अपडेट
चीनमा लन्च भयो नोकियाको ३३१० फोरजी मोडल
एचएमडी ग्लोबलले नोकिया ३३१० को ४ जी मोडल चीनमा लन्च गरेको छ । नोकियाको निर्माण कम्पनि फिनल्याण्डको एचएमडी ग्लोबलले यसअघि पनि नोकिया ३३१० को ३ जी तथा २ जी भेरीएन्ट लन्च गरिसकेको छ । कम्पनिले यो ह्यान्डसेट चाइनामा लन्च गराउन चाइना मोबाइलसँग साझेदारी गरेको गरेको छ । चाइनिज बजारमा उक्त फोन उपलब्ध भएतापनि चीन बाहिरका बजारमा कहिले र कति मूल्यमा उपलब्ध हुने भन्ने बारेमा भने कम्पनिले केहि बताएको छैन् ।
यो ४ जी भेरीएन्टमा २.४ इन्च (३२० x २४० ) डिस्प्ले रहेको छ । यो सेटमा ५१२ एमबी इनबिल्ट स्टोरेज रहेको छ । साथै ६४ जीबी सम्मको माइक्रो एसडी कार्ड सपोर्ट गर्छ । साथमा यसले १२ घण्टा सम्मको ४ जी स्ट्यान्डबाइ सपोर्ट गर्ने कम्पनीले दावि गरेको छ ।
नोकियाको यो फिचर फोनले वाईफाई तथा हटस्पट सपोर्ट गर्छ । साथमा यसमा ब्लूटुथ ४.० र एफएम रेडियो समेत यसमा रहेको छ, भने यसमा एलईडी फ्ल्याश सहित २ मेगपिक्सेलको रियर क्यामेरा रहेको छ । कम्पनिले अर्को महिना स्पेनमा हुने मोबाइल वर्ल्ड कंग्रेसमा नयाँ फोरजी मोडलको मूल्य तथा चीन बाहेकका अन्य बजारमा उक्त फोनको उपलब्धताको बारेमा जानकारी प्रदान गर्ने सम्भावना रहेको छ ।
नोकिया ३३१० ४ जी मोडल ब्लु तथा ब्ल्याक कलरमा उपलब्ध छ । फोनमा कनेक्टिभिटिको कुरा गर्दा ४ जिओएलटिई बाहेक ब्लुटुथ ४.०,माइक्रो युएसबि,एफएम रेडियो,वाईफाई ८०२.११ बि/जी/एन लगायतका फिचरहरु रहेका छन् ।
अपडेट
प्रविधिको कुम्भ मेला इन्फोटेकमा अफरै अफर, आज अन्तिम दिन
क्यान महासंघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सञ्चालन भइरहेको २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटो…
नयाँ प्रविधिको ब्रान्डिङ गर्ने थलो बन्यो इन्फोटेक
काठमाडौंको भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोलाको’ को आज चौथो दिन ६०,२६२ जनाले अवलोकन गरेका छन् । आजसम्म २,…
क्यान इन्फोटेकमा डेढ लाखले गरे इन्फोटेकको अबलोकन, आइतबार बिजनेस डे
सूचना तथा सञ्चार प्रविधिको कुम्भमेला “सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला” मा तेस्रो दिन अवलोकनकर्ताको उत्साहजनक सहभागिता रह्यो…
२४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक’ सुरु
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आइसिटी क्षेत्रलाई प्राथमिकतामा नराख्दासम्म मुलुकको आर्थिक समृद्धि नहुने बताउनु भएको छ । राजनीतिक गतिरोधका कारण …
वान प्लस ह्याक गरि ४० हजार प्रयोगकर्ताको क्रेडिट कार्डबाट सूचना चोरी भएको आशंका
चिनीयाँ स्मार्टफोन निर्माता कम्पनी वान प्ल्सले ह्याकरहरुको सिकार बन्न पुगेको छ । ह्याकरहरुले वान प्लसको वेबसाइट ह्याक गरि ४० हजार उपभोक्ताको केडिड कार्डको…
माघ ११ देखि २४औं संस्करणको क्यान इन्फोटेक
२४औं संस्करणको क्यान इन्फोटेक यही माघ ११ गतेदेखि ६ दिनसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा हुँदै छ । सुबिसु केबल नेटको शीर्ष प्रायोजन र मोटोरोलाको …
‘नेपाल स्कुल अन इन्टरनेट गर्भनेन्स २०१८’ सुरु
नेपालमा पहिलोपटक आयोजना गरिएको ‘नेपाल स्कुल अन इन्टरगभर्नेन्स २०१८’ (एनपी सिग) शुक्रबारदेखि सुरु भएको छ । २ दिने यो कार्यक्रम नेपाल इन्टरनेट ग…