कीवर्डहरू -

त्रिवि अन्तर्गत बीआईटी कार्यक्रममा भर्ना खुल्यो, प्रवेश परीक्षा साउन ३० गते

त्रिवि अन्तर्गत बीआईटी कार्यक्रममा भर्ना खुल्यो, प्रवेश परीक्षा साउन ३० गते

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) विज्ञान तथा प्रविधि अध्ययन संस्थानले चारवर्षे स्नातक तह Bachelor in Information Technology (BIT) कार्यक्रमका लागि शैक्षिक सत्र २०८३ को नयाँ विद्यार्थी भर्नासम्बन्धी प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ ।

सेमेस्टर प्रणाली तथा ग्रेडिङ प्रणालीअन्तर्गत सञ्चालन हुने BIT कार्यक्रममा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि प्रवेश परीक्षा र भर्ना प्रक्रिया सुरु गरिएको हो ।
सूचनाअनुसार प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम असार ११ गते बिहीबार बिहान १०:०० बजेदेखि उपलब्ध हुनेछ ।

नियमित शुल्क तिरेर आवेदन फाराम असार ११ गतेदेखि साउन २२ गतेसम्म बुझाउन सकिनेछ । त्यस्तै, दोब्बर शुल्कसहित आवेदन दिन चाहने विद्यार्थीहरूले साउन २३ गतेदेखि साउन २७ गतेसम्म फाराम बुझाउन सक्नेछन् ।

प्रवेश परीक्षा साउन ३० गते शनिबार बिहान ८:०० बजे सञ्चालन हुनेछ । परीक्षा केन्द्र भने पछि छुट्टै सूचना प्रकाशित गरेर जानकारी गराइने संस्थानले जनाएको छ ।

विद्यार्थीहरूले आवेदन फाराम तथा अन्य विस्तृत जानकारीका लागि त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानको आधिकारिक वेबसाइट मा गई BIT Entrance सम्बन्धी सूचना हेर्न सक्नेछन् ।

null