अपडेट
शावमी ब्राण्डको नयाँ स्मार्टफोन रेडमी ५ प्लस अब नेपाली बजारमा
शावमी विश्व प्रसिद्ध चाइनिज कम्पनि हो,जसले स्मार्टफोन,मोबाइल एप्स तथा बिभिन्न डीजाइन आदि विश्वब्यापी रुपमा उत्पादन गर्ने गर्द्छ । नेपालका लागि शावमीको आधिकारिक विक्रेता वत्सल ईमपेक्सले नेपाली बजारमा शावमीको रेड्मी ५ प्लस सार्बजनिक गरेको छ ।
वत्सल ईमपेक्सले एमआइ ब्राण्डका सम्पूर्ण फोन तथा एक्सेसरिजहरु आफ्ना सम्पूर्ण डिलरहरुमा उपलब्ध गराउँदै आएको छ । एमआइको रेड्मी ५ प्लस लगायत अन्य डिभाइसहरु शावमी नेपालको आधिकारिक वेबसाइट www.xiaominepal.com.np मा गएर पनि अनलाइनमा पनि खरिद गर्न सकिन्छ ।
रेडमी ५ प्लसमा ५.९९ इन्च स्क्रिन सहित २१६० x १०८० फुलएचडी रेजोलुसन रहेको छ । यसको स्क्रिनको अनुपात १८:९ रहेको छ । फोनमा स्नापड्रागन ६२५ को २.० जीएचजेडको प्रोसेसर रहेको छ । यसका साथै ३ जीबी र्याम र ३२ जीबी बिल्टइन मेमोरी छ ।
फोनमा क्यामेराको कुरा गर्दा एफ/२.२ सहितको १२ एमपी रियर क्यामेरा तथा ५ एमपीको फ्रन्ट क्यामेरा यसमा छ ।यसका साथसाथै यो ह्यान्डसेटमा ४००० एमएएचको ब्याट्री प्याक भएको छ । फिन्गर प्रिन्ट सेन्सर,डुअल सिम र डुअल स्ट्यान्ड बाइ आदि फिचर भएको यो फोनको मूल्य रु २३ हजार ४ सय ९९ तोकिएको छ । एमआइको यो सेट देशभरका आधिकारिक रिटेल स्टोरहरुबाट खरिद गर्न सकिन्छ ।
अपडेट
चितवनमा सुरु भयो तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) चितवन शाखाको आयोजनामा आजदेखि तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ अक्सफोर्ड कलेज सुरु भएको छ…
बिहिबारदेखि चितवनमा डिजिकम क्यान इन्फोटेक २०१८
कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवन शाखाको आयोजनामा बिहिबारदेखि तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ अक्सफोर्ड कलेज सुरु…
ओपो एफफाइभ ड्यासिङ् ब्ल्यू लिमिटेड एडिशन सार्वजनिक हुँदै
माघ २३, काठमाडौं । ओपोले विभिन्न उत्सव, चाडपर्व लगायतको अवसर पारी आफ्ना फोनका विभिन्न मोडलमा आधारित लिमिटेड एडिसन स्मार्टफोन सार्वजनिक गर्दै आइरहेको छ । …