कीवर्डहरू -

अपडेट

नेपाली बजारमा मोबाइल सेटको आयात घट्यो, चीनबाट ६ अर्ब रुपियाँको मोबाइल आयात

पछिल्लो ३ महिनामा नेपाली बजारमा मोबाइल सेटको आयात घटेको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार आ.व. ०७५/०७६ को पहिलो तीन महिनामा झण्डै ७ अर्ब रूपैयाँ बरारको १३ लाख, ६२ हजार, ३ सय ३१ थान मोबाइल सेट आयात भएको छ । गत वर्षको तुलनामा ४ लाख थान मोबाइल कम हो ।


गत आर्थिक वर्ष २०७४/०७५ को पहिलो तीन महिनामा करिब ८ अर्ब रूपैयाँको १७ लाख ६३ हजार २ सय ३ थान मोबाइल आयात भएको थियो। यो अवधिमा आयातित मोबाइलमध्ये सबैभन्दा बढी हिस्सा चिनियाँ फोनको छ। चीनबाट मात्रै झण्डै ६ अर्ब रूपैयाँ बराबरको ११ लाख, ७३ हजार, १ सय ७ थान आयात भएको छ।

आ.व. २०७४/०७४ को सोही अवधिमा १४ लाख २५ हजार ४ सय ८५ थान मोबाइल चीनबाट भित्रिएका थिए। पछिल्लो समय विश्वमा डलरको मूल्य बढ्नु र बैङ्किङ तरलताले मोबाइल आयातमा गत वर्षको तूलनामा घटेको नेपाल मोबाइल व्यवसायी सङ्घका अध्यक्ष पुरूषोत्तम वस्नेत बताउँछन् ।

उनका अनुसार मोबाइल उत्पादनको हब चाइना भएकाले चाइनिज फोन बढी आयात भएको हा नेपाली बजारमा चाइनिज मोबाइलको माग पनि बढ्दो छ। अघिल्ला वर्षमा चीनपछि भियतनामबाट धेरै मोबाइल आयात हुने भएपनि यो वर्ष भारतबाट बढी मोबाइल आयात भएको पाइन्छ।

चालू आवको पहिलो तीन महिनामा सो मोबाइल आयात भएबाट सरकारलाई १ अर्ब, १७ करोड ४५ लाख ४८ हजार राजस्व प्राप्त भएको छ।

अपडेट

एनपीसर्टको दोस्रो वार्षिक साधारणसभा सम्पन्न 

काठमाडाैं । इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपी सर्ट)को दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपालको साइबर सुरक्षाको क्षेत्रमा क्रियाशील

साइबर सुरक्षा सम्मेलन ‘थ्रेटकन २०१८\' सम्पन्न, ह्याकरहरुले दिए सेक्युरिटी सोलुसन

आनन्दराज खनाल संयुक्त राष्ट्र संघ अन्तर्गत आइजीएफको \'म्याग\' सदस्यमा नियुक्त 

संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम 'आइजीएफ' को मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप ९म्याग० को सदस्यमा नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दरा…

वर्ल्डलिंकलाई आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन अवार्ड

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनीकेशन्स प्रा.लि. अन्तर्राष्ट्रीय अवार्डबाट सम्मानित भएको छ । एशियन ओसेइएन क्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन 'अस…

मसिंर ३ मा सिडस्टार नेपाल प्रतियोगीता 

यहि मंसिर ३ गते सिडस्टार प्रतियोगीता काठमाडौँमा हुने भएको छ । यो कार्यक्रम ंशकर होटेलमा १ बजे देखि सुरु हुने छ । यहाँ बाट ८ स्र्टाटअप कम्पनीहरु सेलेक्सन ग…