कीवर्डहरू -

भारतीय दूतावासद्वारा आईएन-एसप्यान दोस्रो संस्करणका लागि आवेदन खुला

भारतीय दूतावासद्वारा आईएन-एसप्यान दोस्रो संस्करणका लागि आवेदन खुला

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले भारत–नेपाल स्टार्टअप साझेदारी सञ्जाल (IN-SPAN) को दोस्रो संस्करणका लागि आवेदन खुला गरेको घोषणा गरेको छ ।

नेपालका उदाउँदा स्टार्टअप संस्थापक तथा नवप्रवर्तकहरूलाई लक्षित गर्दै सञ्चालन गरिने यो कार्यक्रम ८ साताको पूर्ण रूपमा वित्तपोषित (100% Funded) आवासीय कार्यक्रम हुनेछ, जुन भारतको IIT मद्रास प्रवर्तक (IITM Pravartak) अन्तर्गत सञ्चालन गरिने जनाइएको छ ।

दूतावासका अनुसार आईएन–एसप्यानको पहिलो संस्करणमा नेपालका २४ वटा स्टार्टअप सहभागी भएका थिए । तीमध्ये ९ वटा स्टार्टअपले IIT मद्रास इन्क्युबेशन सेल तथा IITM Pravartak बाट इन्क्युबेशन अफर प्राप्त गरेका थिए ।

कार्यक्रममार्फत सहभागीहरूले IITM रिसर्च पार्कमा इन्क्युबेशनको अवसर, कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी सीप विकास तालिम, उद्योग क्षेत्रका प्रमुख कार्यकारी (CxOs) सँग नेटवर्क विस्तार, विषयगत विज्ञहरूसँग सहकार्य तथा IITM Pravartak Alumni सञ्जालसँग जोडिने अवसर प्राप्त गर्नेछन् ।

दूतावासले नेपालका सम्भावनायुक्त स्टार्टअप संस्थापकहरूलाई प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत कार्यक्रममा सहभागी हुन आवेदन दिन आग्रह गरेको छ । आवेदन आगामी १९ मे २०२६ सम्म खुला रहने जनाइएको छ ।

null