काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का अध्यक्ष दिपेन चापागाईंले डिजिटल उत्थानशीलता आर्थिक विकासका लागि अपरिहार्य रहेको बताएका छन् ।
डिजिटल नेपाल कन्क्लेभ २०२६ मा ‘Redefining the Governance, Data and the Digital Economy for Digital Resilience’ विषयमा उद्योग क्षेत्रको दृष्टिकोण प्रस्तुत गर्दै चापागाईंले डिजिटल उत्थानशीलतालाई शासन, डेटा, उद्योग र डिजिटल अर्थतन्त्रसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका हुन् ।
उनले बलियो डिजिटल इकोसिस्टम निर्माणका लागि शासन प्रणाली, डेटा व्यवस्थापन, प्रविधि उद्योग र डिजिटल अर्थतन्त्रबीच प्रभावकारी सम्बन्ध र सहकार्य आवश्यक रहेको बताए । चापागाईंको प्रस्तुति डिजिटल प्रणालीलाई थप उत्थानशील बनाउँदै प्रविधि उद्योग र डिजिटल अर्थतन्त्रलाई सुदृढ गर्ने विषयमा केन्द्रित थियो ।

आईसीटी समाचार