काठमाडौं । स्वास्थ्य, फिटनेस र लाइफस्टाइलसम्बन्धी विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यस सहकार्यमार्फत ग्राहकलाई देशभर स्वास्थ्य तथा वेलनेस सेवामा आकर्षक छुट र विशेष सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस पहलले ग्राहक सहभागिता सुदृढ गर्नुका साथै वेलनेस सेवामार्फत थप मूल्य अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । सम्झौता अनुसार डिशहोमका कर्मचारी, अधिकृत डिलर, सेवा साझेदार तथा ग्राहकले तुषाल मल्टिभेन्युमा विभिन्न सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।
यसअन्तर्गत साउना, स्टिम तथा ज्याकुजी सेवामा ५० प्रतिशत, नयाँ जिम सदस्यतामा २० प्रतिशत, चयनित वेलनेस तथा मनोरञ्जन सेवामा १५ प्रतिशत तथा फुड एन्ड बेभरेज सेवामा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।
ग्राहकहरूले myDishHome एप डाउनलोड गरी दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडीमार्फत लगइन गरेर आफ्नो Virtual Privilege Card देखाई कुनै पनि Tranquility Spa शाखाबाट तत्काल छुट लिन सक्ने व्यवस्था गरिएको छ ।
समझदारीपत्रमा तुषाल मल्टिभेन्युका आईटी हेड राजकुमार श्रेष्ठ र डिशहोमका वरिष्ठ कर्पोरेट हस्पिटालिटी अकाउन्ट अफिसर देवराज श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
डिशहोमका अनुसार Virtual Privilege Card ग्राहक सन्तुष्टि तथा जीवनशैली प्रवर्द्धन गर्ने कम्पनीको दीर्घकालीन रणनीतिक अभियानको हिस्सा हो । यसअन्तर्गत कम्पनीले भोजन, आतिथ्य, यात्रा, वेलनेस, मनोरञ्जन तथा खुद्रा क्षेत्रका विभिन्न साझेदारसँग सहकार्य गर्दै आफ्ना ग्राहकलाई विशेष छुट, सुविधा तथा प्रिमियम अनुभव उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले आगामी महिनाहरूमा साझेदार सञ्जाल अझ विस्तार गर्दै ग्राहकका लागि थप विशेषाधिकार र जीवनशैलीसम्बन्धी सुविधा ल्याउने योजना रहेको जनाएको छ । दुवै संस्थाका प्रतिनिधिहरूले यस सहकार्यले ग्राहक अनुभवलाई थप उत्कृष्ट बनाउनुका साथै स्वस्थ, सहज र गुणस्तरीय जीवनशैली प्रवर्द्धन गर्न तथा दीर्घकालीन रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
आईसीटी समाचार