रोजगार संयोजक नियुक्ती गर्ने भएको छ । रोजगार संयोजक नियुक्त गरेर लाखौलाई रो…
सूचना प्रविधिसम्बन्धी नयाँ विधेयक संसदमा पेश हुँदै, नयाँ के के छन् विधेयकमा ?
काठमाडाैं । नेपालमा हाल सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित दुई वटा ऐन छन्, विद्युतीय कारोबार ऐन २०६३ र दूरसञ्चार ऐन २…
सूचना प्रविधिको नयाँ विधेयक संसदमा पेश हुँदै, नयाँ के के छन् विधेयकमा ?
काठमाडाैं । नेपालमा हाल सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित दुई वटा ऐन छन्, विद्युतीय कारोबार ऐन २०६३ र दूरसञ्चार ऐन २…
ईयूको आरएण्डडी स्कोर बोर्डमा ह्वावे पाँचौ स्थानमा
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि (आइसीटी) मा ह्वावेको ग्लोबल प्रोभाइडरले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । यूरोपेली आयोग ईयूको २०१८ को लगान…
\'टुटल\' र \'पठाओ\'लाई पहिले झै चल्न दिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताहरुले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगा…
विभागको निष्कर्ष : स्मार्ट लाइसेन्सको प्रिन्ट गुणस्तरीय छैन
काठमाडौं । यातायात व्यवस्था विभागले आउटसोर्सिङ गरेर छापिएको स्मार्ट लाइसेन्स गुणस्तरीय नभएको निश्कर्ष निकालेको छ । त्यसैका …
सिइएस २०१९ मा स्काइवर्थलाई ४ अवार्ड
काठमाडौं । हाउसहोल्ड एप्लायन्स इन्डस्ट्रीमा काम गर्ने कम्पनी स्काइवर्थले अमेरिकास्थित लस भेगस भ्यालीमा आयोजित सिइएस २०१९ मा ४…
विद्युत प्राधिकरणले गरेको भाडा वृद्धिमा इन्टरनेट सेवा प्रदायकको विरोध
काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष ०७५/७६ देखि लागू हुने गरी …
दूरसञ्चारका प्रोजेक्ट नरोकियोस् भन्नेमा केन्द्रित छु : निमित्त अध्यक्ष खनाल
नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार क्षेत्रमा मन्त्रालय र प्राधिकरणबाट सञ्चालन भइरहेका विकास आयोजनाका काम नरोकियोस् भन्नेमा…
आगामी आर्थिक वर्षमा डिस होमको आइपिओ
नेपालको पे टि.भि. इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क लि. को ९ औं बार्षिक साधारण सभा श्री हेमराज ढकाल ज्यूको अध्यक्षतामा यहि …
नेपाल टेलिकमको ११र्औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडाैं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको एघारौं वार्षिक साधारणसभा काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक…
वीरगञ्जमा क्यान इन्फोटेक जारी, कम्पनीले ल्याए आकर्षक छुट र अफर
सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउन तथा प्रदेश २ लाई आइटीको हब बनाउने उद्देश्यले ‘सुबिसु क्यान इन्फोटेक&…