काठमाडौं । सूचना तथा सञ्चार प्रविधि (आईटी) शिक्षाको क्षेत्रमा स्थापित संस्था ब्रडवे इन्फोसिस १९ औँ वर्षमा प्रवेश गरेको छ । संस्थाले वार्षिकोत्सवको अवसरमा विश्वास, सिकाइ र सफलताको यात्रालाई स्मरण गर्दै यस अवधिमा साथ, सहयोग र विश्वास गर्ने विद्यार्थी, प्रशिक्षक, कर्मचारी, साझेदार तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
संस्थाले जारी गरेको शुभकामना सन्देशमा विद्यार्थी, प्रशिक्षक, कर्मचारी, साझेदार र शुभेच्छुकहरूको विश्वास, साथ र प्रेरणाकै कारण ब्रडवे इन्फोसिस आज १९ वर्षको सफल यात्रामा पुग्न सकेको उल्लेख गरिएको छ ।
ब्रडवे इन्फोसिसले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, नवीनतम प्रविधि तथा उत्कृष्ट प्रशिक्षणमार्फत हजारौँ युवाका सपना साकार पार्ने आफ्नो प्रतिबद्धता यथावत् रहने जनाएको छ ।
साथै, सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै देशको डिजिटल रूपान्तरणमा योगदान पुर्याउने लक्ष्यलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
१९ औँ वार्षिकोत्सवका अवसरमा संस्थाले सम्पूर्ण विद्यार्थी, पूर्वविद्यार्थी, प्रशिक्षक, कर्मचारी, साझेदार तथा शुभेच्छुकलाई शुभकामना व्यक्त गर्दै आगामी वर्षहरूमा पनि गुणस्तरीय आईटी शिक्षा र सीप विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ ।a
आईसीटी समाचार