अपडेट
एप्पलको आइफोनमा चाँडै टचलेस स्क्रिन आउँदै,स्क्रिनलाई नछोई चलाउन सकिने
बिश्व प्रसिद्ध स्मार्टफोन कम्पनि एप्पलले आइफोनमा चाँडै नै टचलेस कन्ट्रोल तथा कर्भ्ड स्क्रिनको विकल्प ल्याउने भएको छ । हालै आएको दुई मिडिया रिपोर्टबाट प्राप्त भएको जानकारीमा टचलेस स्क्रिन र कर्भ्ड स्क्रिन हुने दाबि गरिएको छ । यसअघि आएको एक रिपोर्टमा एप्पलले आफ्नो स्मार्टफोनको डिस्प्ले आफैँ तयार गर्दै गरेको दावी गरिएको थियो ।
स्मार्टफोन निर्माता कम्पनि एप्पलले छिट्टै नै आइफोनमा टचलेस कन्ट्रोल र कर्भ्ड डिस्प्लेको बिकल्प ल्याउन सक्छ । रिपोर्टका अनुसार यो फिचर पछि आइफोन युजरहरुले स्क्रिनमा हात नलगाई पनि काम गर्न सक्छन् । यद्धपि कम्पनि अहिले यो प्रोजेक्टमा काम गरिरहेको भएतापनि खबरका अनुसार कम्पनिले यसलाई यथार्थ बनाउनको लागि कम्पनिलाई लाभग दुई बर्ष लाग्ने छ ।
यसको साथै कम्पनि अहिले कर्भ्ड डिस्प्लेको लागि पनि काम गरिरहेको छ । अहिले एप्पलमा ओएलइडी स्क्रिनको प्रयोग भैरहेको छ । एक मिडिया संस्थानको रिपोर्टको अनुसार एप्पल अहिले माइक्रो एलइडीको टेक्निकमा काम गरिरहेको जनाएको छ ।
यो भन्दा अघि प्राप्त भएको जानकारीका अनुसार एप्पलले आफ्नै डिस्प्ले डिजाइन गरिरहेको र भविष्यमा ति डिस्प्लेहरुको उत्पादन सुरु गरिने बताइएको थियो । कम्पनि क्यालीफोर्निया हेडक्वाटरमा यो प्रोजेक्टमा काम गर्दै छ,र उक्त डिस्प्ले परिक्षणको क्रममा रहेको छ ।
एप्पलले अहिले सम्म सामसुङ र एलजीको डिस्प्लेमा निर्भर रहेर काम गरिरहेको छ तर अब कम्पनिले आफ्नै स्क्रिन निर्माण गरेर दुई कम्पनिहरु सँगको आफ्नो निर्भरता टुङग्याउन चाहेको छ । यदि यस्तो भएमा सामसुङ तथा एलजी जस्ता ठुला कम्पनिहरुले एकदमै ठुलो घाटा व्यहोर्नु पर्ने हुन्छ ।
रिपोर्टका अनुसार एप्पलको डिस्प्ले बजार मा उपलब्ध भएमा सामसुङ मात्र नभएर अन्य धेरै कम्पनिहरुलाई पनि यसको असर पर्नेछ ।
एप्पलले डिस्प्ले बजारमा लन्च गर्नका लागि धेरै ठुलो योजना बनाई रहेको छ । ६२ हजार बर्गफुटमा फैलिएको ठाउँमा कम्पनिले आफ्नो गोप्य योजना बनाइरहेको छ । माइक्रो एलईडी डिस्प्ले उत्पादन गर्ने यो पप्रोजेक्टमा लगभग तीनसय इन्जिनियरहरु कार्यरत छन् ।
अपडेट
कर्णाली प्रदेशमा पहिलो पटक वेब डेभलपमेन्ट सम्बन्धी वर्कशप सम्पन्न
आइसिटि क्लब सुर्खेतले वेब डेभलपमेन्ट सम्बन्धि कार्यशाला सम्पन्न गरेको छ । वेबसाइट कसरी बनाउन सकिन्छ र यसको लागि आबस्यक कुरा के के हुन् भन्ने सम्बन्धमा…
नेपाल मोबाईल वितरक संघमा दिनेश चुल्याद्योको अध्यक्षमा नयाँ कार्यसमिति
नेपाल मोबाईल वितरक संघको प्रथम राष्ट्रिय अधिवेशनले दिनेश चुल्याद्योको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । राजधानीमा सम्पन्न संघको अधिवेशनले नयाँ का…
देवनागरी तामाङका लागि एन्ड्रोइड किबोर्ड सफ्टवेयर सार्वजनिक
तामाङ भाषाको देवनागरी लेखनमा सफ्टवेयरको विकास भएको छ । शुक्रबार काठमाडौंमा ‘देवनागरी तामाङका निम्ति एन्ड्रोइड किबोर्ड सफ्टवेयर’ गर्दै देवनागरी…
प्राइमले सुरु गर्यो अनलाइन ग्याजेट्स स्टोर, काठमाडौँमा निशुल्क डेलिभरी सेवा
पुल्चोकको मुख्य स्थानमा रहेको प्रख्यात मोवाइल शोरुम प्राइम स्टोरले ग्याजेट्स तथा आइटी प्रडक्टको अनलाइन सेवा सुरु गरेको छ । प्राइमस्टोर डटकम डटएनपी वेबसाइट मा…
प्रि बुकिङ गरेका उपभोक्तामाझ ग्यालेक्सी S9/ S9 + को वितरण प्रारम्भ, रिटेल बिक्री सुरु
सामसङले, मार्च २३ देखी काठमाडाँमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई ग्यालेक्सी S9/ S9 + को वितरण सुरु गरेको छ । मोबाइल शाखाका प्रमुख श्री प्रणय रत्न स्थापितको…