अपडेट
टाटा टिगोर नेपाली बजारमा
काठमाडौं : टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपाली बजारमा नयाँ टाटा टिगोर भित्र्याएको छ। गत वर्ष सार्वजनिक गरिएको टिगोरको यो फेसलिफ्ट हो। टिगोरलाई केही परिमार्जित गरेर डिसेम्बर २ देखि नेपाली बजारमा ल्याइएको छ।
यसले पनि पुरानो गाडी जतिकै सफत हुने कम्पनीको विश्वास छ। ग्राहकको प्रतिक्रिया तथा सुझाव समावेश गरिएको टिगोर उच्च स्तरिय भएको कम्पनीको दाबी छ। यसलाई द सेडान फर द स्टार नाम दिइएको छ। पावर र पफर्मेन्समा नयाँ र पुरानो टिगोरमा तात्विक भिन्नता छैनन्। यसमा पनि पुरानो टिगोरजस्तै तीन सिलिन्डर भएको ११९९ सीसीको इन्जिन छ। यसको बाहिरी र भित्री भागमा थप मिहिनेत गरिएको छ।
यसले गाडी आकर्षक देखिएको छ। टिगोरको कटिङएजमा दिएको क्रोमसेट यसले प्रिमियम लुक्स प्रदान गर्छ। यसको फ्रन्ड ग्रिल बोल्डर डिजाइनको छ। उच्च भिजिविलिटीका लागि प्रोजेक्टर हेडल्याम्स र क्लियर लेन्स टेल ल्याप्स राखिएको छ।
क्रमसेट, अलोय ह्विल, सार्क टेलले गाडीलाई थप आकर्षित बनाएको छ। ५ इन्चको टच स्क्रिनलाई बढाएर ७ इन्च बनाइएको छ। यसमा भ्वाइस कमाण्ड, मल्टी ड्राइभ मोड, ४ वटा स्पिकर र ४ वटा ट्विटर, इलेक्ट्रोनिक फोल्डिङ मिरर लगायतका फिचर्स छन्।
यसमा हार्मन कार्डनको इन्फोटेन्टमेन्ट सिस्टम छ। नयाँ यसमा रहेको लेदर सिट कभर र फाइन फिनिसिङले प्रिमियम फिल दिने कम्पनीको दावी छ। नयाँ टिगोर वेस लेभवदेखि नै डूवल एअर ब्यागमा उपलब्ध छ। यसले एअर ब्यागका लागि फुल अप्सनमा जानुपर्दैन।यसअघि एक्सजेट र एक्सजेट प्लसमा मात्र एअर व्याग थियो।
टिगोर ६ रंगमा उपलब्छ। सिल्भर, ह्वाइट, ब्राउन, रेड, ग्रेयका साथै ब्लू यसमा चार सय १९ लिटर बराबरको बुट स्पेस छ। नेपालमा उपलब्ध कम्प्याक्ट सेडानमध्येमा यसको बुट सबैभन्दा ठूलो भएको कम्पनीको दाबी छ।
१.२ लिटर सीसी रेभोर्टोन पेट्रोल इन्जिनको यस गाडीले ६ हजार आरपिएममा ८५ हर्स पावर शक्ति र ३ हजार ५ सय आरपिएममा १ सय १४ एनएम टर्क दिन्छ। यसको लम्बाइ ३९९२ एम,चौडाइ १६७७, उचाइ १५३७ एमएम छ। ह्लिव वेस २४५० एमएमको गाडीको ग्राउन्ड क्लियरेन्स १७० एमएमको छ।यसको सुरुवाती मूल्य २७ लाख ५५ हजार रुपैयाँ तोकिएको छ।
अपडेट
इन्टेग्रीटी आइडलको उपाधी बर्दियाका प्रजिअ ‘राम बहादुर कुरुम्बाङ्ग’
काठमाडौं । नेपालमा सूचना प्रविधि (आइटी) क्षेत्रको प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा सरकोकारवाला निकायबीच संवाद गरिए…
एक दिन कृतिम सुर्य सञ्चालन गर्न २० लाख खर्च लाग्ने
