अपडेट
सुबिसु क्यान इन्फोटेकमा अफर र छुट, आज अन्तिम दिन
माेरङ । विराटनगरस्थित जैन भवनमा जारी सुबिसु क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताको आकर्षण बढेको छ । इन्फोटेकमा कम्पनीहरुको छुट, अपर र अन्य आकर्षणहरुले पनि अवलोकनकर्तालाई लोभ्याएको छ । आज अन्तिम दिन भएकोले धेरैजनाले सहभागिता जनाउने आयोजकको अपेक्षा छ ।
क्यान महासंघ मोरङ शाखाको मुख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा बिहीबारदेखि जारी इन्फोटेकमा सहभागी कम्पनीहरुले विभिन्न अफरहरु दिइरहेका छन् । शनिबार कम्पनीहरुले आफ्ना प्रडक्टहरुमा ५० प्रतिशतभन्दा बढी छुट दिएका छन् । ल्यापटप, कम्प्युटर, एन्टिभाइरस, प्रिन्टर तथा सिसिटिभीलगायतका प्रडक्टमा कम्पनीहरुले आकर्षक छुट दिएका छन् । सुबिसुले भयंकर अफर ल्याएर एकदमै सस्तो प्याकेजमा इन्टरनेट दिएको छ । वल्र्डलिंक, म्याक्स तथा कनेक्ट नेपाल आइएसपीहरुले पनि अफर दिएका छन् ।
कम्पनीहरुले विभिन्न प्रडक्टको खरिदमा अन्य प्रडक्टहरु निःशुल्क उपलब्ध गराएका छन् । सेक्युरिटी डिभाइसहरुको आकर्षण बढेको छ । मानिसहरु प्रडक्ट खरिद गर्न मात्र नभएर बुझ्न र थप ज्ञान लिन पनि अवलोकन गरिरहेको पाइएको छ । यस्ता इभेन्टहरु भइरह्यो भने सचेतना बढ्ने र प्रविधितर्फ सबैको चासो थपिने अवलोकनर्ता बताउँछन् ।
इन्फोटेकमा पहिलोपटक विभिन्न प्रडक्टहरु सार्वजनिकसमेत भएका छन् । विन्डोज वान बोर्ड अफिस, योगा बुक र केही अत्याधुनिक सिसिटिभी क्यामेराहरु इन्फोटेकमा नयाँ प्रडक्टका रुपमा रहेका छन् । यसैगरी केही सफ्टवेयर कम्पनीले नयाँ भर्सनका प्रडक्टहरु सार्वजनिक गरेका छन् । पाइन ओभरसिज, नेटवर्क सोलुसन, एलिना इन्फोटेक, चन्द«सफ्ट, सिपी प्लसलगायतका स्टलहरुमा नयाँ प्रडक्टहरु आकर्षणको रुपमा रहेका छन् ।
सयभन्दा बढी स्टलहरुमा अन्तिम दिन विभिन्न आकर्षक अफर र छुटहरु जारी रहेको आयोजकले जानकारी दिएको छ । यसैगरी इन्फोटेकमा एक्जिबिसनबाहेक अन्य थुप्रै आकर्षणहरु रहेका छन् । शनिबार रोबोवारको क्वाटर फाइनल र सेमिफाइनल सम्पन्न भएको छ । कसमस ग्रुप र डिस्ट्रक्सन समूहबीच आइतबार रोबोवार फाइनल भएको छ ।
रोबोवारमा १५ भन्दा बढी समूहहरुको सहभागिता रहेका थियो । यसैगरी ह्याकाथन पनि सञ्चालन भइरहेको आयोजक समितिका अध्यक्ष राजन यादवले जानकारी दिए । आज अन्मित दिन सबै प्रतियोगिताहरुको फाइनल नतिजा आउने आयोजकले बताएको छ ।
विद्यार्थीहरुले बनाएका स्मार्ट सिटी मोडलिङहरु पनि कार्यक्रममा प्रस्तुत भएका छन् । भिडियो प्रतिस्पर्धा लगायतका अन्य थुप्रै कार्यक्रमहरु भइरहेको छ । ७ वर्षपछि विराटनगरमा भएको इन्फोटेकले फेरि एकपटक मानिसलाई थप चासो र उत्साह थप्दै विराटनगरको सुबिसु क्यान इन्फोटेक आज समापन हुँदै छ ।
अपडेट
गुगल बिजनेश ग्रपको आयोजनामा शनिबार \'बिज फेस्ट २०१९\' हुँदै
काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौं नेपालको सबैभन्दा ठूलो स्टार्टअप मेला ‘जीबीजी …
