कीवर्डहरू -

तपाईंको ह्वाट्सएप सुरक्षित छ ? यी ५ सेटिङ आजै जाँच गर्नुहोस्

तपाईंको ह्वाट्सएप सुरक्षित छ ? यी ५ सेटिङ आजै जाँच गर्नुहोस्

काठमाडौं । ह्वाट्सएप लोकप्रिय सन्देश आदानप्रदान गर्ने एप हो । यसको माध्यमबाट टेक्स्ट म्यासेज पठाउनुका साथै फोटो तथा भिडियो सेयर गर्न र स्टाटस राख्न सकिन्छ । प्रयोगकर्ताको व्यक्तिगत जानकारी सुरक्षित राख्न ह्वाट्सएपमा विभिन्न गोपनीयता तथा सुरक्षा सुविधा उपलब्ध छन् ।

आफ्ना निजी च्याट, फोटो, भिडियो तथा प्रोफाइलसम्बन्धी जानकारी सुरक्षित राख्न ह्वाट्सएपका यी पाँच गोपनीयता सेटिङ प्रयोग गर्न सकिन्छ ।

१. च्याट लक
महत्त्वपूर्ण वा निजी च्याटलाई लक गरेर सुरक्षित राख्न सकिन्छ । यसले अन्य व्यक्तिले ह्वाट्सएप खोले पनि ती च्याटमा सजिलै पहुँच पाउनबाट रोक्न मद्दत गर्छ ।

२. एप लक
ह्वाट्सएप खोल्न पासकोड, फिङ्गरप्रिन्ट वा फेस लक प्रयोग गर्न सकिन्छ । यसले फोन अरूको हातमा पर्दा ह्वाट्सएपमा अनधिकृत पहुँच रोक्न मद्दत गर्छ ।

३. प्रोफाइल फोटोको गोपनीयता
आफ्नो प्रोफाइल फोटो कसले हेर्न पाउने भन्ने कुरा प्रयोगकर्ताले आफैं निर्धारण गर्न सक्छन् । आवश्यकताअनुसार प्रोफाइल फोटो सबैलाई, आफ्ना सम्पर्कमा रहेका व्यक्तिलाई वा निश्चित व्यक्तिलाई मात्र देखाउने गरी सेटिङ मिलाउन सकिन्छ ।

४. एकपटक मात्र हेर्न मिल्ने फोटो तथा भिडियो
संवेदनशील वा निजी फोटो तथा भिडियो पठाउँदा ‘View Once’ सुविधा प्रयोग गर्न सकिन्छ । यसबाट पठाइएको फोटो वा भिडियो प्राप्तकर्ताले एकपटक मात्र हेर्न सक्छ ।

५. स्टाटस गोपनीयता
ह्वाट्सएप स्टाटस कसले हेर्न पाउने भन्ने कुरा पनि प्रयोगकर्ताले छनोट गर्न सक्छन् । यसका लागि आवश्यकताअनुसार स्टाटसको गोपनीयता सेटिङ परिवर्तन गर्न सकिन्छ ।

यी गोपनीयता सुविधाले ह्वाट्सएपमा व्यक्तिगत जानकारी तथा सामाग्रीको पहुँचलाई आफ्नो आवश्यकताअनुसार नियन्त्रण गर्न मद्दत गर्छन् । यीमध्ये अधिकांश सुविधा एन्ड्रोइड र आईफोन दुवैमा प्रयोग गर्न सकिन्छ ।