चिनियाँ वैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमालाई आकाशमा पाठाउने कुरा गरेका थिए । त्यस पछि कृतिम सूर्य बनाउन लागी परेका चिनियाँ वैज्ञानिकहरु सफल भ…
नेपालमा ओपोको पहिलो आर सिरिज \'आर १७ प्रो\' सार्वजनिक हुदै
चीनमा आर १७ र आर १७ प्रो सार्वजनकि गरे देखि नै यी स्मार्टफोन अहिले विश्वभर नै चर्चाको विषय बनेर रहेका छन् । नेपालमा पनि लामो समयदेखि उपभोक्ताहरु आर–सिरि…
सामसुङले ५ जी नेटवर्क भएको स्मार्टफोन ल्याउदै
सामसुङ र भेरीजोनले मिलेर ५ जी नेटवर्क भएको सामसुङ ग्यालेक्सी एस १०, २०१९ मा लन्च गर्ने भएको छ । नँया फोनमा रहने उक्त नेटवर्क नेटवर्किङ स्टान्डर्डको लागि सबैभ…
२०२६ सम्म विश्वभर निःशुल्क वाईफाई प्रदान गर्ने चिनियाँ कम्पनीको घोषणा
चीन । एक चिनियाँ इन्टरनेट टेक्नोलोजी कम्पनीले सन् २०२६ सम्म विश्वभरी निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा प्रदान गर्ने घोषणा गर…
आइसिटीमा ५ वर्षमा एक लाखलाई रोजगारी, श्रममन्त्री भन्छन्, ‘देशैभरी रोजगारी सिर्जना गर्दैर्छौं’
काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले आइसिटी क्षेत्रमा लाखौंलाई रोजगारी दिने गरी सरकारले काम गरिरहेको बताएका छन् । काठमाडौंमा …
आइसिटीमा ५ वर्षमा एक लाखलाई रोजगारी, श्रममन्त्री विष्ट भन्छन्, ‘देशैभरी रोजगारी सिर्जना गर्दैर्छौं’
काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले आइसिटी क्षेत्रमा लाखौंलाई रोजगारी दिने गरी सरकारले काम गरिरहेको बताएका छन् । काठमाडौंमा …
सिटिसी मलमा मोबाइल तथा ल्यापटप मेला लाग्दै, किस्ताबन्दीमा किन्न पाइने
काठमाडौं । मंसिर २० गतेदेखि १५ दिनसम्म सिटीसी मल सुन्धारामा मोबाइल तथा ल्यापटप मेला लाग्ने भएको छ । रहेको सिटीसी मोबा…
श्रम स्वीकृति प्रक्रियामा अनलाइन टोकनको व्यवस्था
अब श्रम स्वीकृति लिन घण्टौँ लाइन बस्नु पर्दैन । श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन वैदेशिक रोजगार कार्यालय ताहाचलले अनलाइन टोकन प्रणाली शुरु गरेको छ ।&…
एनआइसी एसियाको भिसा कार्डमा आकर्षक क्यास ब्याक अफर
एनआइसी एसिया बैंकले आफ्नो बैंकको कार्डमार्फत् किनमेल गर्दा निश्चित रकम फिर्ता दिने योजना ल्याएको छ । बैकले भिसाको सहकार्यम…
हिमालय कलेज अफ इन्जिनियरिङमा बृहत् रोजगार मेला हुने
केएमसी एजुकेशनल नेटवर्क अन्र्तग सञ्चाल नभइ रहेको हिमालय कलेज अफ इन्जिनियरिङले आफ्नै प्राङ्गणमा यही मंसीर २१ गते बृहत् रोजगार मेलाको आयोजना गर्ने भएको छ ।