होन्डा नेपाल ड्रिम कप आयोजना
काठमाडौं । नेपालमा पहिलो पटक होन्डाले ‘होन्डा नेपाल ड्रिम कप’ रेसिङ च्याम्पियनसिप आयोजना गरेको छ । रेसिङका लागि उत्साहि…
भायनेटको नयाँ अफर, ६० एमबिपिएस स्पिडको १७२० रुपैयाँ
काठमाडौं । भायनेट कम्युनिकेसन्स्ले ‘गो फर स्पिड, गो फर भायनेट’ योजना सार्वजनिक गरेको छ । फाईबर टु द होम (एफटिटिएच) इन्ट…
‘स्मार्ट’ लाइसेन्स लिनेको संख्या ५ लाख नाघ्यो
ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिका लागि राजश्व तिर्ने सेवाग्राहीको संख्या पाँच ला…
औषधि बेच्दा अब अनलाइनमा विवरण राख्नुपर्ने
काठमाडौँ, पुस १८ । सरकारले औषधिको विक्री–वितरणलाई व्यवस्थित गर्ने भएको छ ।
आगामी आर्थिक वर्षदेखि औषधिको बिक्री–वितरण गर्दा चिकित्सकको…
एनटिए वरिष्ठ निर्देशक खनाल मन्त्रालयको काजमा, भित्री रहस्य के हो ?
शिव बस्नेत-
नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)को अध्यक्ष पदबाट दिगम्बर झाले गत बुधबार राजि…
एनटिए वरिष्ठ निर्देशक खनाल मन्त्रालयको काजमा, भित्री रहस्य के हो ?
शिव बस्नेत-
नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)को अध्यक्ष पदबाट दिगम्बर झाले गत बुधबार राजि…
नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने
नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली …
नेपाल र श्रीलंका बीच ६१औं दौत्यसम्बन्धको कार्यक्रम सम्पन्न
काठमाण्डौ । नेपाल र श्रीलंका बीच दौत्यसम्बन्ध कायम भएको ६१औं वर्ष गाठ को अवसरमा नेपाली उद्यमी व्यवशायी र श्रीलंका राजदुताव…
सुबिसुको भयंकर अफर
केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्नो १८ औँ वार्षिकत्सवको अवसर पारी आफ्नो ग्राहकहरुस…
बारपाकमा प्रभुको शाखा कार्यालय सञ्चालनमा
गोरखा । शनिबार बारपाक सुलीकोटमा प्रभु बैंकको शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । यसको उद्घाटन भुतपूर्व उप–प्…
नेस्को आइटी २०१८ सम्पन्न
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीले आयोजना गरेको नवौँ नेस्नल स्टुडेन्टस् कन्फरेन्स् अन इन्फर्मेसन टेक्नोलाजी(नेस्को आइटी)– चौथो इन्टरनेस्नल आइटी क…
आज माईक्रोसफ्ट कनेक्ट २०१८ हुदै
माईक्रसफ्ट कनेक्ट २०१८ पुष १४ गते नियोसार्पमा हुने भएको छ । यो वर्षिक रुपमा हुने सम्मेलन यस वर्ष एएसपीनेटले गर्न लागेको छ ।
यसमा नयाँ टेक्नोलोजीह…
स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८
हालको सहरी समस्यालाई प्रविधिमा रुपमा समाधान खोज्ने क्रममा काठमाडौं महानगरले बुधबारबाट “स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८” कार्यक्रम शुरु गरेको छ ।
शुक्रवार र शनिवार केयुमा आइटी मिट २०१८
पुस १३ र १४ गते आइटी मिट २०१८ आयोजना भइरहेको छ । काठमाडौं युनिभर्सिटी कम्प्युटर क्लब र कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ डिपार्टमेन्टको संयुक्त आयोजनामा हुन ल…