कीवर्डहरू -

सामाजिक सञ्जाल फेसबुक ह्याक गरी ठगी गर्ने एक युवक पक्राउ

सामाजिक सञ्जाल फेसबुक ह्याक गरी ठगी गर्ने एक युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा अनधिकृत पहुँच पुर्‍याई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने नुवाकोट लिखु गाउँपालिका ४ घर भएका १९ वर्षीय विवेक सुनारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच पुर्‍याई पीडितको पहिचान प्रयोग गरी आफन्त र साथीभाई भएको भ्रम पारी रकम माग गर्दै ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।