कीवर्डहरू -

भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज’ मेला सुरु, टीभीएसका दुई नयाँ मोडल सार्वजनिक

भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज’ मेला सुरु, टीभीएसका दुई नयाँ मोडल सार्वजनिक

काठमाडौं । जगदम्बा मोटर्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा ‘टीभीएस अचम्मैको महा एक्सचेन्ज’ मेला सुरु गरेको छ । मेलाको अवसरमा कम्पनीले नयाँ स्कुटर टीभीएस एनटर्क १५० र टीभीएस अपाचे आरटीआर २०० फोरभी प्रोजेक्टर हेडल्याम्प विथ यूएसडी सार्वजनिक गरेको छ ।

एनटर्क १५० को मूल्य ३ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यस्तै, नयाँ अपाचे आरटीआर २०० फोरभीको परिचयात्मक मूल्य ४ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । अपाचे दुई रङमा उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार अपाचे आरटीआर २०० फोरभीमा प्रोजेक्टर हेडल्याम्प र अपसाइड–डाउन (यूएसडी) फ्रन्ट फोर्क राखिएको छ । यी सुविधाले मोटरसाइकलको लुकसँगै ह्यान्डलिङ र पर्फर्मेन्समा सुधार ल्याउने कम्पनीको दाबी छ ।

मेलाको उद्घाटन कार्यक्रममा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले स्वागत मन्तव्य दिएका थिए । त्यसपछि टीभीएस मोटर कम्पनी इन्डियाका रिजनल बिजनेस हेड–एसिया अनुभव बालीले नयाँ उत्पादनबारे जानकारी दिएका थिए ।

एनटर्क १५० को अनावरण जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवाल, अनुभव बाली र टीभीएस मोटर कम्पनीका ब्रान्ड म्यानेजर प्रसाद सुन्दरमले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा कलाकार व्योमाको प्रस्तुति तथा स्टन्ट शोसमेत आयोजना गरिएको थियो ।

मेला अवधिभर पुरानो दुईपाङ्ग्रे सवारीसाधन एक्सचेन्ज गरेर नयाँ टीभीएस खरिद गर्न चाहने ग्राहकका लागि विभिन्न अफर राखिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले खरिद मूल्यसम्मको १०० प्रतिशत क्यासब्याक, ‘गोल्ड की’ वा १० लाख रुपैयाँसम्मको नगद छुट जित्ने अवसर पाउनेछन् ।

मेलास्थलमै ५० भन्दा बढी भ्यालुएटरबाट पुरानो सवारीको मूल्यांकन गरिनेछ । त्यस्तै, हरेक दिन दुई जना भाग्यशाली ग्राहकले पाँच वर्षसम्म नि:शुल्क सर्भिस पाउने कम्पनीले जनाएको छ । नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा छिटो फाइनान्स सुविधा उपलब्ध हुने व्यवस्था पनि गरिएको छ ।

मेलामा टीभीएसका विभिन्न मोडलको टेस्ट राइड, जिमखाना स्टन्ट शो, गेम्स जोन तथा खानपानका स्टलसमेत राखिएका छन् । भृकुटीमण्डपमा सुरु भएको मेला असोज १८ गतेसम्म सञ्चालन हुनेछ । मेला हरेक दिन बिहान १० बजेदेखि खुला रहने कम्पनीले जनाएको छ ।