अपडेट
इटहरीबासीले पनि इसेवाबाट खानेपानीको महशुल भुक्तानी गर्न सक्ने
विभिन्न क्षेत्रमा बढिरहेको प्रविधिको प्रयोग खानेपानी उपभोक्ता संस्थामा पनि तिब्र रूपमा प्रयोग हुन थालेको छ । खानेपानीका उपभोक्ताहरुले महशुल भुक्तानीमा प्रविधिको प्रयोग गर्न थालेका हुन् । पछिल्लोपटक सुनसरीको इटहरीका उपभोक्ताले इसेवामार्फत् महशुल भुक्तानी गर्न सक्ने भएका छन्् ।
इटहरीस्थित इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महशुल अनलाइनबाटै तिर्न सकिने सेवा सुरू गरेको हो । नेपाल राष्ट्रबैंकबाट भुक्तानी सेवा प्रदायकको लाइसेन्स् प्राप्त कम्पनी इसेवामार्फत् खानेपानीको महशुल अनलाईनमार्फत् भुक्तानी गर्न सकिने छ ।
अनलाइनबाटैमहुशल तिर्न सकिने सेवा दिएपछि इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईले भने, ‘हाम्रो संस्थामा निकै टाढा टाढाबाट महशुल तिर्न आउनुपर्ने बाध्यता थियो, उपभोक्ताहरू ४० रूपैयाँ महशुल तिर्न ५० रूपैयाँ खर्च गरेर आउनुपर्ने बाध्यता थियो, अब इसेवामार्फत् भुक्तानी गर्न सकिने भएपछि उपभोक्तालाई निकै सहज भएको छ ।’अहिलेको युग प्रविधिको भएकाले आफुहरूले पनि प्रविधिको प्रयोग गरेर उपभोक्ता समितिलाई प्रविधिमैत्री बनाएको उनले बताए ।
यसैगरी संस्थाका आइटी अफिसर राजु दंगालले पनि इसेवामार्फत् रकम भुक्तानी गर्न सकिने भएपछि कयौँ किलोमिटर टाढाबाट रकम भुक्तानीकै लागि संस्थाको कार्यालयसम्म धाउनुपर्ने बाध्यताअन्त्य भएको बताए । उनले भने, ‘हामीले अनलाइनबाट महशुल भुक्तानीसँगै मिटर रिडिङदेखि कार्यालय व्यवस्थापनलाई पनि डिजिटलाइज गरेका छौं ।’
यसअघि भक्तपुरको बालकोट खानेपानी र दधिकोट खानेपानी,कास्कीकोे लेखनाथ खानेपानी, नवलपरासीको प्रगतीनगर खानेपानी, गोरखाको पृथ्वीनारायण खानेपानी संस्था, तनहुँको दमौली खानेपानी र बेलचौतारा खानेपानी, मानगढ खानेपानी विराटनगर, इन्द्रपुर खानेपानी मोरङ, बुधवारे खानेपानी, पर्वतको कुश्मा खानेपानीलगायत करिब दुई दर्जन खानेपानी संस्थाले अनलाइनबाट महशुल तिर्न सकिने सुविधा उपभोक्तालाई दिइसकेका छन् ।
समितिहरूले अनलाइनबाट महशुल भुक्तानी गर्न सकिने सुविधा दिनुका साथै कार्यालय प्रयोजनमा पनि वाटरमार्क नामक सफ्टवेयर प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउदै लगेका छन् । खानेपानीको मिटर रिडिङ ‘मिटरमार्क’ नामक मोबाईल एप्लिकेशनबाट गर्न सकिन्छ,भने उपभोक्ताले आफ्नो मोबाईल तथा इन्टरनेटबाट महशुल भुक्तानी गर्न सक्नेछन् । अनलाइनबाट महशुल भुक्तानी गर्न सकिनेभएपछि महशुल बुझाउन जाने समय र खर्चमा कटौती हुँदा उपभोक्तालाई ठूलो राहत भएको छ ।
समितिहरू पनि प्रविधिमैत्री बन्दा कार्यालय व्यवस्थापन सहज हुनुका सथै पारदर्शी सेवा दिन सफल हुँदै गएका छन् ।
सन् २००९ देखि सञ्चालनमा रहेको इसेवाले नेपालका ७५ वटै जिल्लामा सेवा दिँदै आएको छ । मोबाईल तथा इन्टरनेटबाट भुक्तानी गर्न सकिने इसेवाका मुलुकभर ३० हजार बढी जोन प्वाइन्ट छन् । इसेवामार्फत् मोवाइल रिचार्ज, टपअप, बिजुली, खानेपानीको बिल भुक्तानी, एयरलाइन्स र बस टिकट, फिल्मका टिकट खरिदजस्ता सयभन्दा बढी सुविधा लिन सकिन्छ ।
अपडेट
\'अपाङ्ग व्यक्तिका लागि सहज पहुँच र समावेशी आइसिटी\' विषयक प्रि-ह्याकथन कार्यक्रम सम्पन्न
अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयोग्य र समावेशी सूचना, सञ्चार तथा प्रविधि भन्ने विषयमा राजधानीमा २ दिने प्रि ह्याकथन इभेन्ट सम्पन्न भएको छ ।
…अपाङ्गता भएका ब्यक्तिहरुका लागि पहुँचयोग्य र समावेशी आइसिटी विषयमा दुई दिने कार्यशाला सम्पन्न
“अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयोग्य र समावेशी सूचना, सञ्चार तथा प्रविधि” शीर्षकमा २ दिने उच्चस्तरीय कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएक…
सार्क क्षेत्रको डिजिटल इकोसिस्टम तथा नवीन व्यापारबारे सम्मेलन तथा अवार्ड कार्यक्रम सम्पन्न
फ्रस्ट एण्ड सलीभनले आफ्नो “फ्लागसीप” सम्मेलन वृद्धि, नवीनता तथा नेतृत्वसम्बन्धी दक्षिण एशियाली सम्मेलन २०१८ काठमाण्डौँ स्थित सोल्टी होटलमा भर्खरै सम्पन्न गरेको छ …
प्रसिद्ध भौतिकशास्त्री स्टीफन हकिङको ७६ वर्षको उमेरमा निधन
प्रख्यात भौतिकशास्त्री स्टीफन हकिङको निधन भएको छ । लामो समयदेखि शरीरको थुप्रै भाग नचल्ने रोगबाट पीडित हकिङको ७६ वर्षको उमेरमा निधन भएको हो ।
विश्…
आइटी विद्यार्थीलाई लक्षित गर्दै डियरवाकमा बिहिबार ‘जब फेयर’ हुने
डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा काठमाडौंमा यही बिहीबार जब फेयर ( DWIT Job Fair) हुने …
सामसुङको फ्ल्यागशिप मोडल ग्यालेक्सी एस ९ र एस ९ प्लस अब नेपाली बजारमा
सामसुङ ग्यालेक्सी एस ९ र एस ९ प्लस अब नेपाली बजारमा …
वन प्लसले आफ्नो सिस्टम अपग्रेड गर्यो
वान प्लस स्टार्ट अपले स्मर्टफोन उत्पादनको सुरुवात २०१३ देखि सुरु गरेको हो । कम्पनीले दाबी गरे अनुसार सर्वसुलभ मुल्यमा.फ्याग्सीप स्मार्टफोन ल्याउने वान प्लस पहि…