कीवर्डहरू -

अपडेट

साउन १ देखि बढ्दैछ टेलिकम र इन्टरनेट सेवाको शुल्क

साउन १ गते मंगलबारदेखि इन्टरनेट र फोन सेवाहरुको शुल्क बढ्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा शुल्क बढाउने निर्णय गरेसँगै इन्टरनेट सेवाप्रदायक संस्थाहरूले मूल्य बढ्ने सार्वजनिक सूचना जारी गरेका छन् ।

अब भ्वाइस सेवामा शुल्क (टिएससी) ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पु¥याउने भएको छ । त्यसैगरी डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क र्तिनुपर्ने भएको छ । पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क र्तिनु पर्दैनथ्यो । हाल भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत सेवा शुल्क र्तिनुपर्ने भएको हो ।

सरकारले इन्टरनेटमा थप शुल्क लगाएपछि विज्ञहरुले प्रत्युत्पादक हुने चेतावनी दिइरहेका छन् । राजश्व बढाउन ल्याइएको यो निर्णयको प्रत्यक्ष मार उपभोक्तालाई पर्ने उनीहरुको तर्क छ ।

बजेटमा व्यवस्था भएअनुसार मंगलबारबाट टेलिफोनको शुल्क कम्तीमा दुई प्रतिशत बढ्ने भएको छ । ’
सरकारले इन्टरनेट सेवामा पनि दूरसञ्चार सेवा शुल्क लगाउने घोषणा गरेपछि मूल्य वृद्धि गर्न बाध्य भएको सम्बन्धित सेवा प्रदायकले बताएका छन् ।

उनीहरूले अहिले दिइरहेको इन्टरनेट सेवा शुल्क १३ प्रतिशतले वृद्धि गरेको जनाएका छन् । सरकारी निर्णयअनुसार नै इन्टरनेट तथा दूरसंचार सेवाप्रदायक संस्था एनसेल, भायोनेट, क्लासिक टेक, सुबिसुलगायतले शुल्क बढ्न लागेको सार्वजनिक सूचना जारी गरेका छन् ।

नेपाल टेलिकमले भने सबै किसिमका सेवामा शूल्क वृद्धि गरेको छैन । विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डेटा प्याक, जिएसएम थ्रीजी, फोरजी, एडिएसएल, इन्डिया अफरअन्तर्गत डेली प्याकलगायतका सेवामा सेवा शुल्क नजोडिने टेलिकमले जनाएको छ ।

केही व्यवसायीले सरकारले लगाएको थप शुल्कको विषयमा अझ स्पष्ट हुन नसकेकोले नयाँ योजना ल्याएका छैनन् ।
यता सरकारले बढाएको इन्टरनेट शुल्क मुलुकको ब्रोडब्यान्ड नीति विपरीत भएको इन्टरनेट व्यवसायीको भनाइ छ । ‘नीतिमै सस्तो र गुणस्तरीय मूल्यमा इन्टरनेट उपलब्ध गराउने भनिएको छ । तर, सरकारले इन्टरनेको मूल्य स्थिर राख्नुको सट्टा बढाउनतिर लागिरहेको छ,’ आइस्पानका पूर्वअध्यक्ष विनय बोहराले भने ।

यता आइस्पानसहित क्यान महासंघ र अन्य निजी क्षेत्रको प्रतिनिधित्व गर्ने कम्पनीहरुले सरकारले इन्टरनेट महँगो हुनेगरी शुल्क थोपरेको भन्दै त्यसलाई फिर्ता लिन माग गरेका छन् ।

सरकारले इन्टरनेटमा यसअघि ग्रामीण दूरसञ्चार कोष शुल्क २ प्रतिशत, रोयल्टी ४ प्रतिशत, फाइबरमा भन्सार १५ प्रतिशत, ब्यान्डविथमा टीडीएस १० प्रतिशत र भ्याट १३ प्रतिशत गरी ४४ प्रतिशत कर सरकारले लिँदै आएको छ । यी यावत् शुल्कले इन्टरनेट महँगिदै गएको छ ।

अहिले थोपरिएको शुल्कसमेत गर्दा इन्टरनेटमा ५७ प्रतिशत कर पुग्न जान्छ । अहिले थपिएको कर इन्टरनेट सेवा प्रदायकले उपभोक्ताबाटै उठाउने हो । यसले गर्दा उपभोक्तालाई ठूलो मार पर्न जान्छ । इन्टरनेट महँगो भए सर्वसाधारणको पहुँचमा पुग्दैन । इन्टरनेटको विस्तार नहुनु भनेको सरकारले चाहेजस्तो सुशासन कायम हुन नसक्नु हो ।

अपडेट

पोकेमन फ्यानका लागि हेलो पिका रोबट टोव्य

अगस्ट २०१८ मा पोकेमन फ्यानका लागि हेलो पिका रोबट टोव्य जापानको बजारमा आउने भएको छ । यो प्रक्रियात्मक रोबट हो जसलाई प्रक्रियात्मक प्रविधिको उपज भन्न सकिन्छ । य…

मोटोरोलाको मोटो इ ५ प्ले स्माट्फोनको एन्ड्रोई गो भर्जन जुलाई १४ देखि बजारमा

आधुनिक युगमा स्माट्फोन प्रयोकर्ताहरु विश्वमा नै वृद्घि भईरहेको अवस्थामा मोटोरोलाले मोटो इ ५ प्लेको एन्ड्रोई गो भर्जन जुलाईमा युरोप र ल्याटिन अमेरीकाको बजारमा …

आइसिटी अवार्डमा सयभन्दा बढिको नोमिनेशन, छनौट प्रक्रिया सुरु

तेस्रो संस्करणको रुपमा आयोजना भइरहेको आइसिटी अवार्ड २०१८ मा विभिन्न ७ विधामा सयभन्दा बढिको अनलाइन आवेदन आएको छ । अवार्डको लागि असार १ देखि १९ गतेसम्म ख…

ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ आयोजना हुदै

इन्फर्मेशन सेक्यूरिटी रेस्पोन्ट टिम नेपाल(एनपीसर्ट)ले ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ यहि श्रावण ११ र १२, २०७५ मा आयोजना गर्दैछ । काठमाडौंको लाजिम्पाटमा रह…

नयाँ पुस्ताको क्यामेराका लागि ओपोद्वारा कोरफोटोनिक्ससंग सम्झौता

सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा परिचित ओपोले आफ्ना नयाँ पुस्ताका स्मार्टफोन क्यामेराका लागि डुअल क्यामेरा प्रविधिको क्षेत्रमा अग्रणी लाइसेन्सर कोरफोटोनिक्ससंग…

बार्हौ संस्करणको इक्यान बृहत शैक्षिक मेला आयोजना हुदै, अध्यनको लागि विदेश जाने बिद्यार्थीहरु लाभान्वित हुने

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त स…

सोचेको डटकमले सुरु गर्यो मेलान्ज फ्लाशिप स्टोर, अब अनलाइनका समान प्रत्यक्ष अवलोकन गरि किन्न सकिने 

सोचेको डटकमले आफ्नो पहिलो फ्लागशिप स्टोरको अवधारणा सहित मेलान्ज स्टोर सचांलनमा ल्यएको छ । २ वर्षअघि अनलाइन सपिङको रुपमा स्थापित भएको रुपमा सुरु भएको सोच…

पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा दीक्षान्त समारोहको आयोजना 

काठमाण्डौ, असार १८– ललितपुरको कुपण्डोलस्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजद्वारा आज पहिलो दीक्षान्त समारोह आयोजना गरियो । पाटन कलेज फर प्रोफेसनल स्टडीज…