अपडेट
ग्यालेक्सी एस नाइन सार्बजनिक गर्ने सामसुङको तयारी
विश्व प्रख्यात स्मार्टफोन कम्पनि सामसुङले यहि २०१८ को फेब्रुअरीमा मोबाइल वर्ल्ड कंग्रेसमा एस सिरिजको नयाँ स्मार्टफोन सामसङ ग्यालेक्सी एस ९ सार्बजनिक गर्ने पूर्व तयारी गरेको छ । यो नयाँ स्मार्टफोन फोन एस ८ पछाडीको अर्को फ्ल्यागशिप मोडेल हो । साथै सामसुङले उक्त मोबाइल मेलामा एस ९ र एस ९ प्लस गरेर दुईवटा मोडेल सार्बजनिक गर्ने अनुमान गरिएको छ ।
भर्खरै सम्पन्न सीइएस २०१८ को प्रेस मीटमा सामसुङका मोबाइल कम्युनिकेसन बिजनेस प्रमुख डीजे कोले कम्पनिको २०१८ को पहिलो फ्ल्याग्शिप फोन मोबाइल वर्ल्ड कंग्रेसमा सार्बजनिक गरिने बताएका छन् । त्यस्तै सामसुङको आउदै गरेको यो नयाँ फ्ल्याग्शिप मोडेल एप्पलको नयाँ फ्ल्याग्शिप आइफोन १० संग प्रतिस्पर्धा गर्नेछ ।
कम्पनिले आधिकारिक रुपमा उक्त फोनको बारेमा केहि नखुलाएको भएतापनि एस नाइनबारे आएका विभिन्न समाचारका अनुसार कम्पनिले एस ९ र् एस ९ प्लस फेव्रुआरीको २६ मा सार्बजनिक हुनेछ र मार्चको ३ देखि फोनका लागि प्रि-अर्डर खुलाइने जनाइएको छ त्यस्तै,मार्चको १६ बाट भने उक्त फोन बजारमा बिक्रिका लागि आउने छ ।
साथै विभिन्न समाचारका माध्यमहरु मार्फत बाहिरिएको जानकारी अनुसार गत बर्षको स्मार्टफोन ग्यालेक्सी एस ८ र एस ८ प्लसमा जस्तै अब सार्बजनिक हुने ग्यालेक्सी एस ९ र एस ९ प्लसमा पनि एउटै क्यापासिटिको ब्याट्री प्रयोग भएको जनाइएको छ । थप दुवै स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ८४५ को प्रोसेसर प्रयोग गरिएको हुनसक्ने अनुमान गरिएको छ । ग्यालेक्सी एस ९ मा भने सिंगल रियर क्यामेरा तथा ग्यालेक्सी एस ९ प्लसमा भने डुअल क्यामेरा मोडुल राखिएको हुन सक्ने बताईएको छ ।
अपडेट
केटिएम मोबाइलको सुरुवात, मोबाइल खरिदमा ४५ प्रतिशतसम्मको छुट
काठमाडौंको मुटु पाको, न्यूरोडमा अवस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा रहेको नेपालकै सबैभन्दा पुरानो र चर्चित मोबाइल एक्सचेन्ज हाउस केटिएम मोबाइल आजदेखि भव्यर…
भिसा कार्डमार्फत भुक्तानीगर्दा १० प्रतिशतसम्म क्यासव्याक अफर
कार्ड लोयल्टी प्रोग्रामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्र…
नेपाल टेलिकमको नाफा १५ अर्ब बढी, शेयर धनीहरुलाई अहिले सम्मकै धेरै नगद लाभांश वितरण
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दशौं वार्षिक साधारणसभा आज (२०७४ पौष ३० गते) काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७३।७४ को मुनाफा र…
सीईएस (कन्ज्युमर इलेक्ट्रोनिक्स शो) २०१८ का आकर्षणहरु
हरेक बर्षको जनवरीमा अमेरिक…
एनपी सिग २०१८ मा इन्टरनेटका मल्टीस्टेकहोल्डरहरु सहभागी हुँदैछन् : अर्याल
आगामी जनवरी १९ र २० मा ललितपुरको इन्जिनियरिङ संस्थान पुल्चोकमा रहेको इन्फर्मेशा कम्युनिकेशन सेन्टरमा
भारतीय एकाधिकार तोड्दै इन्टरनेटको \'सूचना हाइवे\' जोडियो चाइनासँग
नेपाल टेलिकम र चाइना…
चीन र नेपालबीच आजबाट इन्टरनेट ब्याण्डवीथ साटाटाट हुँदै
आजबाट बहुप्रतिक्षित नेपाल–चीन ब्याण्डबीथ साटाँसाटको औपचारिक घाेषणा हुदैँछ । यससँगै दशकोैं देखि नेपाली इन्टरनेटका क्षेत्रमा रहेको भारतीय एकाधिक…
नया दिल्लीमा सार्बजनिक भयो सगुनको मोबाइल एप
नेपालीले बनाएको सगुनको बहुप्रतिक्षित मोबाइल एप् सार्बजनिक गरिएको छ। बलिउडक स्टार श्रद्धा कपूरले भव्य कार्यक्रमका बीच सगुनको एप सा…
ओपो ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत
ओपोले सन् २०१७को क्रिसमसका अवसरमा आयोजित ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु लाई पुरस्कार हस्तान्तरण गरेको छ । काठमाडौंको कमलपोखरी स्थित …